
सबै सुपरस्टारहरु एकैठाउँमा नृत्य गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक
१७ माघ २०७५, बिहीबार १३:५३
लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’ प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो । चलचित्र ‘तुलसी’ नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ ।
मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ भने यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गर्नुभएको हो । चलचित्रको पाँचवटा गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।
पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ‘तुलसी’को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।
ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् ।
प्रिमियर भएको यो गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् भने साधना सरगम र कुमार कान्छाले गाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,