Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

स्वस्थ जीवनका लागि योगा

२२ माघ २०७५, मंगलवार ०७:३०

पुरातन धरातलबाट योगा निकै परिष्कृत बन्दै गइसकेको छ । हामीले आज अभ्यास गर्ने योगा र हजारौँ वर्षअघि गर्ने गरेको योगामा धेरै नै भिन्नता छ । पुरानो समयमा, योगीहरुले मात्र ध्यान गर्दथे त्यो पनि एक्लै र एकान्तवासमा मात्र गर्थे । अहिले अवस्था त्यस्तो छैन् , योगा अब घरघरको जीवनशैलीको पर्याय भइसक्यो ।

अहिले आम मानिसहरुले पनि योगा गर्दछन् र सकभर समूहमा गर्ने गर्छन् । उसबेला योगा भनेको ध्यान र प्रणायम मात्र हुने गर्दथ्यो तर आजकल योगालाई प्राय आसनसँग जोडेर हेर्ने गरिन्छ । पहिले कुनै सामान वा औजारको प्रयोगबिनै योगा गर्ने गरिन्थ्यो भने आजकल विभिन्न किसिमका औजारहरुको प्रयोग गरी योगा गर्ने चलन छ । योगामा यस्तो आमूल परिवर्तन देखिनुको कारण चाहिँ योगा परिष्कृत र बिस्तृत बन्दै गएको भएरै हो । केही व्यक्तिले एकान्तमा गएर गर्ने गरेको अभ्यास अहिले आएर सामूहिक अभ्यास मात्र नभई यो अभियान नै बन्न पुगेको छ । यसमा रहेको मूल जड भनेकै यसमा भएका सकारात्मक क्षमता नै हो । योगालाई सही तरिकाले अघि बढाउँदै लानका लागि, समयसँगै यसमा आधुनिकता ल्याउन जरुरी त छँदै छ तर यसमा भएका पुरातन ज्ञान नै नासेमा सायद यसको औचित्य तथा महत्व नरहला ।
कहाँ छ त योगाको जरो ?
कुनै पनि बिषय वा धारणा वा भनौँ मानिसकै उत्पति कसरी भयो रु हामीलाई यी सबबारे जान्न किन मन लाग्छ रु खासमा यी सबबारे जानकारी लिदा हामीले ती बस्तु, विषय वा मानिसको प्रकृतिबारे तार्किक अनुमान लगाउन सक्ने हुन्छौँ ।
यदि कुनै ज्ञान वा अभ्यासका जडहरुबारे राम्ररी अध्ययन अनुसन्धान भएका छन् र धेरैलाई यसबारे जानकारी छ भने, यस्ता ज्ञान वा अभ्यासहरु बढी उपयोगी र भरपर्दा हुन्छन् । अझ कुनै पनि विचारका उत्पतिहरुबारे पौराणिक किताबहरुमा लेखिएका र पुष्टि भएका छन् भने त्यस्ता बिचारहरुले बढी माने राख्दछन् । यदि कुनै विचारको उत्पति कोही एक व्यक्तिको अनुभवबाट आएको हो वा भनौँ मेरो मात्र अनुभवबाट आएको हो भने, सायद मैले मात्र ती विचारलाई बढी महत्व दिन्छु ।

हाम्रो जन्मले हाम्रो बारेमा धेरै कुराहरु निर्धारण गर्दछ । हाम्रा वंशाणुगत गुणहरुले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य र जीवन हेर्ने तरिकामा असर गर्दछ । जीवनका परिस्थितिहरुले पनि हाम्रो लक्ष्य निर्धारण गर्दछ । हाम्रो पूर्वी अनुभव तथा भोगाइबाट सिकेका कुराहरु संस्कारको रुपमा हाम्रो अवचेतन मनमा रहेका हुन्छन् र सोही सिकाइको माध्यमले नै हामीले हरेक स्थितिमा प्रतिक्रिया जनाउँछौँ । थाहै नपाइ हामीले यस्ता प्रतिक्रियाहरु दिइरहेका हुन्छौँ । हाम्रो अस्तित्व र औचित्यको सार्थकता नै नबुझी जीवन जिइरहेका हुन्छौँ । कहिलेकाहीँ लाग्दछ, जीवन हाम्रो हातमा छैन तर जीवनमा हाम्रा इच्छा र रोजाइ हाम्रै हातमा हुन्छन् । तर, हामीले भिन्न तरिकाले सोच्ने, विचार गर्ने र काम गर्ने निर्णय लिन सक्छौँ । जागरुकता र बोधबिना जिन्दगीका आरोह र अवरोहमा प्रतिक्रिया दिनुभन्दा पनि हामीले सोचविचार गरेर बिवेकको प्रयोग गर्दै जीवन व्यतित गर्न सक्छौँ । मानिसको जीवनको परिवर्तन गर्नका निम्ति जड नै यही हो । योगाको जड पनि यही नै हो ।

जीवनका परिस्थिति र प्रतिक्रियाबीचको यो सम्बन्धबारे जागरुकता जबसम्म हामी जान्न सक्दैनौँ तबसम्म हामीले हामीमा परिवर्तन ल्याउन सक्दैनौँ वा ल्याएको परिवर्तन टिकाउन सक्दैनौँ । यो सचेत प्रयास नै योगको आधार हो । यही प्रयासले नै हामीमा परिवर्तन आउँदछ, बिथोलिएको हाम्रो मनमस्तिष्कले समाधिको बाटो समाउँछ ।एकाग्रता तथा शान्ति प्राप्तिका लागि केही क्षमताहरु हामीमा पैतृक गुणका रुपमा आउने भएपनि, योगामा सफल हुने पाटोमा व्यक्तिगत प्रयास नै मुख्य तत्व हुन्छ । सन्तका छोराछोरी पापी भएर निस्किन सक्छ भने पापीका छोराछोरी सन्त भएर निस्किन सक्छन् । यसका लागि इतिहास नै साक्षी छ । यसकारण योगा पैतृक सम्पत्ति होइन । यो गुरुबाट उनको सन्तानमा निहित हुँदै जाने पनि होइन, जो योगाको भोगी छ उनले नै आफुलाई परिवर्तन गर्ने सामथ्र्य राख्छ ।

योगामा कस्तो शिष्य बन्ने भन्नेमा अनुशासन र विवेकले महत्वपूर्ण भूमिका खेल्दछ ना कि उनी कसका सन्तान हुन् भन्नेमा । परिवर्तन जन्मसिद्ध अधिकार पक्कै होइन । यो प्राप्त गरिने चिज हो, प्राप्तिका लागि मिहिनेत लाग्ने चिज हो । परिवर्तनको राज्यमा पनि जन्मनसाथ त्यहाँको नागरिक हुन सकिँदैन । हामी सब यात्री हौँ र यात्रा भोग्नुपर्दछ ।

अध्ययनकर्ताहरु ए.जी. मोहन तथा डा. गणेश मोहनद्वारा द हिन्दुका लागि लेखेको लेखबाट अनुवादित।

अनुवादक सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटीनबाट शरीरमा पाचनक्रिया पश्चात बन्ने विभिन्न बिकारहरु मध्ये युरिक एसिड पनि एक हो । शरीरमा

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम