
विश्व कराँते महासंघलाई ४ वर्षदेखिको नविकरण शुल्क नतिर्दा UAE मा रेफ्रिहरुको बेइज्जत्ति, लाइसेन्स नै दिइएन
३ फाल्गुन २०७५, शुक्रबार २१:३७
UAE मा यही २०१९ फेब्रुअरी १४–१५ मा सम्पन्न विश्व कराँते महासंघलाई नेपाल कराँते महासंघले सन् २०१४ देखि हालसम्मको नविकरण शुल्क नतिरेकोे हुँदा सहभागी ६ जना नेपाली रेफ्रीहरुले लाईसेन्सका लागि आयोजित सेमिनारमा भाग लिन पाएनन । सहभागी ६ जना रेफ्रीहरुमध्ये ३ जना राष्ट्रिय तथा ३ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट रेफ्रिको लाइसेन्सका लागि विसन मोते (मोते राष्ट्रिय रेफ्रि संयोजक पनि हुनुहुन्छ), मिना पाठक, प्रेम बम्जन तथा कोचको लाइसेन्सका लागि राष्ट्रिय मान्यता प्राप्तबाट राजन कुमार पाइजा, रामु सुनार, राजु तामाङ सहभागी थिए । सहभागी सम्पूर्णले आआफैले खर्चको जोहो गरेर सेमिनारमा सहभागी हुन UAE पुगेका थिए ।
लाइभमाण्डूसंगको सम्पर्कमा आएका एकजना रेफ्रिले गुनासो पोख्दै “उक्त सेमिनारमा हामीलाई सहभागी हुन लगाइयो हामी सबै आ–आफ्नै खर्चमा यहाँ आएका हौं तथा लाइसेन्स खर्च बापत विश्व कराँते महासंघको आधिकारीक बैंकको खातामा हामी तीनै जना कोचहरुबाट नेपाली रुपैयाँ ३३७६५ डिपोजिट गर्न लगाएर समेत परिक्षामा सामेल हुन दिइएन ।“
त्यस्तै कोचको लाइसेन्सका लागि सेमिनारमा सहभागी अन्य ३ जनाले परिक्षा दिएर लाइसेन्स पनि दिएको तर तुरुन्तै विश्व कराँते महासंघले, “नेपाल कराँते महासंघले विश्व कराँते महासंघलाई प्रत्येक वर्ष तिर्नुपर्ने नविकरण शुल्क वापत सन् २०१४ देखिको प्रत्येक वर्षानुसार एक हजार अमेरीकी डलर नतिरेको हुँदा तपाईँहरुको यो लाइसेन्स फिर्ता हामी लिन्छौं, तपाईँहरुको महासंघले सबै रकम तिरेपश्चात नेपालमैं लाइसेन्स पठाइने छ” भन्दै हातमा दिइसकेको लाइसेन्स समेत फिर्ता लिएका थिए ।
सार्वजनिक रुपमैं राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका अध्यक्ष दावा गुरुङ (गुरङ काँग्रेस निकट हुनुहुन्छ) तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका पुरेन्द्र विक्रम लाखे (एमाले निकट लाखे नेपाल अोलम्पिक कमिटीका उपाध्यक्ष हुनुहुन्छ) गरी दुवै अध्यक्षको निर्देशनमा सेमिनारमा सहभागिताका लागि आआफ्नो पक्षको ३–३ जना खेलाडी UAE पठाइएको थियो । दुवै अध्यक्षको जुङाको लडाइले अन्तर्राष्ट्रिय स्तरमा भएको बेइज्जतिको भरपाई कसले गर्छ । रेफ्री तथा प्रशिक्षक माथी गरीएको यो खेलवाडको जिम्मा कसले लिन्छ? राष्ट्रिय खेलकूद परिषद तथा खेलकूद मन्त्रालयले यसबारे के हेरेर बसेको छ सहभागीमध्येका एक कोच रामु सुनारले लाइभमाण्डूसंगको कुराकानीमा बताउनुभयो ।
स्मरणीय रहोस् यस अघि सन् २०१४ कोरीयाको इचुङमा सम्पन्न एशियन गेम्समा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट नेपालमा बिना कुनै प्रतिस्पर्धा बिमला तामाङ सोझै सहभागी हुन पुगेकी थिइन् । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको तर्फबाट चंचला दनूवार सहभागी हुन इचुङ पुगेकी थिइन तर सहभागी हुन नदिइ नेपाल फरेकाइएको थियो । जसमा नेपालका लागि बिमलाले काँस्य पदक चुम्न भने सफल भएकी थिइन ।
UAE मा यही २०१९ फेब्रुअरी १४–१५ मा सम्पन्न विश्व कराँते महासंघलाई नेपाल कराँते महासंघले सन् २०१४ देखि हालसम्मको नविकरण शुल्क नतिरेकोे हुँदा सहभागी ६ जना नेपाली रेफ्रीहरुले लाईसेन्सका लागि आयोजित सेमिनारमा भाग लिन पाएनन । सहभागी ६ जना रेफ्रीहरुमध्ये ३ जना राष्ट्रिय तथा ३ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट रेफ्रिको लाइसेन्सका लागि विसन मोते (मोते राष्ट्रिय रेफ्रि संयोजक पनि हुनुहुन्छ), मिना पाठक, प्रेम बम्जन तथा कोचको लाइसेन्सका लागि राष्ट्रिय मान्यता प्राप्तबाट राजन कुमार पाइजा, रामु सुनार, राजु तामाङ सहभागी थिए । सहभागी सम्पूर्णले आआफैले खर्चको जोहो गरेर सेमिनारमा सहभागी हुन UAE पुगेका थिए ।
लाइभमाण्डूसंगको सम्पर्कमा आएका एकजना रेफ्रिले गुनासो पोख्दै “उक्त सेमिनारमा हामीलाई सहभागी हुन लगाइयो हामी सबै आ-आफ्नै खर्चमा यहाँ आएका हौं तथा लाइसेन्स खर्च बापत विश्व कराँते महासंघको आधिकारीक बैंकको खातामा हामी तीनै जना कोचहरुबाट नेपाली रुपैयाँ ३३७६५ डिपोजिट गर्न लगाएर समेत परिक्षामा सामेल हुन दिइएन ।”
त्यस्तै कोचको लाइसेन्सका लागि सेमिनारमा सहभागी अन्य ३ जनाले परिक्षा दिएर लाइसेन्स पनि दिएको तर तुरुन्तै विश्व कराँते महासंघले, “नेपाल कराँते महासंघले विश्व कराँते महासंघलाई प्रत्येक वर्ष तिर्नुपर्ने नविकरण शुल्क वापत सन् २०१४ देखिको प्रत्येक वर्षानुसार एक हजार अमेरीकी डलर नतिरेको हुँदा तपाईँहरुको यो लाइसेन्स फिर्ता हामी लिन्छौं, तपाईँहरुको महासंघले सबै रकम तिरेपश्चात नेपालमैं लाइसेन्स पठाइने छ” भन्दै हातमा दिइसकेको लाइसेन्स समेत फिर्ता लिएका थिए ।
सार्वजनिक रुपमैं राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका अध्यक्ष दावा गुरुङ (गुरङ काँग्रेस निकट हुनुहुन्छ) तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका पुरेन्द्र विक्रम लाखे (एमाले निकट लाखे नेपाल अोलम्पिक कमिटीका उपाध्यक्ष हुनुहुन्छ) गरी दुवै अध्यक्षको निर्देशनमा सेमिनारमा सहभागिताका लागि आआफ्नो पक्षको ३-३ जना खेलाडी UAE पठाइएको थियो । दुवै अध्यक्षको जुङाको लडाइले अन्तर्राष्ट्रिय स्तरमा भएको बेइज्जतिको भरपाई कसले गर्छ । रेफ्री तथा प्रशिक्षक माथी गरीएको यो खेलवाडको जिम्मा कसले लिन्छ? राष्ट्रिय खेलकूद परिषद तथा खेलकूद मन्त्रालयले यसबारे के हेरेर बसेको छ सहभागीमध्येका एक कोच रामु सुनारले लाइभमाण्डूसंगको कुराकानीमा बताउनुभयो ।
स्मरणीय रहोस् यस अघि सन् २०१४ कोरीयाको इचुङमा सम्पन्न एशियन गेम्समा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट नेपालमा बिना कुनै प्रतिस्पर्धा बिमला तामाङ सोझै सहभागी हुन पुगेकी थिइन् । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको तर्फबाट चंचला दनूवार सहभागी हुन इचुङ पुगेकी थिइन तर सहभागी हुन नदिइ नेपाल फरेकाइएको थियो । जसमा नेपालका लागि बिमलाले काँस्य पदक चुम्न भने सफल भएकी थिइन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,