के डोनाल्ड ट्रम्पले पाउँछन् त यस वर्षको नोवल शान्ती पुरस्कार ?


नोवल शान्ति पुरस्कार विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुले पाउने यस पुरस्कारका लागि यसवर्ष भनें जापानका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतीलाई समर्थन र सिफारिस गरेका छन् । डोनाल्ड ट्रम्प आफ्नो चुनाव अघिका समयदेखि नै अत्यन्त चर्चा र विवादमा रहेका ब्यक्ति थिए । चुनावका समयमा पनि उनी आफ्ना अत्यन्त कडा मुद्धाहरु जस्तै मेक्सिको को पर्खाल लगाउने, आप्रवासी र मुसलमान समुदायप्रतिको संकीर्ण निर्णयका कारण सदा विवादमा मुछिइरहेका थिए ।
अहिले संकटकालको घोषणै गरेर पनि मेक्सिकोको सिमामा पर्खाल निर्माणार्थ ट्रम्प तल्लीन छन्, अमेरिकी जनताहरु संग हतियार राख्न पाउने या नपाउने निर्णयमा पनि डोनाल्ड ट्रम्पको पृथक र कडा धारणा रहेको थियो । उनी ब्यापार, नाफा, घाटा र धेरै यहुदि केन्द्रित निर्णय लिन्छन भन्ने आक्षेप चलिरहेकै छ । गत वर्ष इज्रायलको राजधानी र त्यहाँ भएको अमेरिकी दुतावास पनि तेलअबिब बाट जेरुसलेममा सार्न उन्को पहल र पछि संयुक्त राष्ट्र संघ सदस्यहरुको असर्मथन पछि उन्को प्रतिक्रियाले उनलाई झनै विश्व समुदायमा अनुदारवादी नेता बनाएको हो ।

यता डोनाल्ड ट्रम्पका राम्रा पक्षहरुमा उत्तर कोरियासंगको सुमधुर समबन्ध स्थापना पनि रहेको छ । गतवर्ष जनवरी महिनामा आआफ्नो देशको हतियारको दम्भमा टेबलको स्वीच भन्दै भनाभन गरेका उत्तर कोरिया र अमेरिकाका राष्ट्राध्यक्षले गत वर्ष नै मैत्रीपूर्ण भेट वार्ता गरे । विश्वका दुई विशाल आणविक हतियारराष्ट्रहरुको यो मिलनमा डोनाल्ड ट्रम्पको अग्रसरतालाई धेरैले प्रशंसा पनि नगरेका होइनन । उता अमेरिका र मध्यपूर्वको समबन्ध, अफगानीस्तानबाट अमेरिकी सेना हटाउने चेष्टा लगायत अन्य केहि अप्रत्यक्ष मुद्धाहरुमा ट्रम्पको शान्ति प्रयास देख्न सकिन्छ । तथापि सदन र बिष्लेषकहरुको माझ उन्ले आफ्ना अधिकांश निर्णयलाई ब्यापार घाटा र अमेरिकी अर्थतन्त्रसंग जोडेर ब्याख्या गरेका छन् ।

ट्रम्प ब्यापार बुझ्दछन् र उनी घाटाका लागि हात झिक्न सक्दछन् भनें नाफाका लागि हिरो फोर्न पनि पछि पर्दैनन भनेंर धेरैको टिका टिप्पणी पनि छ । जापानका प्रधानमन्त्री सिन्जो एबीले ट्रम्पलाई नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका हुन् । तथापि अमेरिकाले अनौपचारीक रुपमा जापानलाई नोवेल शान्ति पुरस्कार मनोनयनमा ट्रम्पको सिफारिसका लागि अनुरोध गरेको पनि बताइन्छ । जेसुकै होस् यसपालाको नोवेल शान्ति पुरस्कार अब ट्रम्पले पाउने संभावना कतिको छ भनेंर यसै आँकलन गरिहाल्ने अवस्था भनें छैन । ट्रम्पले भनें ह्वाइटहाउसको सम्वोधनमा जापानका प्रधानमन्त्रीले आफुलाई जीवनकै सबैभन्दा सुन्दर उपहारका रुपमा उक्त सिफारिस पत्र दिएको बताएका छन् ।

ट्रम्प आफुले उक्त पुरस्कार पाउने या नपाउने कुरामा चाँही यस अघिका राष्ट्रपती ओवामालाई यस पुरस्कार दिइएको प्रसंग जोड्दै आफुले नपाउन पनि सक्ने बताँउदछन् । नर्वेमा रहेको नोवल पुरस्कार कमिटीले यसपाला कसलाई भयन गर्नेछ, हैर्दै जाँउ ? गत वर्ष पनि यस पुरस्कारकालागि ट्रम्पको नाम मनोनयन गरिएको थियो भनि वासिंगटन पोष्टले लेखेको छ । ट्रम्पको नोवेल पुरस्कारप्रतिको यो लालसाले के यस वर्ष उनलाई पुरस्कार हात पर्ने अवस्था श्रृजना गर्दछ त?
लाइभमाण्डु


Loading comments...