
मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भिमफेदी गाइज (भिडियो सहित)
७ माघ २०७५, सोमबार १३:०८
भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ।
मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउनुहुने विश्वास रहेको भिमफेदी गाइजका निर्मल लामाले बताए। भिमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ। मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको देखाइएको छ।
मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको