सन्त मीरा को नृत्य र बुद्धको शान्ती को मिलन नै ओशो हो


ओशोले साहित्य, अध्यात्म, संगीत, नृत्य र परम्परा लाई यसरी बुनेर प्रस्तुत गर्नु हुन्छ कि वहाँ लाई सुनिरहदा लाग्छ शब्द लाई यती सुन्दर बान्कीमा बाध्न पनि सकिने रहेछ । सुवास अगम
भारतीय चर्चित कवी, साहित्यकार अमृता प्रितमले भनेकी छिन की “सन्त मीरा को नृत्य  र बुद्धकोशान्ती को मिलन नै ओशो हो” उन्ले ओशो को आवाज र प्रभचन लाई यसरी सराहेकी छिन कि त्यो तप्काको कवीले ओशोलाई दिएको सम्मान रहर लाग्दो छ । उनी भन्छिन “ओशो को आवाज स्रोताको मन मा यसरी बस्छ कि मानौ सितल मन्द बतासले छोए जस्तो, पानीले भरिएको बादलबाट चैनले खसीरहेका तप तप पानीका थोपा जस्तो, बिहानको मन्द सुर्यको प्रकाशले धरतीको कण कणलाई प्रेमले माधुर स्पर्श गरे जस्तो । म मेरो पुरा विश्वाश ले भन्न सक्छु कि ओशोलाई सुनेर व्यक्तीभित्रको बुद्ध हुने बिजसल्बलाउन थाल्छ । अनगिन्ती रङ्गका फूलहरुका फुल्न थान्छन जस्का अनेक नाम हुन सक्छन । ति फूलहरुलाई बुद्ध, मीरा, महाबिर या नानक जे भने पनि हुन्छ ।”

ओशोले बुद्ध, कृष्ण, माहाबिर, कविर, नानक, रईदास (रबी दास), दादु, जिसस, ला उत्सु, शंकराचार्य, बेबेकानन्द, शिवपुरी बाबा लगायत अनगिन्ती शन्त र माहापुरुषहरुका बिषयमा बोल्नु भयो । पुर्वियदर्शन देखी पास्चात्य दर्शनका फ्राएड, कान्ट देखी माओ सम्म सबैका दर्शन को सम्यक बिबेचना गर्नु भयो । मुलत: महापुरुषहरुको मृत्यु पस्चात बचेँका पुस्तक र बिचारहरु बाटरिदै जान्छ ।माहापुरुषहरु ले भनेका कुराको गलत ब्यख्या हुन थान्छ । त्यस कारण ओशोले पुरातन समय देखी जकडिएर बसेका समस्थ रुढी लाई तोडेर नयाँ र ताजा बिबेचन गर्नु भयो । बुद्ध र चिनको झेनपरम्परामा बोल्ने क्रममा त स्वयम बुद्ध नै वहाँको शरीरमा प्रवेश गर्नु भएको थियो जुन जापान बाट आएकी एक झेन गुरुले पनि जापानका उन्का गुरुले नै त्यो कुराको भविश्य वाणी गरेको बाताएकी थीइन। यसरी हाम्रा विश्व भरिका बौद्ध, क्रिस्चियन, झेन, जैन, ज़रथुष्ट्री धर्म, सुफी परम्परा लगायत अनगिन्ती परम्पराको बिबेचन गरेर सबै को सार बाताएर खुला हृदय भएका नव सन्यासीहरु तयार गर्नु भयो । जो मन्दिर, गुम्बा, चर्च, मस्जिद सबै स्थान मा उस्तै भाव र प्रेम ले जान सकोस । ओशो को यो प्रयासले बिभेद हिन नव मानव चेतना जाग्रित भयो।

ओशोलाई तपाईं को धर्म के हो ? तपाईं कुन परम्पराका हुनुहुन्छ ? तपाईं को मूल ग्रर्न्थ के हो? भनेर बारम्बार प्रश्न गरिएको थियो । तर ओशोले आफु लाई कुनै एक परम्परा या एक ग्रन्थको बन्धनमा बध्नुभएन न त आफुलाई पूजा गर्न सिकाउनु भयो । बरु ओशो ले हामी सँग भएका समस्थ ग्रन्थ र परम्पराका मूल मर्मा बुझाएर हरेक लाई आफ्नो मार्ग रोज्न स्वतन्त्र छोडिदिनु भयो । यो ओशोको सबै भन्दाठुलो महान देन हो कि वहाँले कुनै नयाँ अर्को धर्म वा पन्थको सुरुवात गर्नु भएन ।

सबै परम्परा र सम्प्रदायमा आफ्नो समुहमा नै बाधेर राख्ने प्रयास गरिन्छ ओशोले त प्रस्ट रुपमा म बाट तिम्रो बिकास रोकिन्छ भने अगाडिबढ भनेर अनेकौ सन्यासीहरुलाई स्वतन्त्र रुप मा हिमालयजान र साधना गर्न अर्ह्याएको उधारणा पाईन्छ । ति मध्ये एक थिईन मा आनन्द मधु । ओशोले म बाट तिमी त्रिप्त हुन सकेनौ भने र मेरो शरीर त्याग पस्चात कोइ जिवित गुरु नै खोज्न जनु सम्म भन्नु भएकोथियो । किन भने साधनाको मार्गमा जिवित गुरुको निर्देशन हुनु पर्दछ । यो भन्दै गर्दा त्यसो भये ओशो मरिसक्नु भयो अब के ओशो को कुर पढ्नु या सुन्नु बेकार छ ? भन्ने प्रश्न उठ्न सक्छ । आज ओशोका अनेक सन्यसीहरुले पनि ज्ञान प्राप्त गरेर ओशोले नै सिकाउनु भएका ध्यान बिधी मार्फत अनेकौलाई उधार गरिरहेका छन ।

मेरो गोरुको बारै टक्का भने झै मेरो गुरु नै ठीक हो वा मेरो मार्गनै असल हो भन्ने कट्टर पन्थीहरुको बोलबाला भएको यो समयमा गुरु र साधनाको पथ प्रदर्शक चुन्नु सभै भन्दा काठिन कुरा हो । आत्मजागरणको मार्गमा लाग्नु भएका सबै पथिक सहयात्रीहरु लाई यो मार्गमा तपाईं को चेतना को आकाश खोलिदिने र परमको घर पुर्याउने कोइ नाविक प्राप्त होस् मेरो शुभकामना ।
अस्तु
-सुवास अगम 

ओशो सम्बन्धी अन्य लेखहरु

1,ओशो ज्यूदै भएको भए

2, फूललाई माया गर्ने ओशो

 

 


Loading comments...