Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
Landing plane

नेपाल-जापान हवाई सम्झौता सम्पन्न

२५ पुष २०७५, बुधबार १९:४६

लोकप्रिय

आज काठमाडौंमा आयोजित समारोहमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोले नेपाल र जापानबीच असार १४ मा पुनरावलोकन भएको हवाई सम्झौतामा आज हस्ताक्षर भएको छ । दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नोट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएको हो।

यसअघि जापानबाट काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क थिएन ।  नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द भएको थियो।

१९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो। असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १।३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लोम्याटिक नोट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियो । आज भने २५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ। तर यो यसले उडान संचालनको अनुमति प्राप्त गर्न र उडान संचालन गर्न बाधा नपर्ने समझदारीको १।४ बुँदामा रहेको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन्। यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे। नयाँ सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ।

अबदेखि नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने भएका छन्। नेपालले लामो समयदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनुपर्ने र त्यसका लागि हप्तामा १४ उडान हुनुपर्ने अडान लिएको थियो। तर जापान भने हप्तामा ७ सम्म दिन सकिने अडानमा रहँदै आएको थियो।

प्रत्यक्ष हवाई सम्पर्क नहुँदा जापानबाट नेपाल आउन हवाई भाडा धेरै महँगो भएको गुनासो आउने गरेको छ। नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। सम्झौता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन्। भारतले हिमालय एयरलाइन्सलाई लामो समयदेखि नयाँ दिल्ली उड्न दिएको छैन। त्यस्तै चीनले नेपाल एयरलाइन्सलाई दिएको छैन।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा