Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

कपाल फुल्न सुरु गर्यो ? यस्तो छ कपाल फुल्न रोक्ने घरेलु उपाय

२१ माघ २०७५, सोमबार १५:३५


आजभोलि अधिकांश मानिस तनावमा हुन्छन् । वातावरण पनि उस्तै प्रदूषित छ । जसका कारण युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ ।

मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ । यसरी कपाल फुलेका मानिसले औषधि उपचारका लागि कैयौँ ठाउँ धाउने गरेको पनि पाइन्छ । तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अमला
अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ ।

अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२
खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

नरिवलको तेल
तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ ? यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ ।

नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान