
नेपालमा गाँजाको चर्चा किन र कसरी
१४ फाल्गुन २०७५, मंगलवार ११:४१
गिरिश खतिवडाको पोडकास्टमा र्याण्डम नेपाली यूट्यूब च्यानलका सञ्चालकसंगको कुराकानीमा गाँजा समबन्धी वार्तालाप अपलोड गरियो । जनवरी १९ मा अपलोड गरिएको यो भिडियोमा अहिले ६५ हजार लगभग दर्शक भएका छन् । अहिले नेपाली सामाजिक सञ्जाल देखि सदनहरुसम्म गाँजाको प्रयोग र त्यसको कानुनीकरणका आवाजहरु जोडदार उठिरहेका छन् । र्याण्डम नेपालीको नेपालमा गाँजाको इतिहास शिर्षकको भिडियोले पनि अब छिटै २ लाख भ्यू पाउन आँटेको अवस्था छ । विश्वमै गाँजाको कानुनीकरण र उपचारात्मक प्रयोगका कुराहरु कायान्वयन हुँदै आँउदा नेपाली समाजमा पनि केहि युवापुस्ताका अगुवाहरु यसको समर्थनमा देखिएका छन् ।
अहिले नेपालमा पनि विश्वका धेरै जसो देशरुमा झैं गाँजाको सेवन र कानुनीकरणका आवाजहरु उठिरहेका छन् । झन सांसद बिरोद खतिवडा र केहि समय अघि केशव स्थापीत अनि पूर्वाधारबिद सुर्य राज आचार्य ले नै यो कुरा उठाएपछि एकप्रकारको शान्त अभियान झैं गाँजाको कानुनीकरणका कुराहरु चलिरहेका छन् । गाँजा कानुनीकरण गर्नु या नगर्नुका विषयमा हामी पैरवी गर्न चाहँदैनौं किनभनें यो नितान्त वैज्ञानीक र कानुनी कुरा हो । लागुऔषध जुनसुकै अनि जस्तो भएपनि त्यसको रोक गर्नुपर्छ र स्वच्छ समाजको परिकल्पना गर्नुपर्छ भन्ने हाम्रो सोच हो । तथापि अहिलको व्याप्त लागुऔषधका कदमहरु मा कुनै तत्व या पदार्थ ल्याएर यूवाहरुको लागुऔषध प्रयोगको जोखिम कम गर्न सकिन्छ भनें त्यसमा एकफेर नसोच्ने भन्ने कुरा हुँदैन ।
यो गाँजा कानुनीकरणको कुराहरु निर्णय लिनु अघि वैज्ञानीक अनि सामाजिक तथ्यहरु बिचार गर्न जरुरी देखिन्छ । गाँजा कानुनीकरणको कुरामा यि निम्न प्रश्नहरुमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
संसारमा गाँजा सेवनले मर्ने, अरु लागू औषधले मर्ने अनि रक्सीका कारण मर्ने को संख्या कति कति छ ? अपराधका हिसाबमा गाँजा सेवन गरेर गरीने अपराध र अन्य लागू औषध सेवन गरेर गरिने अपराध कुन ज्यादा छ ? गाँजा उत्पादन कुन क्षेत्र वा देशमा बढी हुन्छ,हुन्थ्यो र सम्भावना के छ ? काठमाडौं मा नै केही नेवार जातीका बैद्यहरुले यसको प्रयोग औषधिमा गरेको इतिहास का विषयमा पनि निकै तर्कहरु चलिरहेका छन् जस्को वास्तविक सत्यता आउन बाँकी छ । । गाँजा प्रतिबन्धले नेपाल कति विदेशी औषधीमा परनिर्भर भयो ? गाँजा खुला हुँदा प्रतिबन्ध नहुँदा सम्म नेपालले पर्यटक बाट कति आम्दानी गर्थ्यो ? अहिले ती बैधानिक व्यापारी र वैद्य हरुको अवस्था कस्तो छ ? अहिले खुला गर्दा नेपालले के के लाभ लिन सक्छ ? रक्सी खुला भएर हामीले ब्योहरेका नकारात्मक कुरा बाहेक थप के के नकारात्मक कुरा आउन सक्छन ?
अब यो शिवरात्रिको आसपासको समयमा झनै यूवा पुस्ताहरुले गाँजा प्रयोगका विषयमा निकै स्ट्याटस र तर्कहरु अपलोड र अपडेट गर्न थालेका छन् । शिवरात्रिमा गाँजा सेवनलाई धार्मिक र अध्यात्मिक रुपमा महत्वका साथ हेरिएको भन्ने तर्क अनि सरकारले लगाएको गाँजा सेवन रोक शिवरात्रिमा एउटा परम्परा विरुद्धका भएके तर्कहरु पनि उठेका छन् ।
संसद सम्म छिचोलिसकेको यो तथ्य र तर्कका कुराहरु आगामि दिनमा कहाँसम्म पुग्ने हो, हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग