Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
itching

के तपाइँलाइ यो जाडो महिनामा छाला चिलाउने समस्या छ ? अपनाउनुहोस यस्तो उपाय

६ माघ २०७५, आईतवार १५:३२


जाडो मौसममा छाला सुख्खा वा फुस्रो हुनु र चिलाउनु धेरै नै सामान्य कुरा हो। चिसो हावाको असरले छालामा सुख्खापन देखा पर्दछ। त्यसभन्दा पनि बढी असर छालाको पहिलो भाग अर्थात एपिडर्मिसमा पर्दछ। तथापि मानिसहरू आफ्नो छालाको धेरै राम्रो हेरचाह गर्छन्। तर हात-खुट्टाको हेरचाहको साथै हर कोहिले लापरवाही गर्ने गरेको देखिन्छ। जसको कारणले चिलाउने समस्या पनि सामान्य हुन थाल्छ।

छाला तपाईको सुन्दरताको प्रतिक हो। आकर्षक देखिनको लागि तपाई जुनसुकै प्रयास गर्नुहुन्छ त्यो सबै छालालाई जवान र फुर्तिलो देखिनको लागी गरिन्छ। धेरै पटक छालामा विभिन्न एलर्जीहरूको कारण चिलाउने गर्छ। तपाई आफ्नो छालालाई एलर्जीबाट बचाउन के गर्नुहुन्छ? तपाईलाई थाहा छ कि एलर्जीको कारण तपाइको छाला कती खराब र नराम्रो बनाउन सक्छ। आज हामी तपाईलाई बताउदैछौ कि छाला चिलाउनबाट छुटकारा पाउन केहि तरीकाहरू।

अनुहार वा शरीरमा भिटामिन ई युक्त क्रिमको प्रयोग गर्नुहोस्। नियमित रुपमा मोईस्चराइजरको प्रयोग गर्नुहोस् ।
छालालाई मुलायम बनाउनको लागि सुत्ने बेलामा एन्टी रिङ्कल क्रिम लगाएर सुत्नुहोस्।
महिनामा एक चोटि फेशियल गर्नुहोस् वा घरमा हप्तामा दुई चोटी नमी बेस फेस मास्क लगाउनुहोस्।
हप्तामा एक चोटी एक्सफोलिएशन गर्नुहोस्। यसपछि कन्डीशनिङ्ग गर्न नभुल्नुहोस् ।

अनुहारलाई हल्कासँग सफा गर्नुहोस्। जाडोमा छालाको मृत कोशिकाहरूलाई हटाउनको लागि बलले वा छिटोछिटो नमाडनुहोस्। विशेष गरी सुख्खा छालामा यसो नगर्नुहोस् किनकि यसले छाला चाउरी पर्छ।
छाला कसिलो बनाउनको लागि थर्मोहन फेशियल वा लिफ्टिंग फेशियल पनि गर्न सक्नुहुन्छ। फेशियल वा ट्रीटमेन्ट जे गरे पनि लगातार गर्नुहोस् बिचमा नछोडन्नुहोस्। अन्यथा यो ट्रीटमेन्ट असरदायिक हुदैन।
अण्डाको प्रयोग एक राम्रो मास्कको रुपमा गर्न सकिन्छ। यसले छालालाई आवश्यक प्रोटिन दिनुका साथै छालालाई कसिलो पनि बनाउछ।
बदामलाई पिसेर काचो दुधमा मिसाएर आखाँमा लगाउनुहोस्। यो एक ननसेटिङ्ग प्याक हो। अर्थात ट्रिटमेन्ट अन्तर्गत पर्दैन।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या