
जाडोका ५ मन्त्रहरु
७ पुष २०७५, शनिबार १२:२०
विस्तारै जाडो मौसम सुरु हुदै छ । जाडो बढे संगै हाम्रो दैनिक जीवनमा पनी प्रतक्ष्य असर पर्दछ । त्यसै आज जाडोको रमाइलो पक्ष र जाडोबाट कसरि बच्न सकिन्छ भनेर कोसेली लिएर आएको छौ । आउनुहोस् एउटा उखानबाट नै सुरु गरौ ।
कि त रुई ?
कि त फुई ?
कि त दुई ?
अर्थात कि त रुई या भनौ कपडाहरु यदि त्यो नभए फुई अर्थात आगो र यदि ति दुबै भनए दुई अर्थात दुईजना हुनपर्ने भनेर पुराना नेपाली उखानहरु ले जाडो छिचोल्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।
अब हामी भने यस उखान अनुरुप कुरा गर्दैनौ, बिशुद्ध व्यक्तिगत जीवनमा कसरी आफू अनि आफ्ना परिवारहरुलाई जाडो बाट जोगाउन सकिन्छ भन्ने कुराहरु लाई ५ वटा तथ्यहरु बनाएर प्रस्तुत गर्दैछौं ।
यि तथ्यहरु हामीले बिश्वप्रसिद्ध न्यूयोर्क टाईम्स पत्रिकाको संस्करण बाट साभार गरेका छौं ।
१ तह तहमा कपडा लगाउने बानि गरौं
जाडो भनेको बाहिरी चिसोबाट शरीरलाई जोगाउनु मात्र हैन, बास्तवमा शरीरमा भएको तापक्रमलाई चिसिन नदिनु पनि जाडोमा न्यानो रहने मुख्य आधार हो । हामीमध्य धेरैको कपडामाथी कपडा खप्टेर लगाउने बानी हुन्छ जून बिल्कुलै खराब हो र यसो गर्नाले राम्रो नदेखिकन भद्धा पनि देखिन्छ ।
भित्री तहमा मुलायम थर्मोकोट या अन्य कुनै पातलो खाले तापक्रम सन्तुलन गर्न सक्ने कपडा लगाउने अनि बाहीरी तहमा हावाको स्याँठ, हावा या पानी बाट जोगिने तह लगाएमा जाडोमा सहजै न्यानो महसुस गर्न सकिन्छ ।
२ बाहिरी अगंहरु लाई चिसो हुन नदियौ
कान, हात, टाउको लगायतका बाहिरी अगंहरु लाई चिसो बाट जोगाउन नसके भित्री न्यानोपना भएपनि बाहिरी चिस्यान रहिनै रहन्छ । तसर्थ पञ्जा, मोजा, मफलर लगायतका कपडाहरु अत्यन्त जरुरी हुन्छ । न्यानो जुत्ताहरु, चिसो छेक्ने पञ्जाहरु त झन जरुरी रहन्छन्, बिशेषत मोटरसाईकल कुदाउने हरुका लागि यि कुराहरुको महत्व धेरै रहन्छ ।
३ स्वास्थको ख्याल गर्नुहोस
प्रशस्त पानी पिउने, नुहाउने, हातगोडा सफा गर्ने लगायत ६५ बर्ष उमेर कटेका मान्छेहरुले जाडोमा भने निमोनियाको खोप लगाउन पनि जरुरी मानिन्छ ।
४ आफ्नो घरलाई जाडोका लागि तयार गर्नुहोस
सामान्यतया हामीकहाँ जाडोलाई रमाइलो भन्दा पनि कष्टका रुपमा लिइने चलन छ । जाडो कष्ट नभइक्न प्रकृतीको सुन्दर मौसम हो, यसका लागि हामी तयार हुन जरुरी हुन्छ । घरमा सुरक्षित आगो बाल्न मिल्ने अनि हिटरको सुबिधा पनि जरुरी रहन्छ । घरभित्र बस्दा न्यानो कपडा लगाउने, घरभित्र अलग्गै चप्पल राख्ने र मुख्यतया घरभित्र पनि शारीरीक अभ्यास गर्न मिल्ने संरचना तयार गर्न जरुरी रहन्छ । शारीरीक अभ्यास या व्यायाम न्यानोपनाका लागि जरुरी कुरा हो ।
५ पर्याप्त निन्द्रा अनि भोजन
पर्याप्त निन्द्रा अनि भोजन जाडोमा गर्मीको तुलनामा अझ बढि आवश्यक हुन्छ । खानामा पर्याप्त फाईबर भएका कुराहरु, तातो कुराहरु अनि हल्का खानेकुराहरु खान जाडोमा बढि जरुरी हुन्छ ।
बास्तवमा नेपालमा जाडो लामो समय रहँदैन अनि सामान्यतया दिनभरि घाम लागिरहने भएकाले जाडोको पूर्वतयारी पनि हामी खासै गर्दैनौ । यसैकारणले पनि जाडोमा अत्याधिक बिरामी पर्ने, चिसो लाग्ने अनि मृत्यूवरण सम्मका घटनाहरु हामीले सुन्ने अनि भोग्ने गर्दछौं ।
जाडोको आआफ्नै खाले पूर्व तयारी हुन्छ । पहाडमा आगो बाल्ने चलन हुन्छ भने तराईमा गुईठा या परालको जोहो गरिन्छ । लुगा पनि त्यसै अनुसारले तयार गर्ने अनि घरका भित्ता हरु अनि छिद्रहरु मात्र पनि टाल्न सकेमा जाडो धेरैहदसम्म न्यानो हुन सक्छ ।
आँउदा लेखमा जाडोको समयमा छालाको ख्याल राख्ने घरेलु उपचार पद्धती लिएर आउने छौ । न्यानो रहनुहोला
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । भारत बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । कम्पनीले बुधबार तेस्रो
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि