Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
anmol kc

पारस शाहको बायोपिक गर्ने अनमोलको इच्क्षा

८ फाल्गुन २०७५, बुधबार १६:००


यतिबेला क्याप्टेन फिल्मलाई लिएर चर्चामा रहेका नायक अनमोल केसी निकै दंग छन् । फिल्मको ट्रेलर देखि रिलिज भएका २ वटै गीतहरुले दर्शकहरुको साथ र माया दुबै पाईरहेको छ । हाल हलमा दर्शकहरु निकै न्युन पुगिरहेको समय अनमोल क्याप्टेन लागेपछि दर्शकहरु हलमा उर्लिने अनुमान गरिएको छ जुन अवस्था यसअघि पनि देखिँदै आएको हो । अनमोलले अहिले सम्म लभस्टोरी फिल्ममा पनि फरक भुमिकामा काम गर्ने कोशिस गर्दे आईरहेका छन्। त्यसैले पहिलो गाली गर्ने दर्शकहरु अहिले उनको प्रशंसा गर्न थालेका छन् ।

फागुन १७ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको क्याप्टेनको प्रमोसनमा रहेका अनमोलले फिल्मका लागि फुटबरको भूमिका निर्वाह गर्न निकै मेहनत गरेको बताउँछन् । क्याप्टेन फुटबलरको मात्र कथा नभई बिशुद्ध प्रेम कथामा बनेको फिल्म भएको उनको भनाई छ । भबिष्यमा पूर्व युवराज पारस शाहको बायोपिकमा काम गर्ने इच्क्षा रहेको बताउने अनमोल भन्छन् “पारस शाहको बायोपिकमा काम गर्न पाउदा फिल्मी स्कोप बढि छ जस्तो लाग्छ” । अनमोल भबिष्यमा राम्रो स्क्रिप्ट पाए प्रदिप खड्कासंग पनि काम गर्न तयार रहेको बताउँछन् ।

उता प्रदिप पनि स्क्रिप्ट राम्रो भए अनमोलसंग काम गर्न तयार रहेको बताउँछन् । पछिल्लो समय एक अर्काको प्रशंसामा सामाजिक सञ्जाल रंगाएका अनमोल र प्रदिप एक अर्काका प्रतिष्पर्धी भने हुन् । अब हेरौ अनमोलको क्याप्टेन र प्रदिपको लभस्टेशनमा दर्शकहरुले बढि कसलाई साथ दिन्छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले