
अमेरिकामा पनि बाबाको सांगीतिक यात्रा पछ्याउँदै गुञ्जन (हेर्नुस् भिडियो सहित )
१० माघ २०७५, बिहीबार १९:५४
काठमाण्डौ , नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबला बाधक तुंगनाथ उपाध्यायको कान्छि छोरी गुञ्जन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढिरहेकी छिन् । हाल स–परिवार अमेरिकामा बस्दै आएकी गुञ्जनलाई तोते बोली बोल्न जान्दै र बामै सरेर हिड्न सक्ने हुँदादेखी नै उनका बुबा तुंगनाथले गायन तथा संगीतको क्षेत्रमा डोर्याएका हुन् ।बाबाको साथमा काठमाण्डौ स्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबला बादक पं. होमनाथ उपाध्यायद्धारा स्थापित ‘प्रस्तार’ समुहको साधना पनि नजिकबाट अनुभव गर्ने मौका पाइन् । जसका कारणले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्ने उर्जा मिल्यो । विद्यार्थी जिवनमा उनी ग्यालेक्सि पब्लिक स्कुल को छोरी ग्रुपमा थिइन्।
बागबजारस्थित के.एम.सीमा दोस्रो वर्षमा पढ्दै गर्दा उनी अमेरिका प्रस्थान गरिन् । जुन समयमा उनी चण्डी काफ्ले सित सास्त्रिय संगीत सिक्दै थिइन् भने गुरू पं. होमनाथ उपाध्याय र पछि उहाँको व्यस्ततामा सन्तोष वर्मासंग तबला पनि सिक्दथिन् । उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डे ज्युकी श्रीमती अर्चना देशपान्डे आदि गुरूबाट पनि केही समय गायन सिकिन् । समय मिलाएर उनले काठमाडौं बाट प्रवीण बुडापिर्थी सित केही समय पियानो समेत सिकिन । गुञ्जनको घरमा सांगीतिक माहोल सधैं रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिईन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिड वाट भायोलिन सिक्ने गर्थिन् । तिनताका बुुबा तुँगनाथ स्कुलहरुमा र बाहिर म्युजिकल कार्यक्रमहरु गर्ने गर्दथे ।
नेपालबाट अमेरिका पुगेपछि पढाईको साथमा उनको साँगिती यात्राले अझै उचाई लिदैं गैरहेको छ । विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् भने । उनका फ्यान फलोर्यस पनि बढ्दै गैरहेका छन् । अमेरिमामा रहेको विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा गाउँदै गर्दा सन २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था ए.एन.ए को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिईन र प्रथम पनि भईन भने ट्वान्टि हार्वस रेडियो स्टेसनको वर्ष २०१५ को ट्यालेन्ट सिंगीग कम्पिटिसनमा डालासका ६० उत्कृष्ट सहभागि मध्ये हिन्दी गीतमा उनी मात्र एक नेपाली चेलिले फस्ट रनर अप हुन सफल भईन ।उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । हाइलाईट्स नेपाल मार्फत केहि समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गित दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।
https://www.youtube.com/watch?v=7MUsMHEd_wQ&feature=youtu.be
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा
रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा
काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले केदार घिमिरे (माग्ने बुढा)लाई नाम अनुसारको स्वाभाव नभएको बताएका छन् । नाम माग्ने बुढा