युवाहरुमा अकास्मात मृत्युका कारणहरु


स्वास्थ समबन्धी कुराहरुमा हिजोको वर्षहरुमा जे सुकै भयो त्यसलाई जान दिऔं तर अबका वर्षहरुमा स्वास्थ समबन्धी सचेतना अनि उपायहरु अवलम्बन गरिन जरुरी छ . आहार, बिहार र व्यायामको बिचार पुर्याउनका साथै सोच अनि सकारात्मकतामा पनि सुधार र सुदृढ बनाउन जरुरी छ ,
गएका बर्षहरुमा हामीले धेरै असामहीक निधन अनि अल्पायूमै भएका स्वास्थ समस्याका गम्भीर घटनाहरु देखेका छौं । मेरो त उमेर नै भएको छैन ? या मलाई के होला र ? जस्ता लापरवाहका बिभिन्न कारणहरु हामीसंग प्रशस्त छ तर स्वास्थ समस्या र मृत्यु अनुहार अनि उमेर हेरेर कहाँ आउछ र ? समयमै सचेत हुन जरुरी छ ।

सामान्यतया लागुपदार्थ दुव्यर्सन अनि ओभरडोजको लेप लगाएर समाजले अकास्मात मृत्यु भएका युवाहरुको मृत्युको कारणलाई सहानुभुति र आक्षेप लगाउन छाडेको छैन तथापी हरेक युवाको अकस्मात मृत्युका कारण सधै लागुऔषध अनि ओभरडोज मात्र त कहाँ हुन्छ र ? बिभिन्न अध्यनले युवाहरु पनि अकस्मात मृत्युको जोखिममा उच्च रहेको देखाएको क्यारोल बुलोक नामक चिकित्सकले मेडस्केपमा लेख्दछन् ।
आज हामी मेडस्केप नामक अन्तराष्ट्रिय स्वस्थ जर्नलको आलेखलाई नेपाली रुपान्तरण गर्दैछौं । अकास्मात मृत्यु धेरै कारणले हुन सक्दछ, आज हामी यस्ता कारणहरुको कुरा गर्देछौं जुन कुनै दुर्घटनाले नभई हाम्रो आफ्नै ब्यबहार अनि लापरवाहीका कारणले हुने गर्दछन् । यस बर्ष थोरै मात्र ब्यबहार परिवर्तन गरेमा मात्र पनि आगामी धेरै बर्षसम्म स्वस्थ अनि क्रियाशील रहिन्छ भने किन नगर्ने ?

अकास्मात मृत्युका जोखिम बढाउने कारणहरु जानिराखौं
१, धुम्रपान
२, रगतमा कोलेस्टेरोलको मात्रा धेरै
३, बिलासी जिवनशैली, तनाव अनि व्यायामको कमी
४, उच्च रक्तचाप
५, मधुमेह
६,  परिवारमा हृदयरोग या मृगौला समस्या, हृदयघात, स्ट्रोक हरुको इतिहास
७,  तनावपूर्ण जिवनशैली र आफ्ना लागि कम समय
आदि पर्दछन् ।

ल अब सर्वप्रथम माथि उल्लेखित कुनै पनि कुराहरु हाम्रो जिवनमा लागु हुन्छ या हाम्रो वानीहरुमा पर्दछ भनें त्यसप्रति सन् २०१९ मा सजग बसौं है । नेपालमा धुम्रपानको दर अनि क्रम अत्यन्तै कम उमेरबाट नै बढिरहेको बिभिन्न अध्यनहरुले देखाएको छ , कम उमेरमा धुम्रपान शुरु गरेपछि पछि गएर अन्य कुलतमा लाग्न सक्ने संभावना बढि हुन्छ । त्यसमाथी मिसावट र विशाक्तियुक्त खाना, अस्वस्थ जीवनशैली, प्रदुशन लगायत धेरै कुराहरुले नेपालको जनसख्याँकोे ठूलो हिस्सा नै अकस्मात मृत्युको जोखिममा रहेका हुनसक्दछन् ।
उता बढ्दो शहरीकरण, अराजक खानपान अनि व्यायामको कमीले अधिकांश नेपाली भूँडीहरु पुटुक्क निस्कने अर्थात सेन्ट्रल अबिसीटीको शिकार भएका छन् । यी सबैकुराहरु यस बर्ष मनन गर्दै थोरै यसवर्षवाट स्वास्थमा पनि ध्यान दिने कि ?
धुम्रपान गर्नुहुन्छ भने सकेसम्म कम गर्ने अनि सुस्तरि छाड्ने गर्नु पनि जरुरी छ है । मधुमेह आफूलाई या परिवारमा कसैलाई छ भने बेलैदेखि खानपीन अनि आहार बिहारमा ध्यान दिन जरुरी छ ।

अकास्मात मृत्यु कसरी कम गर्न सकिन्छ ,
१, धुम्रपान गर्नुहुन्छ भने कम गर्ने या छाड्ने
२, कम्तिमा हप्ताको ४ दिन नियमित व्यायाम या कुनै शारीरीक खेल खेल्ने
३, आफ्नो रगतमा कोलेस्टेरोल र सुगरको जाँच नियमित रुपमा गराउने , कम्तिमा बर्षको एक पटक गराउने
४, कम्तिमा ४ देखि ६ महिनामा एकफेर रक्तचाप अर्थात ब्लडप्रेशर जाँच गर्ने
५, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने
६, बर्षमा एकफेर फिजीसियनलाई भेटेर आवश्यक जाँचहरु गर्ने

सन् २०११ मा भारतको मुम्बईको एलटीएम जनरल अस्पतालमा १८ देखि ३५ बर्ष उमेर समुहका मान्छेहरुको अकास्मात मृत्यु बिषयमा एउटा बृहत क्लिनीकोप्याथोलोजिकल अध्यन गरियो । यस अध्ययनका अनुसार १८ देखि ३५ बर्ष उमेरसमुहका वयस्कहरुमा हुने

अकास्मात मृत्युका कारणहरु यसरी प्राथमिक्ता अनुसार राखिएको पाइयो ।
१, हृदय सम्बन्धी समस्या
२, हृदय बाहेकका नन कार्डियाक समस्या या कारणहरु

जसमा ग्यास्ट्रो या पाचन क्रिया र अगं समबन्धीत समस्याहरु , ज्वरो देखिएका संक्रमणहरु अथवा तापमान बढेका कारणले जस्तै मलेरिया, लेप्टोप्रीयोसीस, डेन्गु आदि अनि श्वासप्रश्वास का समस्याहरु मुख्य कारक बताइएको छ । बर्ष सन् २०१९ सुस्वास्थको बर्ष होस् , जोखिमबाट बाहिरै रहनुहोला । स्ट्रेसवाट पर अनि व्यायाम र प्रकृतिसंग नजिक रहनुहोला . हाँस्न अनि खुशी रहन नभुलौं, आफ्ना लागि समय छुट्याउनुहोला अनि अम्मलहरु छाड्नुहोला है ।

 

-विदेश जानेले अचानक ज्यान नजावोस भनेर के के सतर्क अपनाउनु पर्छ ? – डा. कल्याणको उपाय

-लाईभमाण्डु


Loading comments...