Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

चलचित्र बुलबुल आजबाट देशभर प्रदर्शनमा

३ फाल्गुन २०७५, शुक्रबार १२:३२


मौलिक कथाबस्तु र फरक प्रचारशैलीका कारण चर्चामा रहेको चलचित्र बुलबुल आजबाट देशभर प्रदर्शनमा आएको छ । स्वस्तिमा खडकाले टेम्पो चालकको भुमिका निर्वाह गरेको खवरले निर्माण घोषणादेखिनै यो चलचित्र आमदर्शक र मिडियाको नजरमा परेको थियो
।सार्वजनिक गरिएका टिजरहरु,ट्रेलर र दुई गीतको मौलिकताका कारण पनि यस चलचित्र धेरैको लागि प्रतिक्षित बनेको हो । नेपालको एकमात्र सिनेमा कलेज ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेलको लेखन एवं निर्देशन रहेका कारण पनि बुलबुलबाट सिनेकर्मीले पनि विशेष अपेक्षा राखेकाछन् । पौडेलले बिगतमा चलचित्र साँघुरो लेखन मार्फत राष्ट्रिय चलचित्र पुरस्कारनै प्राप्त गरेका थिए । चलचित्रका मुख्य निर्माता अविरल थापा पनि पत्रकारिता पढाई हुने पोलिगन कलेजका प्रिन्सिपल हुन् ।

चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर,उदगम परियार र कोशिस क्षेत्रीको संगीत,कोशिस क्षेत्री र मनिकला पौडेलका गीत ,कविराज गहतराजको नृत्य रहेको छ । चलचित्रका कार्यकारी निर्माता रामराजा पौडेल हुन भने सुसन प्रजापतिले छाँयाकन गरेका छन् ।

चलचित्रमा स्वस्तिमाका अलावा नवअभिनेता मुकुन भुषालको अभिनय छ जो चोपेन्द्र नामक पात्र मार्फत प्रदर्शन अगावै चर्चामा आईसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले