
हाम्रो पात्रो अब शिघ्र नयाँ स्वरुपमा आउने
२१ माघ २०७५, सोमबार १४:००
लोकप्रिय
नेपालीजनको इन्टरनेट र प्रविधीको प्रथम अनि समीप साक्षात्कारको कोशेढुङ्खा सावित भएको नेपालको सर्वाधिक डाउनलोड भएको मोवाइल एप्स हाम्रो पात्रो अब नयाँ स्वरुपमा आउने भएको छ । तिथी मिती, समाचार, रेडियो देखि बैदेशिक मुद्रा विनीमय दर, तरकारीका भाउ, मिती परिवर्तन, ब्लग लगायत धेरै सुविधा यस एप्समा छ । यस हिसाबमा ५० लाखभन्दा धेरै नेपाली प्रयोगकर्ताका लागि हाम्रो पात्रो नेपाल नियाल्ने अनि नेपाली सभ्यता र संस्कारको धुकधुकी महसुस गर्ने एउटा साझा थलो भएको छ ।
भर्खरै हाम्रो पात्रोका सञ्चालक शंकर उप्रेतीले फेसबुकमा शेयर गर्नुभएको पोष्टमा हाम्रो पात्रो अब नयाँ स्वरुपमा आउने जानकारी गराइएको छ । नेपालमा हाम्रो पात्रोजस्तो वहुउपयोगी एप्स बनाएर नेपालीजनजनको मोबाइल स्क्रिनमा रहने मोबाइल एप्स हाम्रोका सर्जक शंकर उप्रेती नेपालको प्रविधीजन्य नवप्रवर्तनका लागि नेपालीहरुले सँधै संझना गरिरहने नाम मानिन्छ । हाम्रो पात्रोमा हुने भावी परिवर्तन र परिमार्जनका बिषयमा शकंरको विशेष अध्ययन र नेतृत्व रहन्छ, यसपटकको परिमार्जन पनि सर्वप्रथम शंकरकै वालवाट शेयर गरिएको हो ।
यस एप्सले निकट भविष्यमै आफ्नो स्वरुपमा परिवर्तन गर्दै केहि नयाँ फिचरहरु थप्ने भएको छ । एप्सको भित्रि पात्रोहरुको रंग अनि केहि नयाँ र उपयोगी फिचरहरु थपिने जानकारी छ, अब आउने फिचरहरुमा हरेक दिनको कामको नोट राख्न सकिने फिचर पनि रहेको छ । यस्तो हुँदा प्रत्यक दिन आफूले गर्ने भनिएको काम र तालिकालाई हाम्रो पात्रोमा राख्न सकिने र आफूलाई ब्यस्तताका बिच थप सहज र उत्पादक बनाउने कार्यमा हाम्रो पात्रोले प्रयोगकर्ताहरुलाई सहयोग गर्ने निश्चित छ ।
अंग्रेजी नेपाली डिक्शनरी लगायत नेपालका हरेक ट्रेन्डिगं कुराहरु हाम्रो पात्रोबाटै थाहा पाउने भएकाले मोबाइलमा हाम्रो पात्रो भएपछि नेपालको एउटा टुक्रा अरबको मरुभूमिमा पनि आफुसंग भएको अनुभव हुने दुबईबाट निर्मल घिमिरे बताँउदछन् । स्थानीय रेडियो पनि अनलाइन मार्फत सुन्न सक्ने भएकाले आफू विश्व र गाँउ दुबैसंग जोडिन सकेको हाम्रो पात्रो प्रयोगकर्ताहरुको ठम्याई छ । हाम्रो पात्रोलाई नयाँ स्वरुपको शुभकामना । यद्धपी कहिलेबाट नयाँ स्वरुपमा पात्रोलाई प्रयोगकर्तासमक्ष ल्याउने भन्ने दिनको चाँही ठम्याई हाम्रो पात्रोबाट आधिकारीक रुपमा आउन बाँकी छ ।
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । पीएसएल खेल्न सन्दीप
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ ।
काठमाडौं- केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले प्रचण्ड-नेपालका अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तर्संवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक