Lifestyle Portal
  •   १५ फाल्गुन २०७७, शनिबार
vegitable

यस्ता फलफूल खानुहाेस्, छाला चाउरी पर्नबाट बचाउनुहाेस्

१६ माघ २०७५, बुधबार १४:२९

उमेर नपुग्दै अनुहार लगायत शरीरको छाला चाउली परेको कारण महँगो क्रिमहरु प्रयोग गर्ने चलन बद्दो छ । छाला चाउरी पर्नबाट रोक्नको लागी प्रकृतिक चिजहरुको प्रयोग गरी पनि छालामा सुन्दरता ल्याउन सकिन्छ यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले तपाईको छालामा चमक ल्याउछन् ।

सुन्तला : सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ : स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।

खरबुजा : खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

अनार : अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गैरकानुनी काममा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी दिनुभएको छ ।

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता