Lifestyle Portal
  •   १२ आश्विन २०७८, मंगलवार

बिदेशमा नेपालीको आत्महत्याको परिवेश

२० माघ २०७५, आईतवार ०९:००

बिदेशमा पढ्नका लागि छोराछोरी पठाउनु त प्रतिष्ठा र गौरवको बिषय भएको छ । पढ्नका लागि बिदेश पठाँउदा औसत १९ या २० हाराहारीको उमेरका आँखाभरि सपना संगालेर बिदेश उडेका नौजवानको मानसिक स्वास्थ बास्तवमै आज नेपालका लागि चुनौती भएको छ ।

२०१७ सालकै जनवरी महिनाको प्रथम हप्तानै अष्ट्रेलीयामा मात्र ३ जना नेपालीहरुको मृत्यु भएको थियो । सन् २०१८ पनि त्यस्तै घटनाहरु बाट अछुतो रहेन अनि सन् २०१९ मा पनि यस्ता घटनाका क्रमहरु बढिनै रहेको पाइन्छ । कहिले होमसिकनेश त कहिले डिप्रेशन लगायत थुप्रै नाममा प्रवासी नेपालीहरु लागुऔषध र कुलतमा पर्ने र पछि गएर आत्महत्यामा सम्म पुग्ने क्रम रोकिएको छैन । यस्ता आत्महत्याका प्रकरणहरु बिकसित देशमा पुगेका नेपाली बिधार्थीहरुमा बढ्दो क्रममा छ, चाहे त्यो अमेरिका होस् या अष्ट्रेलीया या अन्य यूरोपी देशहरु किन नहोस् रु नेपालीहरुको अवसर अनि अवसरको खोजिमा बिदेश जाने क्रम दिनानुदिन बढ्दै छ अनि बढ्दो छ त्यहाँका युवा नेपालीहरुको आत्महत्या का घटनाहरु ।

अवसर अनि जिवनस्तरको बृद्धिका लागि नेपाली युवाहरु माझ राम्रो देशको भीसा लाग्नु अत्याधिक खुशी अनि उत्सर्गको बिषय हो । तर यसरी खुशी अनि स्वतन्त्रताको पोखरीमा बिचरण गर्न गएका नेपाली युवायुवतीको बिदेशमा बढिरहेको आत्महत्याका प्रकरणहरु का बिषयमा नेपाल अनि बिदेश दुबैतर्फ नेपालीहरु सचेत रहन जरुरी छ । बिदेशमा रहेका र जाने नेपालीहरु जो बिधार्थीका रुपमा रहेका छन् या एक्लै काम गर्दछन् या बस्दछन अनि संधंर्षरत छन्, उनीहरुमा डिप्रेशन बढि पाइएको छ । एकान्तपना अनि असहज वातावरणका साथै महत्वाकांक्षा र बिदेशसंगको आशा नमिलेपछि उनीहरुमा यो मेलोनकोली अर्थात लामो समयसम्मको उदासिनता छाउने देखिन्छ । प्रवासी नेपालीहरुको मानसिक स्वास्थमा नेपाल सरकार अनि संयन्त्र दुबै सजग रहन जरुरी देखिन्छ है ।

बिधार्थी जिवनको सहज अनि सुकुन सहितको दिनहरु आमाबुवाको छत्रछाँयामा बिताएका नेपाली बिधार्थीहरु को संघर्ष अनि पीडाका दिनहरु एकैफेर बिदेशी भूमिमा शुरु हुन्छ । सोचेको बिदेश अनि भोगेको बिदेश बिचको फरक पनि ठूलै हुनेगर्दछ, यस कारणले ल्याउने बैराग्यसंग राम्ररी सम्झौता गर्न नसक्नेहरु डिप्रेशन अनि कमजोर मनोवल लगायत आत्महत्या नै गर्ने मानसिकतामा पुग्दछन् । बिदेशमा व्यस्त जिवनशैलीमा फेसबुकमा आईज न हामी छदैं छौं नि भन्ने आवाजहरु उत्ति प्रभावकारी हुँदैनन् । परिवर्तनको आँधी हुन्छ, भूगोल देखि लवज सम्म ।

त्यसपछि हुन्छ अर्को संघर्ष जब कलेजको फी तिर्नका लागि पार्टटाईम कामका लागि भौंतारिनु पर्ने हुन्छ । उता घरमा कसरी पैसो लिएर आएको भन्ने त उनीहरुलाई थाहै हुन्छ । घर अनि साथीभाईको अपेक्षा यस्तो हुन्छ कि मानौं त्यहाँ पैसो फल्दछ तर घण्ठा घण्टा काम गरेर जोगाएको पैसोले घर अनि दुई छाक खाना गरि कलेजको फी मात्र तिर्दा धौ धौ हुन्छ तब डलर अनि सुखशयलका सम्पूर्णसपना फगत हुन्छन् ।

जब बिहान बेलुकाको खाना र बसाँइका कुराहरु परिपूर्ति गर्न कामको खोजिमा भौंतारिने समय हुन्छ, रातदिन काम अनि एकोहोरो जीवनशैली शुरु हुन्छ अनि पढाई, समबन्ध र परिवार समाजको प्रेसर बढ्दै जान्छ तब जीवनमा रस देखिन छाड्दै गइन्छ, नाम नबताउने शर्तमा अमेरिकाबाट सबैकुरा छाडेर नेपाल नै फर्किएका एक युवाले हामीलाई बताए । मेरो बसाईको क्रममा काम नपाएर अनि प्रतिकुल मौसमका कारण म कैयन दिन दिनको २ प्याकेट चाउचाउमा बाँचें । यूट्यूबमा नेपालको भिडियो हेर्दै रुँदै बस्थें ।

बानेश्वरबाट शंखमुल साथी भेट्न जाँदा घण्टौं कुराउने नेपाली बिधार्थीलाई यौ दैनिकी एउटा यस्तो कडा सास्ती हो जसको अनुरुप ढल्नका लागि कडा परिश्रम जरुरी हुन्छ । यी कुराहरुमा सन्तुलन नहुँदा जिवनले यस्तो कोल्टे फेर्दछ कि आत्महत्या सम्मको कदम नेपाली बिधार्थीहरुले चालिरहेका छन् । नेपाली दुतावास अनि कुटनैतिक नियोगले पनि नेपाली बिधार्थीहरुको संगठनात्मक बिस्तार अनि सामुहिक शेयरिगं कार्यक्रम गरेर बिभिन्न अन्य तवरवाट यस्तो मानसिकता बिरुद्ध कदम चाल्न जरुरी देखिन्छ ।

मोफसलबाट काठमाण्डौसम्म पनि आएर फरक महसुस गरेका कलिला नेपाली युवायुवतीहरु बिदेशको व्यस्तता अनि क्रुर पावन्धीमा आफूलाई केवल एउटा कैदी सम्झन थाल्दछन् । मुख्य शहरका कलेज भन्दा पनि फी सस्तो हुने अनि छात्रवृत्तिको संभावनाका कारणले अधिकांश नेपाली बिधार्थीहरु बिदेशका पनि मोफसलका कलेजहरुमै जान्छन् । आफ्नै रोजाईले कलेज अनि बिदेश आएकाहरु आफ्ना पीडाहरु बुवाआमा या परिवारसंग भन्न खासै सक्दैनन् अनि शुरु हुन्छ देख्दाको हाँसो अनि भित्रको जिवनसंगका प्रश्नहरु । आधीरातको खाना, तल्लो स्तरको काम, खप्की लगायतका पीडाका समयमा बुवाआमाको याद अनि माया लगायत नेपाली जिवनसंगको तुलना गर्दा त्यहाँको पीडा केवल आँफैले खनेको खाल्डो जस्तो मात्र महसुस हुन्छ । यसरी भित्रभित्रै पिल्सीएर बसेका भावनाहरुले आत्महत्याको स्वरुप लिन पनि सक्दछ ।

केहीले भने जाँदा नै सहजताका कारणले लभभग दोब्बर पैसो तिरेर प्राइभेट यूनिभर्सिटीमा गएका हुन्छन् तर यसरी पैसाको दम्भमा प्राइभेट यूनिभसिंटीमा गएको ९० प्रतिशत दोश्रो वर्षवाट कम शुल्क्का कारण कम्यूनीटीमा ट्रान्फर गर्दछन् । बिदेशी यूनिभर्सिटीहरुले जत्तिकै स्कोलरसीपका कुराहरु प्रचार गरेपनि सबै कुराहरु बिधार्थी आकर्षीत गर्ने जाल मात्र हो । छात्रबृत्तिहरु केवल व्यबसाहीक स्कीमहरु मात्र हुन्छन् । बास्तवमै टिभीमा देखिएका अनि फेसबुकमा देखाइएका साथीहरुका सेल्फी र रहरलाग्दा दृश्यहरुको मुल्य महंगो हुन्छ । पैसाको कमीमा नेपालबाट पैसो मगाउन सहज त हुन्न अनि आफ्नो आत्मसम्मानमा पनि ठेस आउने सोचेर उनीहरुले बिभिन्न कदमहरु चाल्दछन् । कतिले त कलेज छाडेर गैरकानुनी तवरमा बसेका सम्म पनि हुन्छन् । पीडाको भुमरीवाट बच्ने नाममा कुलतमा फसेका नेपाली बिधार्थीहरुको सख्याँ पनि उल्लेख्य छ ।धेरै कम प्रतिशत बिधार्थीले मात्र लगालग व्याचलर्स सकाएर ठिकैको जागिर खाएका हुन्छन् । पढ्नका क्रममा मुख्य समस्या हुन्छ, बसोवासको समस्या । कोठा शेयर गरेर बस्दा सस्तो पर्दछ र सामान्यता नेपाली परिवेशमा आफ्नो अलग्गै कोठामा बसेका, गीत घन्काएका, मनलाग्दी सुत्ने उठ्ने रुटीन भएका निष्फिक्रि नेपालीलाई कोठा शेयर गरेर बस्दा अफ्ठेरो भने राम्रै पर्दछ । यस्तै अफ्ठेरो अनि मनमुटावहरु ले गर्दा कोठा सरिरहनुपर्ने हुन्छ, जुन झनै अफ्ठेरो र खर्चिलो हुन्छ ।

उता कलेजको फि, खर्च, कम्प्यूटर, मोबाइल, लुगाफाटो लगायतको खर्च पनि धान्नै पर्ने हुन्छ । अब त घरमा पनि केही पैसोको आशा गर्न थालिसकेका हुन्छन् । बिधार्थी भीसामा आएकालाई देश अनुसारको काम गर्ने प्रावधान हुन्छ, यूनिर्सिटी भित्र हप्ताको यति घण्टा भनि कानूनी प्रावधान भएपनि त्यतिले खर्च पुग्दैन्, लुकेर अरुभन्दा धेरै तनाव अनि कम पारिश्रमिकमा बाहिर काम गर्न पर्ने बाध्यता हुन्छ । यसरी काम गर्न जाने ठाँउ अनि बसोवासको ठाँउ बिचको यातायात पनि सहज हुँदैन्, आफ्नो साधन किन्ने हैसियत भइसकेको हुँदैन । प्रतिकुल मौसममा गाडी या रेल पर्खदाँको पीडा, समयको पावन्दी लगायतका कुराहरु हरेक पल उनीहरुको दिमागमा तनावमात्र हुन्छ । उता कलेजमा बिधार्थी भीसा कायम राख्नका लागि क्रेडिट आवर्स पनि कायम राख्न जरुरी हुन्छ ।

नेपालमा देखिएजस्तो बिदेश सहज छैन्, त्यहाँ रहनका लागि कडा मेहनत र धैर्यता जरुरी छ । यदि तपाँई पनि आफ्ना छोराछोरीलाई बिदेश पठाउने सोच्दै हुनुहुन्छ या आफू नै बिदेश जाने सोच्दै हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानमा राख्नुहोस् । अवसर यहाँ पनि कम छैन्, चिन्न जरुरी छ । छोराछोरी बिदेश गएपछि नियमीत सम्पर्कमा रहनुहोस्, कुराकानी गर्नुहोस् र खबर साटासाट गर्नुहोस् ।
आर्थिक कुराको चाप नदिनु नै उचित हुन्छ । सहज जिवन र समृद्धिका लागि मात्र बिदेश जादैं हुनु हुन्छ भने एकफेर सोच्नुहोस् रु
बिदेश त्यो हैन जुन देखिन्छ ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ