
पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ
७ फाल्गुन २०७५, मंगलवार १४:५९
भारतपाक समबन्ध पुलवामा आक्रमणले सर्वाधिक चिसो र संवेदनशील अवस्थामा छ । उनले खरो रुपमै भारतले यदि पाकिस्तानले आक्रमण र आतंकवाद संगको समबन्ध प्रमाणित गर्न सकेमा आफुले तत्कालै कदम लिने भनेंर प्रतिवद्धता दिएका छन् । केहि दिनको मौनतापछि आज दिँउसो इमरान खानले दरो जवाफ दिएका छन् । पलुवामा आक्रमणको अनुसन्धान गर्ने हो भनें भारतलाई पाकिस्तानले पूर्ण समर्थन गर्ने सम्म यिनले जनाएका छन् । उनीले आज रेडियो पाकिस्तानबाट बक्तव्य दिएका हुन् ।
बक्तव्यको सार,
मेरो मातृभूमिको माटोमा अशान्तिको कार्य नहोस् भन्ने कुरामा सजगताका साथ म आज भारतलाई यदि पाकिस्तानको संलग्नता प्रमाणित भए आफु जस्तो सुकै कडा कदम पनि चल्न तयार रहेको बताउन चाहन्छु ।यस्का साथै पाकिस्तानको सार्वभौमिक्ता र स्वतन्त्रताको खिलाफ कुनै पनि कार्य भएमा पाकिस्तान पनि आफ्नो भूमि र जनताको रक्षार्थ खरो उत्रिने पनि बुझाउन चाहन्छु ।
युद्ध शुरु गर्न सजिलो छ तर अन्त गर्न गाह्रो तसर्थ भारतलाई यसका बिषयमा सोचेर अनि बिचार गरेर मात्र कदम लिन मेरो आग्रह छ । पाकिस्तान अब शान्ति र स्थाहित्वको मार्गमा छ तसर्थ पाकिस्तानलाई आतंकवादी हमला र क्रियाकलापले फाइदा हुँदैन र नयाँ पाकिस्तानले आतंकवादलाई समर्थन गर्दैन ।
साउदी अरबका राजकुमारको पाकिस्तान भ्रमणले मैले पलुवामा आक्रमण बिषयमा केहि बक्तब्य दिन नपाएको थिँए तर अब मैले बोल्नै पर्ने समय आएको छ । हिजै मात्र पाकिस्तानले संयुक्तराष्ट्र संघको साथ यस बिषयमा माग गरेको छ, हामी स्वतन्त्र अन्वेषण चाहन्छौं र यस्ता घटनाको निन्दा गर्दछौं । इमरान खानको यस सन्देश र बक्तब्य पछि भारतपाक समबन्धमा केहि सुधार आँउछ कि ?
भारततर्फको प्रतिक्रिया के हुनेछ ? हेर्दै जाँउ
लाइभमाण्डु
यो पनि पढ्नुहोस्:
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा