जाडोका घरेलु उपचारहरु


पुस फासफुस भन्ने भनाई हामीलाई धेरै सुनेका छौँ । अब हिँउदका दिनहरु छोटा भए भने रात लामा छन् । चिसो मौसमले हामीलाई धेरै प्रकारले असर गरेका छन्, घाम प्यारा लाग्नथालेका छन् अनि सिरक र सुईटर अनि ज्याकेट भित्र हामी गुडुल्किन थालिसक्यौ, हैन त ?
नाकबाट पानी चुहिरहेका, रसिला आँखाहरु, सिंगाने र नाके बोली, सुख्खा खोकी, टाउको दुखाई, ज्वरो अनि अन्य चिसोपनाका असरहरुका दिनहरु हामी माझ छन् । आउनुहोस यी सम्पूर्ण असरहरुबाट हामी घरेलु रुपमै कसरी बच्ने भनेँर छलफल गरौँ, हाम्रो पात्रोका प्रयोगकर्ताहरुको दीर्घायु र सुस्वास्थ्यका लागी सर्मपित यो कोसेली ।

१, आफ्नो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनुहोस्
जाडोको समयमा हामी आफ्नो शरीरको रोग प्रतिरोधात्मक र संक्रमण प्रतिरोधात्मक क्षमताका बारेमा बिशेष ध्यान दिन सक्षम हुनपर्दछ ।
भिटामीन सी प्रसस्त भएका खानेकुराहरु र मुख्यतया फलफूलहरु जस्तै कागती, सुन्तला, अमला, टमाटर, अम्बा, अगुंर, व्रोकोली, भेडे खोर्सानी र किवीहरुको सेवन गर्न जरुरी छ ।

२, खुल्ला श्वासप्रस्वास प्रक्रिया
जाडो याममा हामीलाई नाक थुनिने, एउटामात्र नाकबाट श्वस फेरिने समस्या हुन्छ तर याद गरौँ न हाम्रा आमा, हजुरआमाहरुले तातो तातो झोल र सुपहरु खुवाएर हाम्रो बन्द नाकलाई खोल्ने घरेलु तरिकाहरु लाई, जाडोमा श्वासप्रस्वासलाई खुल्लाराख्न तातो खानेकुराहरु खान एकदमै जरुरी छ । धेरै चिया या कफि भन्दा पनि हरियो चिया अनि मनतातो पानीको सेवनले फाईदा पु¥याउँछ है अनि हल्का मात्रामा पिरोपिरो खोर्सानीजन्य सुपको नियमित सेवनले फाईदा र शरीरको तापक्रमलाई पनि कायम राख्दछ ।

३, लसुनको सेवन
हिँउदमा लसुनको नियमित सेवन अत्यन्तै प्रभावकारी हुन्छ, लसुनले श्वासप्रश्वास अनि पाचन प्रक्रियालाई पनि सहज गराँउदछ । आँखा र नाकबाट पातलो पानी बग्ने समस्या भएकाहरुलाई लसुनको प्रयोगले तुरुन्तै आराम दिन्छ । लसुनको मात्रै सेवन गर्दा खेरि श्वासमा लसुनको गन्ध आउने हुन्छ तसर्थ लसुनलाई प्रसस्तमात्रामा खानेकुराहरुमा लसुन हालेर खाने गरेमा जाडोयामका धेरै समस्याहरुबाट मुक्ति पाईन्छ ।

४, अदुवाको सेवन
लसुनजस्तै अदुवा पनि अत्यन्त प्रभावकारी कुरा हो, जाडोमा हामीमध्य धेरैलाई घाँटी दुख्ने अनि टन्सिलाईटीसको समस्या हुने गर्दछ । अझ चिसो समयमा मोटरसाईकल चलाउनेहरुलाई त झन दिनैजसो यो समस्या हुन्छ । अर्कोतर्फ बोलिरहनुपर्ने पेशा जस्तै शिक्षक, मिडियाकर्मी अनि गाडीहरुमा कार्यरत साथीहरुलाई घाँटी दुख्ने समस्या धेरै हुन्छ । बिभिन्न सर्वेक्षणहरुका अनुसार लामो समयसम्म घाँटीदुख्ने समस्या भएमा मुटुमा पनि समस्या हुनेभएकाले यस प्रति धेरै सबंदनशील हुन जरुरी छ । अदुवाको नियमित सेवन गर्नकालागी तरकारिहरुमा प्रसस्त अदुवा हालेर खाने, अदुवा चिया खाने र तातोपानीमा अदुवा हालेर खान पनि सकिन्छ । अदुवाले घाँटी र श्वासप्रश्वास सबैलाई सहज राख्दछ ।

४, चिनी र गुलियो कुराको कम प्रयोग
चिनीको धेरै सेवनले हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता कम गर्दै भाईरसहरुलाई प्रश्रय दिनेगर्दछ । जाडोमा धेरै चिया खाने बानी गरिएमा चिनीको पनि चियासँगै धेरै सेवन हुनजान्छ र बेफाईदा पु¥याउँछ ।

५, ओ मेघा ३ भएका खानाहरु बढी सेवन गर्ने
ओमेघा ३, हाम्रो शरीरलाई नभई नहुने तत्व हो, फ्याटी एसिड भएका खानाहरु जस्तै माछा, आलस र ब्रोकोलीहरु सेवन स्वस्थ्यवर्धक रहन्छ ।

६, खानपिनको धार परिवर्तन गर्ने
धेरै प्याकेटका खानेकुरा भन्दा पनि फाईबर र रेसाधेरै भएका खानेकुराहरुको सेवन र प्रसस्त पानी सेवन जरुरी छ । प्रशोधित कुराहरु भन्दा पनि पूर्ण अन्नहरुको अत्याधिक सेवन गर्नुहोला, फलफुल, तरकारि र प्रोटीन धेरैभएका खानाहरु खानुहोला ।

७, घुमफिर
सामान्यतया नेपाली समाजमा चिसोका बेला बाहिर निस्कियोभने चिसोले समात्ने, ज्वरो आउने धारणा छ तर त्यो सही हैन् । चिसो वातावरणले चिसो लाग्ने हैन तर चिसोमा ब्यबस्थितरुपमा शरीरको ख्याल गर्न नसकेमा चिसोले समात्दछ् । बाहिर निस्कन र घुमघाम गर्न डराउन पर्दैन तर सोही अनुसार पहिरन र खानपिन हुनपर्दछ ।

७, दैनिक ब्यायाम
दैनिक रुपमा हल्का ब्यायाम र कसरत गरेमा शरीरमा स्फूर्ति र प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

८, पर्याप्त निन्द्रा
दैनिक रुपमा ८ घन्टा सुत्न जरुरी छ, बेलामा सुत्ने र उठ्ने गर्न जरुरी छ ।

यि कुराहरु अपनाएर आफूलाई चिसोबाट जोगाउनुहोला, धुम्रपान अनि मधपानले हानी पु¥याउँछ भन्ने हामीसबैलाई थाहै छ, हैन र ?
आफ्ना खाना अनि भान्साहरुमा माथी उल्लेखित कुराहरु लगेर जाडो मैत्री खाना खानुहोला, सुस्वास्थ्यको कामना

लाईभमाण्डु


Loading comments...