
पुराना गीतसंगीत प्रति नयाँ पुस्ताको लगाव बढदै
११ माघ २०७५, शुक्रबार ०४:३०
दशकौ अघिदेखि हामी सबैले सुन्दै आएको, वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ को आवाजमा रहेको, हिजोदेखि आजसम्म पनि उतिनै चर्चामा रहन सफल “मेरो आँखामा भरदिन …” बोलको गीत, अब गायिकाको आवाजमा पनि सुन्न पाईने भएको छ ।
दीप श्रेष्ठलाई आफ्ना आदर्श अनि सांगितिक पिता मान्ने गायक/संगीतकार रकि धासु द्वारा यो गीत कभरका लागि, गितार ट्र्याक रिदम म्युजिकमा बनाईएको हो भने, सबिना राईको सुमधुर आवाजमा स्वरबद्ध गरिएको यो कभर गीत, सुन्दा निक्कै आनन्दको महशुस हुन्छ ।
गितार लाई पुर्ण रूपमा आफ्नै शैलीमा अनि संगीत थोरै धेरै परिमार्जन गरिएको भएता पनि, गीतलाई नचाहिंदो तरिकामा परिमार्जित गरिएको छैन ।
क्यामेरा प्रविन केसी अनि लुज: श्रेष्ठ द्वारा सम्पादन गरिएको यो कभर भिडियोमा, मङ्गलबजार दरबार स्क्वायर परिसर अनि संग्रहालय भित्रका दृष्य देख्न सकिन्छ । समग्रमा सुन्दा/हेर्दा सबैलाई राम्रोनै लाग्नेछ ।
रिदम म्युजिकको उन्नतिको कामना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत