
अँध्यारो यूगका उज्याला कुलमानः अन्तरवार्ता
२४ माघ २०७५, बिहीबार १७:४५
बिजुलीको समस्या नेपाली समाजको लागि निक्कै पुरानो र प्रमुख थियो । १६ देखि २२ घण्टा सम्म लोडसेडिङ भोगेका नेपालीहरुले त सायद लोडसेडिङबाट मुक्ति सम्भव पनि छ भन्ने कुरा सपनामा पनि सोच्नसक्ने अवस्था थिएन । तर यो वर्ष कसैले अनुमान नै नगरेको अवस्थामा तिहारदेखि उपत्यकाबाट लोडसेडिङ मुक्त अभियान सुरु भयो । अत्यन्त सहज तरीकाले नेपालबाट हाउगुजी बनेको लोडसेडिङ निर्मूल हुन लागेको विषय सम्पूर्ण नेपालीहरुको लागि सबैभन्दा ठुलो खुशीको समाचार बन्न पुग्यो ।
सङ्गै देशमा यति लामो लोडसेडिङ लम्ब्याएर देशमा केहिको इशारामा पोषिएका उर्जा माफियाका अनुहारहरू पनि जनताले देख्न पाए । त्यस्ता अनुहार खोज्न यति सहज थिएन, सम्बन्धित मन्त्रालय, प्राधिकरण प्रमुख अनि नेपाल प्रहरीका केही नायकको पहलमा रातपरेपछि सल्बलाउने बन्द बिजूलीका खलपात्रहरू रङ्गेहात समातिन थाले । न कुलेखानी सुक्यो, न प्रमुख स्टेशन, सव-स्टेशनमा प्राविधिक गड्बडी…. बिजूली बल्न थाल्यो । अँध्यारो टुकी यूगमा विदेशी भूमीबाट अर्बौको ब्याट्री तथा इन्भर्टर थुप्रिने नेपालमा उज्याला कुलमानले एउटा हर्षको शंकेत गरे ।
हिँउदमा बिजुलीबत्ति नहुँदा बत्तिको आउने जाने तालिका हेर्दै, मैनवत्ति र इन्भरटरसंग पौंठेजोरी खेल्दै नेपालीहरुले धेरै हिँउद बिताएका छन् । ठूलो शहरमा सानो टुकी अनि मैनवत्तिको र अन्य उर्जा विकल्पका धेरै व्यापार भएको विगतका वर्षहरु भन्दा अब केहि फरक छ । अब हिँउद लागेपछि व्यबसायहरु बिजुली नभएर बन्द भएका छैनन्, तालिका नहेरि खाना पकाउन अनि पढ्न नेपालीहरुले पाएका पाएकाछन् । नेपाल अबल लोडशेडिगं मुक्त भएको छ र यो रुपान्तरणको श्रेय समग्र नेपालले एकजनालाई दिएको छ । प्रस्तुत छ अँध्यारोको यूग चिरेर उज्यालो नेपाल बनाउन सफल कुलमान घिसिंगसंग लाइभमांडूका सहकर्मी सुरेन्द्र बजगाईले गरेको कुराकानीः
तपाईँले के काम गर्नु भयो जसकारण बर्षौ देखि रहेको लोडसेडिङ हटाउनु भयो ?
मैले करिव २४ वर्ष यहि क्षेत्रमा काम गरे, कामसंगै विद्युतको ब्यबस्थापन सम्बन्धि काममा पनि राम्रो ज्ञान राख्ने भएको कारण मलाइ काम गर्न सहज भयो । विद्युत प्राधिकरणमा टेक्निकल एक्सपर्टीजको मात्र हैन ब्यबस्थापनको पनि राम्रो भूमिका पनि उति नै राम्रो हुनुपर्दछ । सबै किसीमका कर्मचारी भएको यस सस्थामा दक्ष जनसक्ति हायर र राम्रो प्रतिफल दिन नसक्ने कर्मचारी फायर गर्न सक्ने ममा छैन । यहि भएको कर्मचारीलाइ ब्यबस्थापन गरेर राम्रो प्रतिफल दिनुपर्ने भएको कारण केहि समस्या त भयो तर बिस्तारै उचित मान्छेलाइ उचितकामको नेतृत्व दिएर काम गर्दै छौ । बिजुली चुहावट नियन्त्रण गर्नु ठुलो समस्या थियो त्यो कुरा बिस्तारै न्यून हुदै छ । प्राधिकरणका दुइ जना कर्मचारी सरुवा गर्नु पर्यो भने पाचवटा कर्मचारी यूनियनलाइ सोध्नु पर्ने अवस्था थियो । प्राधिकरण भित्र चेन अफ कमाण्ड मेन्टेन गर्न नसक्नु पनि एउटा समस्या थियो । त्यसै कारण विद्युत प्राधिकरण घाटामा जादै थियो । म आउनु भन्दा पहिला नौ अर्व घाटामा भएको प्राधिकरण म आएको वर्ष डेढ अर्व नेट फाइदामा आयो । मेरो काम सुरु गरे संगै लोडसेडिङ मात्र हैन प्राधिकरण आर्थिक रुपमा पनि सक्षम बनेको छ ।
एउटा मिटरबक्स लिनको लागि लालपुर्जा आवस्यक थियो जसकारण सुकुम्बासीले बिजुली बाल्न नसक्ने समस्या थियो यसको समाधान कसरी हुदैछ ?
अहिले नेपाली नागरिक सबैले बिजुली बाल्न पाउँछन् । सायद् पहिला बिजुली व्यवस्थापनमा समस्या भएको कारण उक्त समस्या देखिएको हो । अहिले मिटरको लागी परेको निवेदन परेको सात दिन भित्र मिटर दिने ब्यबस्था छ । पछिल्लो दुइ वर्षमा करिव दुइलाख भन्दा धेरै ग्राहक बनाएको छौ । अबको ५ वर्षमा नेपालका सबैघरमा बिजुलीको सुबिधा पुर्याउने अठोटका साथ अगाडी बढ्दै छौ ।
अहिले नेपालमा मात्र हैन बंगलादेशमा बिजुली बेच्ने कुराहरु सुन्दै आएका छौ । नेपालमा नै उक्त बिजुलीबाट उद्योग धन्दा चलाउँदा देशको अर्थतन्त्र राम्रो हुन्थ्यो होला नी ?
नेपालमा नै बिजुली खपत कसरी धेरै गराउने भनेर हामी अध्यन गर्दै छौ । अहिले इलेक्ट्रिक भेकलको प्रयोग बढाउने भनेर अध्यन गर्दै छौ । प्रति युनिट बुजुली दस रुपया बेच्नु भन्दा यहि नै उद्योगधन्दामा खपत भयो भने नेपालको जी.डी.पी ग्रोथमा सय रुपैयाँ बढी आउँछ । नेपालमा प्रयोग गरेर बाकि रहेको बिजुली मात्रै बेच्ने कुरा हुँदै हो । विद्युत बंगलादेशमा मात्र हैन हामीले रिजिनल मार्केट बनाउँदै छौं । विद्युतको माग सबै समय समान हुँदैन उच्चमाग भएको समयमा बाहिरको बिजुली लिने र कम माग भएको समयमा मात्र बेच्ने तयारी हुँदै हो ।
अहिले पनि उपभोक्ताले मिटरबक्स लिनको लागी झन्झट बेहुर्नु पर्यो भन्ने सुनिन्छ यसको समाधानको लागी के हुदै छ ?
यो हाम्रो धेरै पहिले देखिको समस्या हो । मिटर छैन भन्ने र सिफारिस गर्ने मानिसले पनि नाजायज काम गर्न खोज्नेलाइ हामीले निरुत्साहित गर्दै छौ । निवेदन परेको ७ दिन भित्र सिंगल फेज मिटर दिने र ३० दिन भित्र थ्री फेज मिटर दिने नियम बनाएर कार्यन्वयन गर्दै छौ । प्राधिकरणको कर्मचारीले नाजायज फाइदा उठाउन खोजेको थाहा पाउने बित्तिकै उसलाई पनिसमेन्ट दिन्छौ ।
अव्यवस्थित नांगो ताराको कारण मानिसहरुको ज्यान गएको सुन्नमा आइरहन्छ, यसको समाधानको लागी के तयारी हुदै छ ?
अहिले सेफ्टीको विषय गम्भीर रुपमा उठेको छ । नेपालले मात्र हैन विश्वका विकसित देशहरुले पनि अझै यो समस्याको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले सबै ठाउमा अन्डरग्राउण्ड बनाउन आर्थिक भार धेरै पर्छ । तर हामी कभार्ट कन्डक्टर प्रयोग गर्दै छौ । हाइ भोल्टेज प्रसारण हुने नाङ्गो तारको मुनी बस्ती बसाइनु पनि ठुलो समस्याको रुपमा लिएको छौ । जसकारण भविस्यमा पनि यस्ता समस्या आइपर्ने देखेका छौ । अन्डरग्राउन्ड लाइन बिस्तारको लागी पनि टेन्डर खुल्दै छ गएको नेपाल विद्युत प्राधिकरण
तपाइँको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले जुन फड्को मारेको छ नेपाली राजनीतिमा पनि यस्तै कुराको खाँचो छ । केहि सोंच्नु भएको छ राजनीतिमा प्रवेश गर्ने र समग्र देशको नै बिकास गर्ने ?
मैले अहिले सम्म राजनीतिमा प्रवेश गर्ने सोंच बनाएको छैन । अहिले म आफ्नो फिल्डमा के गर्न सकिन्छ त्यहि गर्दैछु ।
मूलुकलाई लोडसेडिङ मुक्त गर्न आफ्नो ज्ञान र व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका घिसिङ यो पुस्ता यो युगका देशवासीले अत्याधिक रुचाएका व्यक्तित्व हुन् । देशको प्रमुख समस्या निर्मुल पार्ने प्रयासमा रहेका यी नायकको हरेक पाइलाहरु नेपाल तथा नेपालीको सेवाको हरेक बाटोमा लागिरहोस् । यिनको कार्य कुशलताले जति सफलता हात पार्छ त्यति उज्यालो हुनेछन् नेपाली घरहरू । हरेक नेपालीको तर्फबाट शुभकामना छ उज्याला “कुलमान” ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,