Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार
dr kc ilam ryali

डा. केसीको समर्थनमा इलाममा र्याली निकालिदै

३० पुष २०७५, सोमबार १४:२२

डा. केसी १६ औ अनसनको क्रममा इलाममा छन हिजो देखि स्वस्थमा समस्या देखिए पछाडी उनलाई इलाम अस्पतालमा सारिएको छ। अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए। डा. केसीको समर्थनमा देशका विभिन्न स्थानमा र्याली निकालिदै छ । यसै क्रममा इलाममा पनि डा. गोविन्द केसीको सत्याग्रहको समर्थनमा ऐक्यबद्धता र्याली निकाल्ने तयारी हुँदै छ । र्याली रत्न चोकबाट सुरु हुने इलामका अगुवाहरुले जानकारी गराउनु भयो ।

हेरौ डा. केसीका १६ औं सत्याग्रहका मागहरु
१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गरियाेस् ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा

काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर

काठमाडौं । एउटा नयाँ अध्ययन अनुसार डबल माक्स वा फेस मास्क लगाउँदा कोभिड संक्रमित ब्यक्तिको थुकको छिटा वा थोपा छान्ने

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसंगै विश्वभर खोप उत्पादन तिब्र पारिएको छ भने करिब सबै देशले कोभिडबिरुद्धको खोपलाई विशेष