
सानको चौथो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न
३० पुष २०७५, सोमबार १६:१०
मदनकृष्ण सिलवाल ,
भक्तपुर, पुस २९ । नेपाल बहुभाषी, बहुधार्मिक एवं बहुसाँस्कृति देश भएकोले सबै नेपालीहरू अनुशासित एवं कर्तव्यवान् बन्नुपर्ने धारणा पूर्व प्रधानसेनापति तथा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटुवालले राख्नुभएको छ । सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल (SAAN) ले पुस २८ गते शनिवार आयोजित चौथो साधारणसभा तथा बनभोज कार्यक्रम अवसरमा उहाँले सो धारणा राख्नुभएको हो ।
काभ्रे र भक्तपुर जिल्लाको संगमस्थल साँगा भंगालमा चौथौ साधारणसभा तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुग्नुभएको रुक्मागंद कटुवालले सानमा आवद्ध सिनियर तथा जुनुयर सदस्यहरूलाई लक्षित गर्दै अनुशासित तथा कर्तव्यवान् संस्थाको रुपमा सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल ९ क्ब्ब्ल्०को स्थापना भई चौथो वार्षिक साधारण सभामा सरिक हुन पाउँदा आफू अत्यान्तै खुशी भएको धारणा व्यक्त गर्नुभयो ।
सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल (SAAN)का अध्यक्ष अवकाश प्राप्त उपरथी ताराबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम दुई सत्रमा सञ्चालित थियो । पहिलो सत्रमा संस्थाको चौथो साधारण सभा सम्पन्न गरिएको थियो भने दोस्रो सत्रमा वनभोज कार्यक्रम सांगीतिक प्रस्तुतीहरूको साथ सम्पन्न भएको थियो । साथै, सो अवसरमा नयाँ सदस्यहरूलाई सम्मानीत समेत गरिएको थियो ।
सो कार्यक्रमा संस्थाका अध्यक्ष उपरथी ताराबहादुर कार्कीले सैनिक कल्याणकारी योजनाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई यस संस्थामा आवद्ध गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पु¥याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । यस संस्थामा सैनिक विद्यालयमा अध्ययन समाप्त गरको १३०४ जना व्यक्तिहरू सदस्य भइसक्नुभएको बताउँदै हाल यस संस्थाका सदस्य नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती सेवा लगायत विभिन्न पेशामा देशविदेशमा आआफ्नो क्षेत्रबाट योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसमार संस्थाका सचिव डा. राजेन्द्र केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष सुरेन्द्र व्याञ्जनकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थानीय समासेवी तथा लटरम्भेश्वर महादेव मन्दिर निर्माण समितिका अध्यक्षले साँगागढी र लटरम्भेश्वर महादेवको ऐतिहासिक तथा धार्मिक महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
सो कार्यक्रममा सैनिक विद्यालयको प्रिन्सिपल, पूर्व प्रिन्सिपललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा