Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

स्कूले बिधार्थीले बनाएको रोबोटः दिदि

२३ पुष २०७५, सोमबार ११:०१


गत हप्ता नेपालले आफ्नै स्याटलाइट प्रक्षेपण गर्ने खबर सुनेर हामीहरु धेरै खुशी अनि रोमाञ्चीत भएका थियौं । नेपालको नयाँ खाँकाको परिकल्पना गर्दा प्रविधी अनि आविष्कारहरु हामीले साथै लिएर जानु पर्न जरुरी देखिन्छ । गतवर्ष विश्वभरि नै चमत्कार मचाउने गरि सोफिया नामक रोबोटको निकै चर्चा रह्यो । सोफिया नेपाल पनि ल्याइएकी थिइन अनि उन्को चर्चा नेपालमा पनि बिशेष रह्यो ।
बद्लिँदो परिवेशमा नेपालीहरुको प्रविधीसंगको निकटता बढ्दै गएको पाइन्छ । आजको बिश्व प्रविधी अनि नवप्रर्वतनहरुको अद्भूत संगालो बोकेर दौडिरहेको छ अनि ति कुराहरु अनि ज्ञानहरु हामीले बिध्यालयस्तरबाटै बिधार्थीहरुमा दिन सक्नु पर्ने आवश्यक्ता छ ।
केहि दिन अघि राजधानीको एउटा स्कुलमा केही यस्तै भयो जसले सबैलाई आश्चर्यचकित बनायो । काठमाण्डुको कलंकीमा रहेको पिनाकल स्कोलर्स अकाडमीमा बिधार्थीहरुले बनाएको रोबोटको प्रर्दशनी गरियो । ढाकाको कपडामा बेरिएकी यि रोबोटलाई दिदि नाम दिइएको छ ।

रोबोट दिदिलाई नेपालकै प्रथम अध्ययन सहचारी रोवोटको उपाधी दिइएको छ किनभने यस्ता रोबोट नेपालमा यसअघि नबनेको बताइन्छ । अब यस रोबोटलाई कक्षाकोठाहरुमा बिधार्थीलाई पठनपाठनको सहजताका लागि प्रयोग गरिने बताइन्छ । पिनाकल स्कोलर्स एकेडमीको यो रोबोट पिनाकल रोवोटिक्स ल्याबको शोध अनि अन्वेषणको उपज रहेको बताइन्छ । यसरी बालबालिकालाई बिध्यालय स्तरवाटै प्रविधी अनि आविष्कारको बिषयमा हौसला, प्रयोगात्मक सीप अनि जिज्ञासु बनाउन सकिएमा भविष्यमा उनीहरु प्रविधी अनि आविष्कारको क्षेत्रमा थप उत्प्रेरित हुने बताइन्छ ।

कक्षा १० का बिधार्थी लोशन पराजुली, कन्चन पोखरेल, बिशाल खरेल अनि ओशिन दुराले निर्माण गरेका पढाउने रोबोट दिदि समग्र नेपाली बिधार्थीहरुका लागि पनि प्रेरणा हुन सक्दछ । आविष्कार या प्रविधीगत कुराहरु निकै खर्चिलो र पहुँचबाहिर रहेको भन्ने तर्कहरु एकातर्फ आइरहँदा रोबोट दिदि ले चाहना र साथ भएमा एउटा बिध्यालय अनि बिधार्थीहरु ले नै रोबोट उत्पादन गरेर पठनपाठनमा सहजता ल्याउन सक्ने पुष्टि गरेको छ । एक लाख नेपाली रुपैंयामा उक्त रोबोट तयार भएको अनि अब दिदि ले कक्षाकोठामा गएर भिडियोका मार्फत बिधार्थीलाई पढ्न अनि बुझ्न सहजिकरण गर्ने बताइन्छ । यस रोबोटको उचाई भने ४ फिटको रहेको छ ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ