
जाडो महिनामा मोटोपन घटाउन अपनाउनुस यी ४ तरिका !
४ माघ २०७५, शुक्रबार ११:०९
मानिसहरु धेरै आफ्नो तौलको टेन्सन लिने गर्दछन् । मोटोपन हुनुको धेरै बेफाइदाहरु छन् जसले गर्दा मधुमेह ,रक्तचाप रक्तकोलेस्टेरोल जस्ता रोगहरु निम्ताउने गर्दछ। त्येसैले सबै मानिसहरु आफ्नो तौल घटाउन चाहनछन् । आज हामी तपाईहरुलाई शरिरको मोटोपन घटाउन अपनाउनु पर्ने चार तरिकाहरु बताउन जाँदै छौँ।
तातो पिय पदार्थ पिउने : आफ्नो शरिरको तौल घटाउन जाडो मौसममा बढी चिया र कफी पिउने गर्नुहोस। यसरी चिया वा कफी पिउने गर्दा यसमा प्रयोग गरिने दुध र चिनीको मात्रा थोरैमात्र प्रयोग गर्ने वा ब्याल्क टि र ग्रिन टि खानु निकै फाइदाजनक रहने गर्छ।
व्यायाम गर्नुहोस : जाडो मौसममा जो कोहीलाई घाम वा पारिलो स्थानमा आराम गर्न मनलाग्छ। यसरी आफ्नो शरिरलाई लामो समयसम्म आराम दिनेगर्दा छिटै मोटोपनको सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले विहान छिटै उठेर केही समय व्यायाम गर्नु आवश्यक हुन्छ। यसरी पनि तपाईले आफ्नो शरिर तताउन सक्नुहुन्छ।
मादक पदार्थ सेवन नगर्नुहोस् : प्राय मानिसहरुले जाडो मौसममा शरिर तातो बनाउन रक्सी सेवन गर्नुपर्ने सोच राख्ने गर्छन। जाडो मौसममा नियमित रुपमा रक्सी सेवन गर्नाले मोटोपनको समास्य आउने हुँदा यसप्रति सचेत रहन आवश्यक हुन्छ।
खान-पानमा ध्यान दिनुहोस : हामीले सधै उसिनेको खाना खानु हुँदैन। मिठो स्वादका लागि मरमसलाहरूको प्रयोग गरेर पनि खान सक्छौ तर नुनको मात्रा भने हरेक परिकारमा कम गर्ने गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान