
मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ को छायाङकन अमेरीकामा सम्पन्न
१३ माघ २०७५, आईतवार २२:२२

अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको कति बोलाउ निर्मोहीलाई… बोलको गीतको म्युजिक भिडियो छायाङकन सम्पन्न भएको छ । रमेश एमके पौडेलको शब्द रचनालाई नेपाली चलचित्रका सुपरहिट निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन भने लोकप्रिय नेपाली साङ्गीतिक समूह ‘कर्मा ब्याण्ड’का लिड भोकलिष्ट सुरेन्द्रमान सिंहको छायाँङ्कन रहेको छ । भिडियोलाई बद्री लामिछानेले सम्पादन गदैछन् ।
रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसक्नु भएको छ । पौडेल नेपाली रेडियो, टेलिभिजन तथा डिजिटल टेलिभिजन अध्ययन तथा स्थापनामा एउटा स्थापित संचार उद्यमी हुनुहुन्छ । निरन्तर साहित्य सृजनामा सक्रिय लेखक पौडेलका अन्य गीतहरु पनि सार्वजनिक हुने तयारीमा छन् ।

लाइभमाण्डूसंग कुराकानी गर्दै निर्देशक नारायण पुरीले भन्नुभयो, “रमेशजीको शब्दमा जीवन देखें, यथार्तपरक शब्दहरुले मन छुन्छ जसलाई डा किरातको सङ्गीतमा मेलीना राईको स्वरले प्राण भर्ने काम गरेको छ । शब्दसंग नजिक रहेर भिडियो निर्देशन गरेको छुँ, भिडियो राम्रो बनेको छ ।”
टेक्सासका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको यस गीतमा दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेकी सुनिक्षा मैनालीले अभिनय गरेकीछिन । भर्जिनिया बस्दै आएकी मोडल मैनाली म्यूजिक भिडियोकै लागि टेक्सस आएकी हुन । यस अघि उनी नेपाली चलचित्रका अभिनेता दिलिप रायमाझीदेखि अन्य धेरै चर्चित अनुहारहरुसंग भिडियोमा अभिनय गरी सकेकी छिन् । उनको जोडीका रुपमा राकेश सहनी देखिएका छन् ।
रमेश एमके पौडेलको शब्द रचना रहेको गीतलाई BODHI HD को निर्माण तथा 8848 मिडिया हाउसले सहकार्य गरेको छ । लाइभमाण्डूसंगको कुराकानीमा BODHI HD का निर्देशक तथा यस गीतका रचनाकार पौडेलले “गीतको प्रोमोसन देखि बजार व्यवस्थापन, प्रशारण लगायतको काम गर्नेछ । हामी चाँडैनै यो भिडियो हाम्रो YouTube च्यानल (https://youtube.com/bodhihd) बाट सार्वजनिक गर्नेछौं” बताउनुभयो ।
डा किराँतको संगीत रहेको गीतसंगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम ‘सम’ छिट्टै बजारमा आउँदैछ । एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई लगायतको स्वर तथा कन्काईष्ट राईको सङ्गीत रहेको छ । गीतकार पौडेलले टेक्ससमा बसेर अनलाईन टिभी, रेडियो तथा म्युजिक भिडियो तथा चलचित्र निर्माण सम्बन्धी काम गदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्वागत छ सन् २०३९ को विश्वकप क्रिकेटको फाइनल्स म्याचमा । यस अघि धेरैपटक विश्वकप जितिसकेको राष्ट्र भारत र पहिलोपटक विश्वकप
चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् ।
काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ
काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत