
माइकल ज्याक्शनको बालयौन दुराचार समबन्धी वृतचित्र (नेभरल्याण्ड)
६ फाल्गुन २०७५, सोमबार १०:००
विश्वव्यापी चलचित्र र वृतचित्र निर्माण र प्रसारण कम्पनी एचबीओ ले यस वर्षको अन्ततिर ४ घण्टा लामो वृतचित्र लिभिगं नेभरल्याण्ड प्रसारण गर्नेछ । यो वृतचित्रको विश्वलाई प्रतिक्षा छ किनभनें यसमा माइकल ज्याक्शनको बालयौन दुराचारको बिषयलाई उदागाें पारिनेछ । गत शुक्रबार भएको सन्डेन्स फिल्म महोत्सबमा पनि धेरैजसो को मुखमा यहि वृतचित्रको चर्चा थियो भनेंर हफिगंटन पोष्ट लेख्दछ ।
विश्वले कहिल्यै नभुल्ने संगितका जादुगर अनि नृत्यका बादशाह तथा मुनवाकका प्रतिपादक माइकल ज्याक्शन गत २००९ मा मरेका हुन् । उनले आफ्ना मृत्युसंगै बिभिन्न रहस्यहरु छाडेर गएका छन् । बालयौन दुराचारको आरोप पनि तिनै मध्य एक हो । माइकलले लामो समयसम्म यस आरोप झेलेका हुन तथापी यस्को पुष्टि भनें हुन बाँकी थियो ।
वेड रब्सन र जेम्स सेफचक नामक दुइजना मान्छेहरुले ज्याक्शनले बाल्यकालमा आफ्नो यौनशोषण गरेको भनि किटानी जाहेरी दिएपछि ज्याक्शनको यौनदुराचारले अर्को आयाम र यथार्थ पायो । एचबीओको यो डकुमेन्ट्री पनि यिनै २ जनाको आरोपको केन्द्र वरिपरि घुम्ने बताइन्छ । अब हेरौं यस वृतचित्रले माइकल ज्याक्शनको सांगितिक देन र यौनदुराचारलाई कसरी प्रस्तुत गर्नेछ ?
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा