
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठको समापन
२८ कार्तिक २०७५, बुधबार ०३:१६
हिजो अस्ताँउदो सूर्यलाई आराधना गरेर साँझमा घर फर्किएका भक्तालु, व्रतालु अनि तिर्थालुहरु आज बिहान उदाँउदो सूर्यसंगै जलाशय, नदिनाला लगायत घाटहरुमा बाक्लै देखिए ।
छठ एउटा लहर हो, चाड हो अनि एउटा सस्कार जसमा बिज्ञान अटाएको छ । सफा गरिएको जलाशय, छेउमा सपक्क पारिएको घाट, केराका थम्बाहरु अनि सजावट । यस चाडमा जलाशयहरु दुलही झैं सजाइएको छ, तिहारा बाँकी पड्काहरु छठ माताको घाटमा पड्काइन्छन्, जसरी फुलझरी झररर गरेर उज्यालो हुन्छ अनि रौनक छर्दछ त्यस्तै रौनक छ छठको नेपाली मनमनमा ।
आज बिहन छठको चौथो दिन हो, यस दिन यस पर्वको अन्त पनि गरिन्छ । चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
बिहानको यस रितसंगै यस वर्षको छठले बिदा मागेको छ, अब शुरु हुन्छ ठकुवा, खजुरी अनि केरा, भोगटे लगायत छठमा चढाएको प्रसादहरुको मिठासको सिलसिला ।
छठमा चढाइएको नरिवलको बिशेष महत्व छ, केहि दिनपछि घरका सदस्यहरु मिलेर यस नरिवल फुटाई प्रसादका रुपमा खाने चलन छ । यस वर्षको छठको समापन संगै अब अघन अर्थात बाली भित्राउने महिना शुरु भएको छ,आँगनमा कार्तिके आकाशे बत्ति तुलसीको बिवाह कार्य नगरुन्जेल बाल्ने चलन छ । चाडवाडका बाक्ला आवतजावत अब केही महिनालाई अलिक पातलो हुन्छ । बिधालय, कार्यालय अनि कामकाजीहरु अब सुस्तरि आआफ्ना थलोमा फर्कने र सामान्य जिवनशैलीमा आँउदछन् । छठी माई ले यस वर्ष सबैको जय गर्नुहोस् ।
यी तस्वीरहरु वीरगञ्जबाट हाम्रा मित्र शुसिल कुमार साहले पठाउनु भएको हो ।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
—
तस्बिरहरुः शुसिल कुमार साह
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले