Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कथा : उसले देखेको सपना

२७ माघ २०७५, आईतवार १९:१५

लोकप्रिय

शैलेस र विनिताको भेट काठमाण्डुमा भएको थियो उनीहरु त्रिचन्द्र कलेजमा पढ्छन ।
शैलेस सुर्खेतबाट पढ्ने सिलसिलामा काठमाण्डु आएको हो विनिताले पहिलो पटक शैलेसलाइ कलेजमा देखेकी हो सुरुमा त उस्ले खासै मतलब गरेकी थिइन तर जब उसले शैलेसको आर्टिकल कान्तिपुर पत्रिकामा पढी तब उसले शैलेसलाइ मन पराउन थाली उ एउटा कुसल लेखक थियोे विनिता आमा संगै गौशालामा बस्छे उनीहरुको बाबू उ सानै हुदा बितेका हुन उस्ले बाबुको माया त पाउन सकिन तर आमाको माया भने पाएकि थिइ उस्कि आमा उस्को शिक्षाकै लागि गाउँ छाडेर सहर आएकि हुन श्रीमान वितेकाले घरको सबै जिम्मेवारी पूर्णकलाको काधमा आयो उनले आफुले नपढे पनि छोरीलाई भने दुखै गरेर भए पनि पढाएकि छिन उ एउटी राम्री केटी भएकाले शैलेसले पनि उसलाई मन पराउन थाल्यो उ एक खाइलाग्दो ज्यान भएको राम्रो केटा थियो उ एकदिन कलेजको लाइब्रेरीमा पत्रिका हेर्दै थिइ अचानक शैलेसको आर्टिकल देखि उस्ले आर्टिकल पुरै पढि सकेर यताउता हेरी शैलेस त्यहीं किताब पढ्दै रहेछ उनीहरु फुर्सदको समय लाइब्रेरीमा बिताउथे ।उस्ले पत्रिकाबाट टाउको उठाउदै भनी तिमी आर्टिकल पनि लेख्छौ । अ कहिले काहिं उस्ले भन्यो । उस्ले आजको पत्रिका देखाउदै भनी कङग्र्याचुलेसन । ए मैले त हेरेकै थिइन उस्ले मोबाइल निकालेर सम्पादकलाई फोन गर्यो र धन्यवाद दियो उसले हिजो मात्रै आफ्नो आर्टिकल इमेलमा पठाएको थियो सम्पादकले पनि उसलाई आफ्ना लेख रचना पठाइ रहन भने उनीहरु दुवै लगनशील विद्यार्थी हुन उनीहरु बिस्तारै एक अर्काप्रति घनिष्ट हुदै गए उनीहरु एक अर्कालाई मन पराउन थाले । उनीहरु कलेज टाइम बाहेक बजारमा भेट गर्थे यात अनलाइनमा कुरा गर्थे उनीहरु एक अर्कामा पोखिन थाले उनीहरुले पढाइ सकेर मात्र विवाह गर्ने निर्णरी गरे समय बित्दै गयो उनीहरु पूर्ण यौवन अवस्थामा पुगे उनीहरुले पढाइ सके उनीहरुले घरमा कुरा चलाए उनीहरुको विवाह धुमधामसंग भयो ।
आज उनीहरुसंग मास्टर डिग्रीको सर्टिफिकेट छ उनीहरुले जबको लागि कहां गुहारेनन तर हाता लाग्यो शुन्य बल्ल तल्ल उस्ले बोर्डिङ स्कुलमा दस बाह्र हजारको जागिर पाएको छ हुन त उ एउटा लेखक भएकाले पत्रकारहरु उस्को आर्टिकल लिन घरमै आइ पुग्छन् उस्ले केही रोयल्टी पनि पाउछ तर त्यतिले मात्रै पनि उस्ले के गरोस उसलाई परिवार पाल्न पनि मुस्किल छ आज उनीहरुको विवाह भएको पनि तीन वर्ष बित्यो उनीहरुको एउटा छोरा छ हिमाल उ मात्र दुई वर्षको छ । हिजो आज उ लेखनमै व्यस्त हुन थालेको छ किताब कहिले आउंछ उस्लाइ धेरैले सोध्ने प्रश्न हो यो उसलाई पनि किताब छाप्ने मन कहां नभएको हो र तर उनीहरुसंग पैसा थिएन उ लेखिरहेको थियो त्यतिकैमा विनिता कोठामा आइ के लेखिरहेका छौ उस्ले सोधी । नोबल उस्ले भन्यो । नोबल खोइ हेरौं उस्ले भनी । लेखिसकेपछि सुरुमा तिमीलाई नै देखाउला अहिले जाउ उस्ले भन्यो । विनिताले उस्लाइ कुनै अवरोध गरिन उ भान्छातिर गइ । एकदिन उस्ले विदेश जाने कुरा गर्छ । विनिता उस्को कुरालाई नकार्दै भन्छे यस्तो दुधे बालकलाई छाडेर तपाई कसरी विदेश जान सक्नुहुन्छ । त्यसो नभन विनिता मैले छोराको भविष्यकै लागि भए पनि जानू पर्छ । बरु यतै केही काम गरे हुदैन बोली विनिता। खोइ के काम गर्नु मुखमा माड लाग्ने कुनै काम छैन यस्तै हो भने भोक भोकै मरिएला जस्तो छ शैलेसले भन्यो । व्यापार विजनेस गरे हुदैन विनिताले भनी । हामीसंग त्यत्रो पैसा नै कहां छर शैलेसले भन्यो । नगए हुदैन गर्नेले यहीं पनि केही गरिरहेकै छन त विनिताले एकै सासमा भनी । अब अरु केही उपाय छैन विनिता देशमा कुनै रोजगारी छैन राजनीतिक अवस्था झन बिग्रदो छ। त्यसको केही महिना पछि शैलेस विदेश यात्राको तयारीमा हुन्छ उ आफ्नी श्रीमतीसंग विदा माग्दै छ । विनिता रुन थाल्छे शैलेस विनितालाई फकाउन थाल्छ यसरी नरोउन केही वर्षको कुरा त हो नि त्यसपछि त म फर्केर आइ हाल्छु नि । उ श्रीमतीसंग विदा मागेर हिडछ विनिता परसम्म हेरीरहन्छे ।

शैलेसले त्यहा राम्रै काम पायो उस्ले बेला बेलामा विनितालाइ इमेल पठाइ रहन्थ्यो विनिता पनि उसलाई इमेल पठाइ रहन्थी मौका पर्दा उनीहरु स्काइपमा कुरा पनि गर्थे । उस्को पत्रकारहरुसंग पनि कुरा हुन्थ्यो हिजो आज उ आफ्ना आर्टिकल इमेलबाटै पठाउथ्यो त्यसबाट आएको रोयल्टी घरमा छोडिदिनु भन्थ्यो । एकदिन पत्रिकामा एउटा समाचार छापियो लेखीएको थियो बैदेशीक रोजगारका लागि कतार गएका हाम्रा आदरणीय लेखक शैलेस बस्नेतको गाडीको ठक्करबाट मृत्यु भएको छ सडकमा हिडदै गर्दा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिदा उहाको घटना स्थलमै निधन भएको हो । यो समाचार पढेर विनितालाइ पहाड खसे जस्तो भयो उस्ले इमेलमा हेरी इमेल बन्द थियो उ छाती पिटी पिटी रुन थाली उ रोएको देखेर छोरा हिमाल पनि रुन थाल्यो उ आफ्नो परिवारको उज्वल भविष्यको लागि विदेश गएको थियो आज विनिताको सिन्दुर पुछियो चुरा फुट्याे विनिता छोरालाइ काख्मा च्यापेर उस्को कोठामा गइ उस्ले टेबलमा डायरी देखि उस्ले उपन्यास लेखेर टेबलमा छोडेको रहेछ उ रुदै उपन्यास पढ्न थाली उसलाई उपन्यासका हरेक शब्दले उस्को याद दिलायो उ झन रुन थाली उस्ले उनीहरुको प्रेम कहानीको विषयमै उपन्यास लेखेको रहेछ उस्ले उपन्यासलाई धारा बाहिकरुपमा पत्रिकामा छपाइ सम्पादकले अन्त्यमा किताब छापीदिने पनि बताए विनिता आफ्नो जीवनभर उस्ले देखेको सपना पूरा गर्न लागि परि छोरा हिमाल पनि ठूलो भयो उ यस कार्यमा आमालाई सघाउथ्यो ।
समाप्त
हिमरत्न तिमल्सिना
कालेश्वर ४ ललितपुर

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा