Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कृष्ण रुक्मणि विवाह प्रसङ्ग

९ माघ २०७५, बुधबार ०७:००

लोकप्रिय

श्रीकृष्ण को जीवन गाथामा महिलाको नाम निकाल्ने हो भने कयौ कथाहरु अधुरो हुन्छन् । आउनुहोस श्रीकृष्ण र उनीकी पहिलो श्रीमति रुक्मणिको बारेमा केही जानौ ।

श्रीकृष्ण को जीवनमा निकै महत्वपुर्ण मानिने दोस्रो महिलाको रुपमा रुकमणिको महत्वपुर्ण भुमिका रहन्छ । रक्मणि श्रीकृष्णको पहिलो श्रमति थिइन् । राजकुमारी रुक्मणि विदर्भका राजा भीष्मकको छोरी हुन् । जब कृष्ण बाहुको युद्धका महारथी चाणुरको साथमा युद्धस्थलमा थिए, त्यस समयमा रुक्मणी मथुरामा थिइन् । रुक्मण्ीले मथुराका राजा कंशलाई समाप्त गरेको पलको समेत साचाी थिइन । अत्याचारी शासनको अन्त्य गरी समताको स्थापना गरेका थिए । कृष्ण सोह्र बर्षको उमेरमा वृदांवन छोडेका थिए, त्यस पहिला नै उनको रासलीलाका कथाहरु चारैतिर फैलिसकेको थियो ।

जब कृष्ण र बलरामलाई जरासंघको आगमनलाई रोक्ने र नगरलाई जल्नबाट बचाएको मा मथुरा छोड्न पर्ने थियो, तब रुक्मणिले आफनो दाजु कैशिकलाई उनीहरुलाई सहयोग गर्न आग्रह गरेकी थिइन् यदि सहयोग चाहिएको समयमा सहयोग नगरे दाईको सामुन्ने आफनो हत्या गर्ने समेत धम्की दिइन्। मानिसहरु कृष्णको नृत्य र वृन्दवनमा भएको रमाइला घटनाहरुको वर्णन लोक गितको मार्फत गर्ने गर्दथे । रुक्मणिले कृष्णको बारेमा धेरै कुराहरु सानै देखि सुन्दै आएकी थिएन् । जब कृष्णले कंशको हत्या गरे त्यही समयदेखि नै रुक्मणिले कृष्णसँग विवाह गर्ने सोच बनाएकाी थिएन , त्यस समयमा कृष्ण केबल एक सामान्य गाईपालक थिए भने रुक्मणि एउटा ठुलो राज्यकी राजकुमारी थिइन । कृष्णको सामु आफनो माया देखाउन निकै कोशिस गरिन, विभिन्न तरिकाहरु अपनाइन । कृष्णलाई यि सबै कुराहरु सबे थाहा थियो, किनकी उनलाई कुनै पनि भावना र सोचको बारेमा थाहा हुन्थ्यो ।

पछिल्ला केही बर्ष कृष्ण ब्रह्म्चारी भएर घुमे । रुक्मणिले कृष्ण विदर्भमा आएर भिक्षांमाग्दा सबैभन्दा पहिलो भिक्षा दिने आफु हुने तय गरेकी थिइन । त्यस पछि उनी कृष्णसँग घुम्न थालिन तर कृष्णको समुहबाट केही अलग थिएन । कृष्ण जहाँ जहाँ जान्थे उनी त्यहाँ पुगेर भिक्षा दिन्थीन् । उनी भिक्षा दिने एउटी महिला थिइन्न तर केही बिशेष थिइन् । उनी कृष्णसँग बिवाह गर्न चाहान्थिन्, उनी कृष्णको नजरमा पर्न चाहान्थिन, कृष्णको निलो जादुले मानिसहरु उनीप्रति निकै आर्कषित थिए । कृष्णलाई निकै रमाइलो लाग्थ्यो तर यो यो जादुको कहिले पनि दुरुपयोग गरेन्न । उनी मात्र मानिसको मनमा मायालाई बढाउन चाहान्थे । यदि तपाईले कुनै पुरुषसँग माया गर्नुस, कुनै महिला वा कुनै गधासँग वा कुनै अरुकुनै सँग, जब कसैको मनमा माया जागृत हुन्छ तब कोईपनि सम्झधार व्यक्ति त्यसलाई पक्कै पनि बढाउन चाहान्छ । कहिलेकाहि केही भावनात्मक कारणले सम्बन्धलाई कुनै अर्को दिशातर्फ मोडन कोशिस गर्नु पर्दछ, जसलाई नष्ट गर्नु भने हुदैन । यसै गरी कृष्ण आफनो जादुलाई यथावत राख्थे, उनी व्यक्तिहरुलाई माया गर्नको लागि प्रेरित गर्दथे र मानिसहरु मायालाई सहि बाटो दिन सकुन जसले उनीहरुको जिन्दगी सुखद रहोस । उनी मानव मनमा निराशा र लोभले स्थान नपाओस ।

कृष्णको जिवनमा पनि विभिन्न यस्ता अवस्थाहरु आए, जसमा उनले स्त्रीसँगको सम्बन्धलाई धेरै सकारात्मक र बढि उपयोगी बनाउनको लागि अन्य दिशा दिनको लागि विभिन्न कोशिस गरे जसले गर्दा उनको प्रेम सम्बन्धलाई मात्र शारिरिक इच्छा नहोस र आफुलाई एक उच्च संभावनामा परिवर्तन गर्न सकुन् । यसैको एउटा उदाहरण हुन रुक्मणि ।
जब कुनै चाडपर्व वा उत्सवको बहाना हुन्थ्यो रुक्मणि कृष्णको एक झलक पाउनको लागि अनि कृष्णसँग कुरा गर्नको लागि मथुरा जाने गर्दथिन् । कृष्णले त्यी सबै कुरा महशुस गरेका थिए तर उनी यस प्रकारको मायालाई अघि बढाउन चाहदैन थे किनकी उनलाई यो थाहा थियो कि रुक्मणि एक राजकुमारी थिइन् र कृष्ण कुनै राजा थिएन्न । कृष्ण रुक्मणिको मायाको दिशा मोडन चाहान्थे तर रुक्मणि यो कुरामा दृढ थिइन् ।

जब कृष्णको मित्र उद्धव विदर्भ आएका थिए, त्यस समय रुक्मणिले उनलाई भन्नि कि चाहे जे सुकै होस, म केबल कृष्णसँगै नै विवाह गर्नेछु । यदि उहाँले मसँग विवाह गर्न मनाहि गरे म आगोमा हामफालेर ज्यान फाल्नेछु । रुक्मणिको दाजु रुक्मीले भने उनको विवाह चेदिका राजा शिशुपालसँग गराउन् चाहान्थे, र आफनो विवाह पनि राजा जरासंधकी नातिनी सगँ गर्न चाहान्थे किनकि यो निकै राम्रो सन्धि हुन सक्थ्यो । रुक्मणिको कृष्ण प्रतिको महत्वकाक्षां निकै बृद्धि भएको थियो । चुंकि जरासंध निकै बुढा भएका थिए, त्यसैले रुक्मणि निकै खास मोहरा हुन सक्ने थिइन् । रुक्मणिलाई यो सबै थाहा थियो र आफनो कुराहरु स्पष्टसँग राखिन, उनको कुरालाई के गर्ने भन्ने विषय समेत अलमल भयो । केही पटक दाईले उनलाई झुक्काउने कोशिस समेत गरे तर रुक्मणी निकै तेज थिइन् । विदर्भबाट फर्किए पछि उद्धवले कृष्णलाई भने कि रुक्मणिले तपाईसँग विवाह गर्ने कुराको जिद गरेकी छैन्न विवाह नभए आत्महत्या गर्ने कुराको समय बताए । उद्धवको कुरा सुनेपछि कृष्णले भने, मैले कयौ राजकुमारिलाई यस्तो भनेको धेरै पटक सुने यस्तो भन्नु केटिहरुको लागि सामान्य कुरा हो तर पछि सवै आफनो लागि योग्य वरसँग विवाह गरि खुसिसाथ रहेका हुन्छन् ।

कृष्णको कुरा सुनेर उद्धवले भने होइन, बासुदेव तपाई गलत सम्झदै हुनहुन्छ । उनी निकै जिद्दी र आफनो मर्जिको मालिक छिन । यतिकैमा कृष्णले सोधे यस्तो दृढ संकल्प भएको महिलाले म जस्तो गाई गोठालो सँग किन विवाह गर्ने थिइन र ? उनी आफनो लागि कुनै सुन्दर राजकुमार खोज्ने छिन र उसैसँग विवाह गर्नेछिन । तर रुक्मणि भने आफनो मायामा निकै दृढ थिइन ।
जब कृष्ण र बलरामलाई जरासंधको आगमनलाई रोक्ने र नगरलाई जलाउनबाट बचाएकोमा मथुरा छाड्न पर्ने भयो तब रुक्मणिका हजुरबा कैशिकले उनीहरुलाई आश्रय दिएका थिए । उनले कृष्णको सहयोग रुक्मणिको धम्कीको कारणले गरेका थिए् । त्यसैले कैशिकलाई उनीहरुलाई साहरा दिनु बाहेक कुनै बिकल्प पनि थिएन । केही समय पछि रुक्मणिको लागि एउटा स्वयंवरको आयोजना गरियो, जसमा राजकुमारी आफनो मनपर्ने वर छान्ने छुट थियो । तर त्यो स्वयंवर देखाउनको लागि मात्र थियो किनकी त्यसमा सहभागी हुन केवल राजाहरुलाई मात्र निमन्त्रणा पठाइएको थियो , जो रुक्मणिको लागि योग्य थिएन्न । सबै पहिले नै तय थियो, किनकि कुनै पनि अवस्थामा रुक्मणिको विवाह शिशुपालसँग हुने थियो, जसको लागि स्वयम जरासंध पनि त्यहि थिए । जब यो योजना बनिरहेको थियो, तब रुक्मणि आफनो बुबा र भाईसँग झगडा गरेर सबै रोक्न खोजिरहेकी थिइन्, तर दुबै यो कुरामा सहमत देखिएन्न ।

बाकी अर्को भागमा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा