Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

अमेरिकामा हिन्दु मन्दिरमा आक्रमण

२८ माघ २०७५, सोमबार १७:२७


अमेरिकाको केन्टकीको लाउसभिल्लेमा स्वामीनारायणको बिशाल मन्दिर छ जहाँ केहि सातादेखि हिन्दु बिरोधी तत्वहरुले आक्रमण, तोडफोड र नारावाजी गरिरहको छन् । केहि साता अघि बेलायतमा पुरानो चर्च खरिद गरेर शिव मन्दिर स्थापना गर्ने समाचार नेपाली सञ्चार माध्यममा निकै चर्चामा रह्यो तर यो हिन्दु मन्दिरमाथीको आक्रमणलाई कहिँ कतै चर्चा दिइएको पाइएको छैन् । हामी हफिगंटन पोष्टको केहि सातादेखिको यस बिषयको अपडेटलाई यहाँ प्रस्तुत गर्दै छौं ।

फेब्रअरी १ मा एकजना किशोरलाई पक्राउ गरियो , उनलाई मन्दिर वरपर तोडफोड गरेको आरोप लगाइएको थियो । त्यस ठाँउका प्रहरीले राखेको रेकर्डमा हेट क्रइम भनेंर यस मन्दिरको क्राइमलाई दर्ता गरिएको छ, कुरियर रिपोर्ट अमेरिका लेख्दछ । गत आइतबार र मगंलबार मन्दिर वरपर बिभिन्न तोडफोड र हिन्दु बिरोधी मेसेजहरु पनि प्रदर्शन गरिएको थियो । त्यतिमात्र नभई मन्दिरका भित्ताहरुमा कालो रगं पोतेर अनि कालो क्रस कुँदिएको थियो । केवल जिसस मात्र मुक्तिदाता हुन लगायत बिभिन्न नाराहरुमा हिन्दु सनातन संस्कार र प्रतिमुर्तिहरुमाथि बिभिन्न नारावाजी र चित्रहरु पनि कुँदिएका छन् । मन्दिरको एउटा कुर्सिमा पण्डित बस्ने बेशासनमा चक्कु पनि घोपीएको छ । मन्दिरका संस्थापक प्रवक्ता भारतीय मुलका राज पटेलले भगवानको लागि मात्र यो प्रदर्शन नभएको बताँउदै राजनैतिक मतभिन्नताको प्रारुपका रुपमा यो लिइएको जनाएका छन् ।

मन्दिरमा पटेल लगायत ६० देखि १०० जनासम्म भक्तहरु आउने जाने गर्दछन् । लगभग ५ वर्षअघि एउटा पुरानो चर्चलाई खरिद गरेर मन्दिर बनाइएको र शायद त्यही कुराले पनि धर्म र स्थल समबन्धी बिवाद निस्केको त हैन ? बुझ्नपर्ने भएको छ ।
उता स्थानिय पुलिसले भनें मन्दिरका भक्तहरु सुरक्षित राख्ने जिम्मा लिँदै आन्दोलनकारीहरु पहिचान नभएको तर शिघ्र पहिचान गरि कारवाही गर्ने जनाएको बताइन्छ ।

उता हिन्दु अमेरिकन फाउण्डेशनले पनि मन्दिरको यो हमलालाई बिरोध गर्दै राज्यसंग यसको जवाफ माग्न पैरवी गरेको छ । जय कन्सरा हिन्दु अमेरिकन फउण्डेशनका प्रवक्ता हुन र उनले अमेरिकी सरकारलाई अल्पसख्यंक हिन्दु समुदायमाथिको यो आक्रमणमा संवेदनशील हुन आग्रह गरेका छन् । कन्टकी राज्यमा ७६ प्रतिशत युवाहरु क्रिस्चियन रहेको र त्यसमा ४९ भन्दा धेरै प्रतिशत इभ्यानज्यालिकल प्रोटेस्टेन्ट रहेका र २ प्रतिशत युवाहरु माज्ञ गैर क्रिस्चियन रहेको पीउ रिसर्च अध्ययन केन्द्रले जनाएको छ । हिन्दु युवाको सख्याँ १ प्रतिशतभन्दा कम रहेको तथ्याकं छ ।

लुइसभिल्लेका मेयर ग्रेग फिसरले पनि यस घटनाको भत्र्सना गरेका छन् । उनले हेय भावलाई पखाल्दै अब मन्दिर सफा गर्न सबैलाई एकजुट हुन आग्रह गरे ।अमेरिकाको यो घटनाले नेपाली समुदायले अन्य देशमा पनि खडा गरेका मन्दिरहरु बिवादमा तानिने त हैनन भन्ने प्रश्न पनि उब्जिएको छ । बिदेशमा रहने सनातन संस्कारका अनुयायीहरु यस बिषयमा सोच्ने र बिष्लेषण गर्ने समय आएको छ ।

-लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,