Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध

१२ माघ २०७५, शनिबार ०७:०३


nirmal mani
डा. निर्मलमणि अधिकारी

‘महाभारत’ नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट एघार अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेखित छ । महषिर् व्यासको महाकाव्य महाभारतको आदिपर्व २।२३-२६मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१८७० -एक्काइसहजार आठसय सत्तरी) ओटा रथ, उत्तिनै संख्यामा हात्ति, ६५६१० -पैंसठ्ठीहजार छसय दस) ओटा घोडा र १०९३५० -एकलाख नौहजार तीनसय पचास) जना पैदल सैनिक हुन्छन् । यही“नेर ध्यान पुर्याउनुपर्ने कुरा केछभने एउटा हात्तिमा एकजना माहुते र एकजना योद्धा गरी कम्तीमा दुईजना सवार हुन्छन्, त्यसरीनै एउटा रथमापनि एकजना सारथी र एकजना योद्धा समेत कम्तीमापनि दुईजना सवार हुन्छन् । कहिलेकाहि“ हात्ती तथा रथमा सवार हुनेहरूको संख्या दुईजनाभन्दा बढी हुनपनि सक्छ । यस हिसाबबाट एक अक्षौहिणी सैन्यबलमा रथमा बसेका कम्तीमापनि त्रिचालिसहजार सातसय चालिस व्यक्तिहरू, हात्तीमा सवार रहेका कम्तीमापनि त्रिचालिस हजार सातसय चालिस व्यक्तिहरू, घोडचढी सेना पैंसठ्ठीहजार छसय दस व्यक्तिहरू र पैदलयोद्धा एकलाख नौहजार तीनसय पचास व्यक्तिहरू समेत जम्माजम्मी २६२४४० (दुईलाख बैसठ्ठीहजार चारसय चालीस) जना मानिसहरू संलग्न हुने देखिन्छ ।

महाभारतमा उल्लेखित भएअनुसार कौरवपक्षमा एघार अक्षौहिणी सैन्यबल रहेको मान्दाखेरीमा उनीहरूका पक्षबाट लड्ने योद्धाहरूको कूल संख्या २८८६८४० (अठ्ठाइसलाख छयासीहजार आठसय चालीस) रहेको देखिन्छ । यसरीनै पाण्डवपक्षबाट युद्धमा सामेल सात अक्षौहिणी सैन्यबलमा योद्धाहरूको कूल संख्या १८३७०८० (अठारलाख सैंतिसहजार असी) रहेको देखिन्छ । तर्सथ, उक्त महायुद्धमा दुबैपक्षबाट गरी ४७२३९२० (सत्चालिसलाख तेइसहजार नौसय बीस) जना योद्धाहरू सामेल रहेको आ“कडा आउ“छ । तर यो न्यूनतम आ“कडा हो । अनि यो संख्या प्रत्यक्ष्ँतः युद्ध मैदानमानै उत्रने व्यक्तिहरूको हो ।

मान्छेका साथसाथै त्यस महायुद्धमा ठूलो संख्यामा हात्ती तथा घोडाको प्रयोग भएको थियो । त्यसको न्यूनतम आ“कडामात्रै निकाल्ने होभनेपनि अठार अक्षौहिणी सैन्यबलकालागि ३९३६६० (तीनलाख त्रियानब्बेहजार छसय साठी) ओटा हात्तीहरू चाहिने हुन्छ । उता, घोडाको संख्याचाहि“ योभन्दा कताहोकता बढी हुनआउ“छ । एक त, घोडचढी सेनाकालागि मात्रैपनि अठार अक्षौहिणी सैन्यबलमा ११८०९८० (एघारलाख असीहजार नौसय असी) ओटा घोडाहरू रहेका हुन्छन् । त्यो संख्यामा अब रथ तान्ने घोडाहरूको संख्या जोड्न बा“की छ । जस्तोकि हामीलाई थाहा छ, एक अक्षौहिणी सेनामा एक्काइसहजार आठसय सत्तरी ओटा रथहरू हुनेहुँदा यस हिसाबले अठार अक्षौहिणी सैन्यबलमा तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा रथहरू हुनुपर्दछ । एउटा रथमा चारओटा घोडाहरू जोतिनेहु“दा सबै रथ तान्नकालागि प्रयोग गरिने घोडाहरूको संख्या १५७४६४० (पन्ध्रलाख चौहत्तरहजार छसय चालीस) ओटा रहेको देखिन्छ । यसरी उक्त महायुद्धमा कम्तीमापनि २७५५६२० (सत्ताइसलाख पचपन्नहजार छसय बीस) ओटा घोडाहरू सामेल गराइएका हुनुपर्दछ ।

अब हामी विचार गरौं, तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा हात्तीहरू र सत्ताइसलाख पचपन्नहजार छसय बीस ओटा घोडाहरूको हेरचाह गर्न कति मान्छेहरू खटिनु परेको हुँदोहो – उता सत्चालीसलाख तेइसहजार नौसय बीस जना योद्धाहरूलाई आवश्यक पर्ने रसद-पानी देखिलिएर युद्ध-सामग्री सम्मको व्यवस्था मिलाउन कति संख्यामा परिचारक व्यक्तिहरू चाहिए होलान् – यसरी विचार गरिहेर्दा युद्ध-मैदानमानै सक्रिय व्यक्तिहरूको संख्यालेनै करोडको आ“कडा नाघ्दछ ।
महाभारतकालीन समाजमा नारी-योद्धाहरू नरहेका होइनन् तापनि त्यही महायुद्धमाचाहि“ नारी-योद्धाहरूले भाग लिएको देखिदैन । बरु, उपलब्ध तथ्यअनुसार उक्त युद्धमा युद्धरत सबै व्यक्तिहरू पुरुष नै रहेको देखिन्छ । एक पुरुषले एकभन्दा बढी संख्यामा विवाह गर्ने समेत प्रचलन रहेको कुरालाई ध्यानमा राख्दा र तिन्का बालबच्चाको संख्यातर्फनि ध्यान पुर्याउ“दा यदि युद्ध तथा त्यसस“ग सम्बन्धित कार्यमा जम्मा एककरोड पुरुषहरूमात्र सक्रिय रहेको मान्ने होभनेपनि युद्धका कारण प्रभावित जनसंख्याको आ“कडा धेरै करोड पुग्ने स्पष्टै छ ।

महाभारत युद्ध कुन ठाउ“मा भएको थियो भन्नेबारेमा व्यासजीको महाकाव्यमा त्यो युद्ध कुरुक्षेत्र नामक भू-भागमा लडिएको बताइएको छ । कुरुक्षेत्र नामको जुन भू-भाग अहिले अस्तित्वमा रहेको छ (त्यसलाई हेर्दा त्यत्तिका सैनिक र तिन्कासाथै हात्ती, घोडा, रथहरू यति सीमित भू-भागमा अटाउने देखिदैन । अटाएर दोहोरो लडाइ“ गर्न जति जमिन चाहिन्छ त्यसको हिसाबबाट अहिले कुरुक्षेत्र भनिइने जमिन निक्कैनै कम देखिन्छ । यही कुराको आधारमा कसै-कसैले “लौ …… महाभारत युद्ध भएकै थिएन, त्यो त एउटा मिथक् मात्र हो ….” आदि-इत्यादि भन्नपनि बेर नलगाएको समेत देखिएको छ । तर ‘महाभारत’ नामाकरण गरिएको उक्त महायुद्ध भएकै थियो भन्ने तथ्यलाई प्रमाणित गर्ने धेरैवटा प्रमाणहरू पत्ता लागिसकेकाहु“दा अब आएर सो युद्ध भएको थियो वा थिएन भनेर माथापच्ची गरिरहनु त र्व्यर्थको बुद्धि(विलास हो । हो, कुरुक्षेत्रबारेको कुरालाईचाहि“ विज्ञान-सम्मत दृष्टिले विवेचना गरी सत्य तथ्य प्रष्ट पार्नैपर्दछ ।

अध्ययनबाट के देखिन्छभने, महाभारतयुद्ध-पुर्वको विश्वसमुदाय दुई धुरीमा बा“डिई दुईओटा अन्तर्राष्ट्रिय सैन्यगुट बनेका थिए । कतिपय राज्यहरू गुट-निरपेक्ष पनि रहेका थिए (उदाहरणार्थ महाभारतको लडाइ“ मच्चिँदा बलराम र उनका सेनाहरू तटस्थ बसेका थिए । आपसी शत्रुता भएका पाण्डव-कौरवको अग्रसरतामा ती सैन्यगुटहरू बनेकाहु“दा जसै कौरव(पाण्डवबीचमा तनाव बढ्थ्यो तब ती दुई गुटका सहभागी राज्यहरूबीचमापनि स्वाभाविक रुपले तनाव बढ्थ्यो । पाण्डवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा सात अक्षौहिणी सैन्यशक्ति रहेको र कौरवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा एघार अक्षौहिणी सैन्यशक्ति रहेको त स्पष्टै छ । युद्ध शुरु हु“दा त्यसको निहु“ कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । गत शताब्दीमा भएका दुई विश्वयुद्ध शुरु हु“दाखेरीमापनि एक्कैचोटी विश्वव्यापी स्तरको नरहेको, तर पछिचाहि“ विभिन्न राज्यहरू युद्धमा तानि“दै गएर युद्धले विश्वयुद्धको रुप लिएको उदाहरणतर्फध्यान दिने होभने कुरा अझ राम्ररी र्छलङ्ग हुनआउ“छ । अ“ त, माथि भनिएझैंनै युद्ध शुरु हु“दा त्यसको निहु“ कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । यसरी युद्ध कौरव(पाण्डवकोमात्र नरही दुई अन्तर्राष्ट्रिय सैन्यगुटहरूको महायुद्ध बन्न पुग्यो । त्यसोहु“दा युद्ध कुरुक्षेत्र वा कुनै स्थानविशेषमा मात्र सीमित नरहेर धेरै विस्तारित भू-भागमा लडिएको थियो । परन्तु, मूल झगडिया पाण्डव-कौरवको आमुन्ने-सामुन्ने लडाइ“ कुरुक्षेत्रमा भएको र युद्धको जीत-हारको फैसलापनि त्यही“ भएकोहु“दा व्यासले काव्यिक-प्रस्तुतिकरणमा युद्ध कुरुक्षेत्रमा भएको उल्लेखित गर्नु स्वाभाविक हो । विज्ञानसम्मत कुरा यही देखिन्छकि महाभारतको युद्ध विश्वव्यापी स्तरमा अनेकौं भू-भागमा लडिएको थियो, परन्तु त्यस महायुद्धको मूलथलो कुरुक्षेत्र भएकाले त्यसलाई ‘कुरुक्षेत्रको युद्ध’ पनि भनिएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा