Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

स्वर्गीय कृष्णमोहन श्रेष्ठलाई बादलको सलाम

१८ माघ २०७५, शुक्रबार १३:४२


यो दुर्लभ नजारा र घटनाक्रम हो । माओवादीले आजभन्दा १६ वर्षअघि तत्कालिन सशस्त्र प्रहरीका प्रमुख कृष्णमोहन श्रेष्ठको बिहानै मर्निगंवाकको क्रममा अगंरक्षक र श्रीमतीसंगै हत्या गरेको थियो । शान्ति संझौताको पनि दशकलामो फेरिहिस्त छ र शान्ति पूर्नस्थापनाको दौड सुस्त या शून्य जे सुकै भएपनि द्धन्दका घाउहरुमा केहि खाटा बस्न भनें थालेको मान्न सकिन्छ ।

गत मगंलबार जब अहिलेका बहालवाला गृहमन्त्री अनि तत्कालिन माओवादी सशस्त्र दस्ताका युद्ध रणनिति प्रमुख राम बहादुर थापा बादलले कृष्णमोहन श्रेष्ठको प्रतिमामा उन्को १६ औं वार्षिक तिथीमा माल्यार्पण गरे तब नजारा केही अनौठो थियो । कृष्णमोहनको हत्यारा दस्ताका योजनाकार स्वयमले यसरी सम्मान र श्रदाञ्जली दिनु एउटा सद्भाव अनि आयामको थालनीका रुपमा सकारात्मक अनि नकारात्मक दुबै प्रकारका टीप्पणी भएको पाइन्छ । यसरी सशस्त्रका आईजीको हत्या गर्ने योजना आफ्नो नभई पार्टीका ठूला नेतृत्वको भएको पनि उनले बताए । उन्को भनाईमा अग्रज नेताहरु प्रचण्ड र बाबुरामको तर्फ दिशा गरेको भन्ने अड्कल काट्न सकिन्थ्यो तथापी अहिले बाबुराम भनें नयाँ पार्टीमा आवद्ध भई माओवादीमा संलग्न नभएको देखिन्छ ।

आईजी कृष्णमोहनको हत्यामा उन्की निर्दोष श्रीमती र अगंरक्षकको पनि निर्मम हत्या गरिएको थियो । तत्कालिन माओवादीले आफ्नो सार्मथ्य देखाउन अनि सुरक्षासंयन्त्र र सर्वसाधरणको मनोवल कमजोर गराउन यस्ता बर्वरतापूर्ण आक्रमण गरेको १६ वर्षअघिका समाचारमाध्यम र समाचारको हेडलाइन बनेको थियो । आज १६ वर्षपछि माओवादी सरकारमा पुगेको पनि निकै वर्ष भइसकेको छ, नेपाल द्धन्द छिचोलेर अघि बढेको यस सदाचारको समयमा द्धन्दका अवयवहरुलाई बिट मार्दै अघि बढिरहेको बताइन्छ । सन् १९९६ देखि सन् २००६ सम्मको द्धन्दमा लगभग १७ हजारको मृत्यु अनि १३०० वेपत्ता पारिएको तथ्याकं छ तथापी यस तथ्याकं निकै बढि भएको केसहरु दाखिल भएका र आवाजहरु पाइन्छ ।

हत्यारा दस्ताका प्रमुखले हत्या भएका आईजीको मृतआत्माको शान्तिको वक्तव्य दिएको यो घटना र नजारा भनें दुर्लभ नै थियो । जनसेनाको संज्ञा दिएको माओवादी सैन्य दस्ताले गरेको आन्दोलन र आक्रमणका नेपालमा निकै धनजनको क्षती गरेको र त्यसको अवसरमुल्य अपरचुनीटी कस्ट आजको पुस्ताले पनि तिरिरहेको छ, सर्वाहाराको अधिकारको त्यो आन्दोलन आज माओवादी सरकार र सदनमा छिरेपछि कतिको न्याय गर्न सकेको छ त ? प्रश्न ज्यूँ का त्यूँ छ ।

निर्मला हत्याकाण्डको लम्पसारवाद, मार्सी चामल काण्ड, चिकित्साशास्त्र विधेयकका कुरा, सुन तस्कर अनि विदेशी बैंकको पैसो र कालो धनको सेतो प्रकरणमा नेतृत्वहरुको स्पष्ट संलग्नताले कतै नेपालमा माओवादी द्धन्दले नयाँ सामन्तिवादको शुरुवात गरेको त हैन भन्ने धेरैको ठम्याई भइसकेको पनि देखिन्छ ।
हेरौं अब के हुन्छ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,