
स्व. रवीन्द्र अधिकारीका यी १२ सपना जो पूरा हुन सकेनन्
१६ फाल्गुन २०७५, बिहीबार १३:५०
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको हिजो अर्थात १५ फाल्गुण २०७५ बुधवार १२ बजेर ३५ मिनेटमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप–सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो । यस संगै उनले नेपालको बिकासमा देखेका सपनाहरु पुरा हुन नसक्ने भएका छन् ।
यस्ता थिए स्व. रबिन्द्र अधिकारीका सपनाहरु
१) मन्त्री भएसँगै रणनीतिक महत्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत त्रिभुवन विमानस्थल विस्तार, सुधार र आधुनिकीकरण गर्ने अधिकारीको सपना पूरा हुन सकेन । उडान क्षमता तथा जहाज पार्किङ क्षमता दोब्बर भएको हेर्न पाएनन् ।
२) पर्यटनका प्रमुख स्रोत बजारसँग नेपालको सिधा सम्पर्क स्थापना गर्ने काम आधामै टुंगियो । नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय व्यापारको ६० प्रतिशत हिस्सावाहक बनाउन सकेनन् ।
३) अधिकारीले पूरा गर्न नपाएको अर्को सपना हो, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने । सन् २०२० सम्म दिगो रुपमा वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने काममा साथ दिन पाएनन् ।
४) पशुपति क्षेको बृहत्तर विकासका लागि तयार योजनामा थप साथ दिन पाएनन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा आएको हेर्न पाएनन् । न त नीजगढ विमानस्थलका लागि चालिएको उनको ठूलो कसरतले निर्माण कार्य आधा सम्पन्न हुन पायो ।
५) लुम्बिनी क्षेत्रमा पर्यटकको संख्या र गतिशिलता ३ गुणाले बनाउने काममा उनले थप साथ दिन सकेनन् । जनकपुरमा रामायण सर्किट निर्माण गरी सहरलाई प्रदेश नं. २ को पर्यटकीय गन्तव्य बनाउन पनि उनले पाएनन् । मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीको गुरु योजना पनि सपनामै सीमित रह्यो । रारा र खप्तड क्षेत्र विकास कार्यक्रमसँगै पदमार्ग स्थापना गर्ने काम सुरु पनि गर्न सकेनन्, अधिकारीले । पाथीभरा र हलेसी महादेव क्षेत्र विकासका लागि काम गर्नेक्रममै ज्यान गुमाउनु पर्यो ।
६) अधिकारीले प्रत्येक प्रदेशमा कम्तिमा एक प्रादेशिक संग्रहालय बनाउन पाएनन् ।
७) सबै प्रदेशमा सांस्कृतिक पहिचानसहितको पर्यटन पूर्वाधार विकास क्षेत्र निर्माण र प्रवद्र्धन गर्ने अधिकारीको सपना पनि दुर्घटनासँगै तुहियो । पर्यटनमैत्री संरचना बनाउने काम सुरु हुनै पाएन ।
८) देशभर १ सय वटा नयाँ पर्यटकीय गन्तव्य विकास गरी आन्तरिक र बाह्य पर्यटकको संख्या देशव्यापी रुपमा वितरण बनाउने योजना अधिकारीले सुनाउन मात्रै भ्याए ।
९) नागरिक उड्डयन क्षेत्रको विकासमा अन्तरप्रादेशिक हवाई उडान अधिक सञ्चालन गर्ने, सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल उनले बनाउन पाएनन् । सबै प्रदेशमा कम्तिमा एउटा हेलिप्याड पनि उनले बनाउन पाएनन् ।
१०) भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक संरचना खडा हुने क्रममै अधिकारी विलय भए ।
११) नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धन अन्तर्राष्ट्रिय बजार र मिडियामा पर्याप्त रुपमा गर्न पाएनन् ।
१२) पर्यटनका लागि मानव संशाधन विकास गर्न अन्तर्राष्ट्रिय स्तरको मानीत पर्यटन विश्वविद्यालय बनाउने उनको सपना थियो । पर्यटन क्षेत्रमा प्रतिवर्ष न्यूनतम १० हजार जनशक्ति उत्पादन गर्ने उनको योजना थियो ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग