
क्रिप्टोकरेन्सीको पैसाको पासवर्ड पत्ता लाग्ला त ?
२३ माघ २०७५, बुधबार ११:२०
क्यानडी क्रिप्टोकरेन्सीको सीईओ गेराल्ड कटन केवल ३० वर्षका थिए, उनको कम्पनी क्वारडिका सीएस मिलियन अमेरिकी डलरको लगानी छ । उनी क्रोन डिजेज नामक आन्द्राको सुन्नीने समस्याले ग्रस्त थिए र केहि दिनअघि भारतमा उन्को मृत्यु भयो । चलचित्रको संवाद र घटनाक्रम झैं उनको मृत्युले क्रिप्टोकरेन्सी क्वारडिकामा गरिएका अरबौं लगानीको भविष्य अन्योलमा पारेको छ । अब त्यस ब्लगचेन अन्तर्गत राखिएका पैसाहरुको एड्मीन पासवर्डका बिषयमा रहस्यमय रुपले पर्दा लागेको बताइन्छ । उनी भारतमा एउटा अनाथालय र सामाजिक कार्यका लागि आएका थिए तर उन्को दु:खद अन्त्य भारतमा भएको मिडियाहरुले र उन्कै कम्पनीको आधिकारिक फेसबुक पेजले जनाएको छ ।
उनको कम्पनीले सिईयोको मृत्युपछि नोभा पुप्रिम कोर्टलाई पासवर्डका कारणले भएका वित्तिय समस्याबाट आफ्ना ग्राहकलाई समस्या पर्न नदिन आवश्यक कदम चालिमाग्न आव्हान गरेको छ । गेराल्डले ह्याकिगं रोक्नका लागि अफलाइन राखेर आफूले मात्र पासवर्ड होल्ड गरेको बताइन्छ, उक्त कम्पनीमा १९० मिलियन डलरको लगानी रहेको बताइन्छ । उनकी पत्नीले भनें आफूलाई यसबिषयमा पतीले केहि नबताएको जनाएकी छिन् । गेराल्डले होल्ड गरेको पासवर्डभित्र एउटा पब्लिक कंप्यूटरमा २६ हजार बिटकोइन, ११ हजार बिटकोइन क्याश र २६ हजार लिटकोइन र ४ लाख ईथर को मौज्दात रहेको बताइन्छ । उनले प्रयोग गर्ने ल्यापटप इन्क्रिप्ट गरिएको र खोल्न असंभव रहेको बताइन्छ । पासवर्ड बिना ति रकमहरु त्यसै इन्टरनेटको संसारमा विलाएर जाने त हैनन ?
क्रिप्टोकरेन्सी व्यबस्थापनमा एउटा नयाँ चुनौती गेराल्डको असामहिक मृत्युले जनाएको छ । केहि षडयन्त्रकारी बिचारधाराका वक्तव्यहरु मान्छेहरुले जारी गरेका छन् र भनेका छन कि गेराल्डको मृत्यु एउटा षडयन्त्र र रकम पचाउने दाउ हो भनेंर । आखिर उनी त्यस्तो धेरै बिरामी थिए भनें किन भारत जान्थे त ? बिना कुनै लक्षण ३० वर्षका गेराल्डको असामहिक मृत्यु होस् या हत्या तर अरबौंको पैसो भएको ब्लगचेनको अकाउन्टको पासवर्ड उन्को मृत्युसगैं हराएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग