कलेजो खराब भएका ७ लक्षणहरु


के हिँउद अनि के बर्खा ? हरेक मौसममा हाम्रो देश अनि समाजमा जण्डिसको संक्रमण पाइएको छ । दुषित पानी, खाना लगायतका कुराले यो कलेजोको संक्रमण ज्यान लिने अवस्था सम्म पुग्दछ । फेरि हामीहरुमा धेरै एलोपेथिक या आर्यूवेदिक ओखती सेवन गर्ने, मध्यपान गर्ने बानी पनि छ । यी सबै कुराहरु लगायत दैनिक व्यायामको कमी लगायतका तथ्यहरुले हाम्रो कलेजोलाई झनै जोखिम तुल्याँउदछ । आउनुहोस आज जानीराखौं घरै बसेर कलेजोको स्वास्थका कुराहरु कसरी थाहा पाउने र केहि खराबीका लक्षण देखिएमा आँफैं तुरुन्त स्वास्थकर्मीकहाँ जान सकिने उपायहरु ।

आउनुहोस् बात मारौं ति ७ वटा लक्षणहरु जसले हाम्रो कलेजोको कार्यकुशलता कस्तो छ अनि कलेजो खराब भएको जनाऊ दिनेगर्दछन् ।

१ तपाँईको पेट बिसन्चो भई सँधै झाडापखाला भइरहेमा
हुन त डिप्रशेन, शुरुवाती गर्भावस्ता, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बोहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयूक्त हुन्छ ।

२ लगातार कमजोर महसुस हुनु

कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापी बिनाकुनै बिशेष कारण सधैं कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनि चनाखो हुन जरुरी बताइन्छ । कलेजोले पर्याप्त रुपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटीनहरु कम हुन जानेगर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

३ खानामा अरुची
कलेजोमा खराबी भएमा शरीरमा प्रश्स्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुची हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रुपमा पच्न पाँउदैन अनि शरीरको तौलमा एक्कासी नाटकीय कमी हुन्छ ।

४ पिसाबको रंग परिवर्तन भएमा
स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरुको पिसाब सामान्य रंगको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रंग सुन्तला या खैरो रंगको हुन सक्दछ । बिचार पूर्याउन जरुरी छ ।

५ शौचको रंगमा परिवर्तन भएमा
शौचको रंगमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रंगको देखिएमा एकफेर चिकित्सकलाई घेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रंग परिवर्तन् हुन सक्दछ ।

६ जण्डिस देखिएमा
प्राटीन अनि अक्सीजनलाई बितरण गर्न रातो रक्तकोशीकाको महत्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेंलो हुने र जण्डिस देखिने हुनसक्दछ ।

७ पेटमा परिवर्तन
मेडिकल साइन्सका अनुसार महिलाहरुको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट समबन्धी पीडाहरुलाई सामान्य रुपमा लिइन हुँदैन् । पेटमा कुनै पीडा या अफ्ठेरो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ, संवेदनशील बन्न जरुरी छ ।

स्वस्थ धनं सर्वप्रधानम, स्वास्थको ख्याल राख्नुहोला अनि माथि उल्लेखित कुनै लक्षण देखिएको छ भने एकफेर चिकित्सकको मा पो जाने हो कि रु
आहार बिहारको ख्याल गरौं । प्रस्तुत जानकारी हामीले बिश्वप्रसिद्ध मायोक्लीनीकको व्लगबाट साभार अनि अनुवाद गरेका हौ ।
छालालाई मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा मानिन्छ अनि त्यसपछिको मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ ।
मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अंगका रुपमा हामीले हेर्दैनौ जबकी कलेजो पनि उत्तिकै महत्वपूर्ण छ ।
लगभग १ दशमलव ३६ किलोग्राम तौलको एउटा बयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्दछ । खाएका खानालाई पचाउन अनि पोषण शोस्न पित्तथैली र कलेजोले संसगै कार्य गर्दछन् । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कार्यकमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ जुन बेलामा थाहा नभएर पछि धेरै जोखिमावस्थामा मात्र थाहा हुन्छ। हरेक मिनेट नै लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् । तसर्थ समय समयमा आफ्नो कलेजोको जाँच र कार्यसम्पादनको जानकारी पाउन जरुरी मानिन्छ ।

लाइमाण्डु


Loading comments...