कुसुमको अनलाईन डेट


कुसुम नाम परिवर्तन सुनसरी जिल्लामा बस्दछिन् । अविवाहित उनी फेसबुक र मेसेन्जरमा निकै सक्रिय र त्यहाँ धेरै साथी भएकी आईडी चलाउछिन् । कुराकानी अनि फेसबुक चलाउने क्रममा एकजना राम्रो अनुहार भएको साथीको रिक्वेस्ट आयो । उनीहरु साथी भए र दिनँहुजसो उक्त आइडीका साथीसंग कुरा हुन थाल्यो । वडो मज्जाको र प्रेमपूर्ण कुरा हुँदै जाँदा कुसुक उक्त आइडीका प्रयोगकर्तासंग नजिक भइन्, दैनिकी नै ति मान्छेसंग या भनौं यूजरसंग कुरा नगरि नबित्ला जस्तो हुन थाल्यो । ति प्रयोगकर्ताले कुसुमलाई कुरा अनि विचारबाट यति सम्म प्रभाव पार्दै गए कि कुसुम मनमनै तिनलाई आफ्नो दिल नै दिने सम्म भइसकेकिथिइन् ।

अनलाईन त्यस धरातल हो जहाँ देखाउन चाहेका कुराहरु मात्र देखिन्छ । यथार्थका खुराकहरु अनलाईनका माकुरे जालहरुमा बुनिने गरिँदैनन् । अनलाईनको भाषा सबैले बोलेका छन् तर कसैले यस भाषा सिकाँउदैन्, तपाईले आफ्नो स्वविवेक अनि ज्ञान प्रयोग गरेर आफ्नो अनलाईन समबन्ध या परिपेक्ष्य स्वयम निर्धारण गर्नुपर्नेछ । नत्र आजभोली नराम्रो देखिन छाडिसके, अनलाइनमा । राम्रा तस्वीरहरु फिल्टर प्रयोग गरेर , लाइट मिलाएर र पोजिशन मिलाएर राखिन्छन् अनि लाग्छ कि आजभोली नराम्रा या कम राम्रा कोही छैनन् । अनलाइनमा नराम्रो देखिन पाप हो र ? सबैजना छाँयाको भ्रममा छन् । अनलाइनमा सबैजना राष्ट्रप्रेमी, कवी, दार्शनिक वैचारीक अनि भविष्यवेत्ता देखिन्छन् अनि वाटावाटामा फोहोर फाल्दै र दुई रुपैयाँमा पनि ठग्दै हिडिदिने पनि हामीहरु मध्य नै छौं ।
अनलाईनमा मान्छेहरु भूत झैं हुन्छन् कहिलेकाँही । बोल्यो, लाइक्स अनि कमेन्ट गर्यो, आफ्नो बनायो तर कुनै समयमा जब आफूलाई त्यो यूजर या फ्रेण्ड अत्याधिक चाहिएको हुन्छ तब उ भूत भईदिन्छ । घोस्टीगं अत्याधिक कमन छ, अनलाईन कल्चरमा । आखिर एउटा अनलाईन प्रयोगकर्तालाई अर्को अनलाईन प्रयोगकर्ता संगको समबन्धको लचिलोपना र दिर्घायूपना कायम गर्न कुनै नियम या सामाजिक बन्धन पनि त छैन ।

कुसुमका साथी विदेशमा रहेको भनेंकाले दुइजना बिच भेटघाट त भएन तर भेट्ने पायक मौकाको खोजिमा दुबैजना थिए । सुस्तरि उनीहरुले आआफ्ना भिडियो, गोप्य कुराहरु अनि अत्यन्त गोप्य तस्वीरपनि शेयर गर्न थाले । कुसुमले भर्चुअल संसारलाई यति अपनत्व दिइन कि क्रमश अब त्यो प्रयोगकर्ताले कुसुमका ति तस्वीरहरु राखेर धम्क्याउने गर्न थाल्यो । थप तस्वीर र भिडियो नपठाए इन्टरनेटमा अरु तस्वीर र भिडियोहरु लिक गर्ने पटक पटकको चेतावनी पछि कुसुम आजित भएर अनि डराएर प्रहरीको शरणमा पुगेकि छिन् । कुसुमको बिषयको अनुसन्धान भइरहँदा हामीले पनि भर्चुअल संसारसंगको नाता र सिमालाई परिभाषित गर्ने समय आएको छ, कुसुम एउटा पात्र मात्र हुन तर यस्ता कथाहरु घरघरमा दोहोरिएको हामी पाँउदछौं । अनलाइन डेटहरु हानीकारक छन् र यसका नकारात्मक अनि जोखिमपूर्ण पाटाहरु हाम्रा केटाकेटीलाई थाहा छ त?

हाटबजार जाँदा, मेलापातमा अनि गोठालो जाँदा लुकामारी गर्दै अनि दशक अघिसम्म पत्रमित्रता मार्फत प्रेमील भेट अर्थात डेट गर्ने नेपाली चलनहरु अहिले आएर नयाँ पुस्तामा अनलाईन डेट तर्फ अघि बढिरहेको छ । हुन त ठुलाठुला नेपाली शहरहरुमा पनि अनलाईन डेटलाई उत्ति सहजताका साथ लिइएको छैन तथापी अनलाईनमा साथी अनि प्रेम खोज्ने नेपाली प्रयोगकर्ताहरुको जमात भने ठुलै छ । कति समाचार त हामीले पढेकै छौं नि, अनलाईन मार्फत समबन्ध बिस्तार गरेर ठगी गरेका अनि अनलाईन लाहुरेहरु अफलाईनमा चाउरे अनि दाउरे भएका भन्ने बिषयमा ।

जे होस्, भर्चुअल संसारमा असिमीत मित्रता अनि प्रेमका बिकल्पहरु भने छन् । अनलाईनमा समाज अनि भौतिक परिपेक्ष्यलाई बाइपास गरिन्छ, मान्छे आफ्नो ईच्छा र चाहनाले अनलाईन चौतारीमा आँउदछ र आफ्नै ईच्छाले निस्क्न्छ । एकदिन अघिको हल्लाखल्ला अर्को दिन शुन्यतामा पुग्दछ अनि शुन्यता चिर्ने कुनै खासै आधार पनि हुँदैन् । संगै काम गर्ने एकजना केटी अफिसमा बोल्दा लजाँउछिन अनि यसरी व्यबहार गर्छिन कि मानौं हामी एकअर्कालाई चिन्दैनौं । तर हरेक साँझ उनी जब अनलाईनमा शुरु हुन्छिन तब राती १२ सम्म उनी रोकिने नाम लिन्नन् । म उन्को जिवनको एउटा रहस्य हुँ, उनी अनलाईनमा त्यस रहस्यको समीकरण खोल्छिन तर अफलाईनमा उनी शुन्यतामै छिन् । यसक्रमलाई स्ट्यासीगं भनिने रहेछ, सामाजिक जिवनको भौतिक उपस्थितीलाई स्ट्यासीगं एउटा चुनौति नै हो, मान्छे २ चरित्र देखाँउदछन् । रातभरि मेरो पेट दुखाईका लागि शव्दका आँशु बगाउने उनी दिँउसो आमनेसामने मा चुप रहँदा उनको पाखण्डीपनाको यो चरित्रलाई म अनलाईनको नाम दिन्छु ।

केही हराएका अनलाईन साथीहरु कहिलेकाँही फेरि यसरी प्रकट हुन्छन कि मानौं उनीहरु कहिले हराएकै थिएनन् । लाग्छ समुन्द्रमा हराएको पन्डुबी फेरि सतहमा निस्केको छ । अनलाईनले मान्छे हराउने र भेटाउने काम गर्दछ । अनि जब म अनलाईनबाट दिक्क मानेर चियापसलमा साथीहरुसंग कुरा गर्न पुग्दछु तब प्रत्यक्ष जिवनमा पनि अनलाईनको भूत देखापर्दछ । हामी भेटघाटमा आफूसंग कम मोबाईलसंग धेरै बोल्दछौं । छेउको मान्छेलाई चिया कालो खाने कि सेतो भनेर सोध्न मोबाइल खोलेर म्यासेन्जरमा टेक्सट नै गर्न पर्दछ नत्र उ त्यहाँ भएर पनि मोबाइलमै त हुन्छ ।

अनि कोही हुन्छन् धमिलो पानीमा माछा मार्ने, राम्रो प्रोफाईल फोटो र केही कपीपेस्ट अग्रेंजी शव्दका आधारमा उनीहरु ठूला माछाको खोजिमा हुन्छन् । ति प्रयोगकर्ताहरु त्यस्तो छवी बनाँउदछन जून उनीहरु बास्तवमा १० प्रतिशत पनि हैनन् । यो त झन घिनलाग्दो मनोसामाजिक मनोवृती हो । उनीहरु लभका बमलाई सबैमाथि बिष्फोट गर्दछन् र लाग्दछ अनलाईनमा शायद लभका चिठ्ठा परिरहेछन् ।
सोच्छु, कहिले मान्छेहरु यस्तो व्यबहारवाट थाक्ने हुन् रु भौतिक भेटघाट अनि स्पर्श मान्छेको संवेदनाको आधार हो । अनलाईनले आँशु पुच्दैन्, शव्दहरुले टाईप गरेर प्रत्यक्ष बोलीको झैं यथेष्ट भाव कहाँ बोक्न सक्दछन् त ? यहाँ मान्छेहरुको गोडा भन्दा औंला थाक्न थालेका छन्, टाईप गरेर भावना बगाउने क्रममा थाकेका औंलाहरुले के को वयान गर्दछन् ? एक्लोपना या प्रविधी ?

छाँयासंग हैन बास्तविकक्ता संग समबन्ध गासौं, अनलाईन डेटमा आशक्ति हुनु हानीकारक हुनसक्छ ।
कुसुमको अनलाइन डेटबाट हामीले धेरै कुराहरु सिक्न पनि छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...