पाकिस्तानमा निशुल्क स्वास्थ उपचार


नेपालमा स्वास्थ उपचारको विषयमा दशकौं देखि समस्या छ अनि जनस्वास्थको बिषयमा सरकार र सत्ताको उदासिनताले न्याय दिन सकेको छैन् । डाक्टर केसी ले अनशन भर्खरै तोडेका छन्, गण्डकी मेडिकल कलेजमा तालाबन्धी छ अनि अन्य अस्पताल र स्वास्थ प्रदायक संस्थाहरुमा त्यस्तै झमेला र प्रक्रियागत अफ्ठेराहरु छन् । नेपालमा स्वास्थ सुबिधा सुलभ छैन्, स्वास्थोपचारका लागि सरकारी र निजी खर्चमा बिदेश जानेको लाइन र सूची पनि निकै लामो छ ।

तर गर्दा के नहुने रहेछ त ? पाकिस्तानमा नयाँ प्रधानमन्त्री अनि पूर्व क्रिकेटर इमरान खानले भर्खरै निशुल्क स्वास्थोपचारको प्रावधान घोषणा गरेका छन् । अबउप्रान्त पाकिस्तानका १५० ठूला सरकारी अस्पतालले बिशिष्ट उपचारहरु जस्तै मष्तिष्क शल्यक्रिया, क्यान्सर र हृदयरोगको एन्जीओप्लाष्टि गरेर मुटुको नलीमा स्टेन्ट हाल्ने कार्यसम्म पनि निशुल्क गर्ने भएको छ । पाकिस्तानको राष्ट्रिय रेडियो प्रसारणका अनुसार फेब्रुअरी ४ बाट लागु हुने गरि अगं प्रत्यारोपण बाहेक अन्य सुविधाहरु निशुल्क हुने जानकारी गराएको छ ।
यस्का लागि नागरीकहरुले शेहत इन्साफ कार्ड लिनुपर्ने हुन्छ, उर्दु भाषामा शेहतको अर्थ स्वास्थ र इन्साफको अर्थ न्याय हुन्छ । प्रधानमन्त्री इमरानका अनुसार यस्ता कार्डहरु पहिले राजधानी ईस्लामावाद अनि केहि मोफसलका ठाँउहरु हुँदै देशैभरि बितरण गरिनेछ । यस्ता कार्डहरु गरिबीका रेखामुनीका ८ करोड नागरीकलाई दिने प्रावधान भएको स्वास्थ मन्त्री आमीर कियानीले जनाएका छन् । यसो गर्दा १ करोड ५० लाख परिवार लाभान्वित हुने देखिन्छ ।

अर्को रोचक कुरा त के हो भनें यस्ता कार्ड लिन आउने मान्छेहरुलाई यातायात खर्च र प्रत्यक पटकको अस्पताल भ्रमणमा रु १ हजार दिने निर्णय गरिएको छ । एउटा परिवारलाई करिब ७ लाख २० हजार बरावरको उपचार खर्च परिआएको समयमा भाग लगाइएको स्वास्थ मन्त्रीले जनाएका छन् । पाकिस्तानको यस कदमबाट नेपालले पनि केहि सिक्ने कि ?
स्वास्थ माफियाहरुको जालोबाट सरकार उम्कन पहिले त पाकिस्तान सरकारले त्यस्ता भ्रष्ट नेतृत्वहरुलाई पदच्यूत गरेको अनि तठस्त र जनता केन्द्रित प्रावधान ल्याएको एजेन्सीहरुको बिष्लेषण छ ।

लाइभमाण्डु


Loading comments...