Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
life motivation

जीवनमा स्विकार्नु पर्ने सत्यहरु

७ माघ २०७५, सोमबार १५:५५


सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन

दिनेश अधिकारीको शब्द र तारादेवीको स्वरमा रहेको यो गीत नसुन्ने त को नै पो छ होला र ? यस्तै जीवन भोगाईहरुलाइ समेटेर लेखिएका गीत रचनाहरुले हाम्रो मन हाम्रो मन चसक्क छुन्छ ।

जीवनमा स्विकार्नु पर्ने सत्यहरु :

  • तिम्रो आजको समय भोलि फर्केर आउंदैन । र, मृत्यु शास्वत सत्य हो, तिमी कतिबेला यस संसारबाट बिदा हुनुपर्ने हो, त्यो पनि थाहा छैन। त्यसैले, जे गर्नुछ, आजै गर । जे सुरु गर्नु छ, अहिले नै गर। सबैलाई सम्मानजनक व्यवहार गर।
  • अप्ठ्यारोमा बेवास्ता गर्नेहरु धेरै हुन्छन् भने प्रगतिमा खुट्टा तान्नेहरु धेरै हुन्छन् । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि एक्लै उभिन सिक।
  • सफलता र असफलता , सुख र दु:ख , स्थायी रुपमा रहँदैनन्। जीवनको जुनसुकै मोडमा पनि आफूलाई सम्हाल्न र सुखमा नमात्तिन तथा दु:खमा नआत्तिन सिक।
  • तिमीले सबैलाई खुशी बनाउन सक्दैनौ। तिमीले जति नै राम्रो काम गर वा राम्रो व्यवहार गर, तिमीले आलोचना खेप्नु नै पर्छ। त्यसैले सबैभन्दा पहिले आफू खुशी हुने काम गर अनि त्यो खुशीमा खुशी हुनेहरुलाई समेट्ने प्रयास गर।
  • खुशी साना-साना कुराहरुमा हुन्छ । जीवनका प्रत्येक क्षण अमूल्य हुन् । साना-साना कुराहरुमा अड्किएको खुशीलाई बुझ।
  • तिमीले मेहनत र नियममा रहेर काम गरेतापनि सबै काम सफल नहुन सक्छन् । ती कामहरुले पढाउने पाठलाई सिक , आफ्ना पाइला नरोक किनकी सबै काम असफल हुँदैनन्।
  • तिमीले भोगिरहेका समस्याहरु अरुले पनि भोगेका छन् । सबै आ-आफ्ना चुनौतीसंग लड्न व्यस्त छन्। आफूलाई दुखी र अरुलाई खुशी देख्न छोड। मुस्कुराउन सिक।
  • सबैकुरा तिमीले सोंचेजस्तो कहिल्यै हुँदैन। जे पाउँछौ, त्यसलाई राम्रो बनाउने प्रयास गर।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग