Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

क्याप्टेनको कार्यक्रममा अनमोलकै अगाडी सुनिल थापाले भने “रणवीर” फिल्म बलिउड स्तरको छ , हेर्नुु

२१ माघ २०७५, सोमबार १५:००


गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले फिल्मको मेकिङको चर्चालाई बाहिर ल्याएको हो । फिल्म हेर्ने अधिकाँसले यसको तारिफ गरेका छन् । साउथ इण्डियन फिल्मनगरीमा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार फिल्मले त्यस्तै स्वाद दिने प्रतिक्रिया आइरहेको छ । फिल्मलाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरह्दा नै गत शुक्रबार राजधानीमा आयोजित क्याप्टेन ट्रेलर रिलिज कार्यक्रममा सुनिल थापाले पनि दिल खोलेर तारिफ गरे । प्रिमियरमा फिल्म हेरेका सुनिलले फिल्मको स्तर बलिउड बराबरको रहेको बताए ।

‘फिल्म निकै राम्रो बनेको छ , यो बलिउडको ए ग्रेडको फिल्म झैँ लाग्छ’ उनले भने ‘फिल्म हेर्नुस र फिल्मको बारेमा बोल्नुस , यस्ता फिल्मले हाम्रो स्तर बढाउछ ।’ उनले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा ‘मेरिकोम’ मा काम गरेका थिए । फिल्ममा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका