मानसिक समस्या भनेको के हो? यसबाट कसरी बच्ने – डा. कल्याण सुवेदी


१ मानसिक समस्या भनेको के हो?
– मानिसमा लाग्ने सम्पूर्ण रोगलाई दुई भागमा बिभाजन गर्न सकिन्छ l ति हुन्: शारीरिक समस्या र मानसिक समस्या l शारीरिक समस्या अन्तर्गत blood pressure को समस्या, heart attack, झाडा पखाला, मोतियाबिन्दु, हाडजोर्नी समस्या, डियाबिटिज, kidney stone आदि हुन्छन् l मानसिक समस्यामा अन्तर्गत depression (उदाशिनता), anxiety (आत्तिने समस्या), psychosis, phobias, drug addiction, personality disorders लगाएत सैयौं समस्याहरु हुन्छन् l

 (समग्रमा भन्नु पर्दा) व्यक्तिको सोंचाईमा, बुझाइमा र चिन्तन गराईमा परिवर्तन आई दैनिक गर्नुपर्ने ब्यबहार र कारोबारमा असर पर्नुलाई मानसिक समस्या भनिन्छ l तर यो व्याख्याले वा कुनै एउटा वाक्यको व्याख्याले मानसिक समस्याको बारेमा पूर्ण जानकारी दिन सक्दैन ) 

२ Psychotherapy/counseling (परामर्श) आँफै घरमा गर्दा हुँदैन?
– Psychotherapy session (परामर्श) मा psychiatrist (मनोचिकित्सक) वा psychotherapist (clinical psychologist) (मनोबिद) ले तपाईंको सोंच्ने तरिका, सहि निर्णय गर्ने खुबी, बिगतमा घटेको घटनाले मनमा पारेको असर, जिबनमा आइपर्ने साना ठुला घटनालाई सम्हाल्न सक्ने शक्ति, आँफु नजिको बाताबरण परिबर्तित संगै आँफु पनि परिबर्तित हुन सक्ने क्षमता आदिको स्वतन्त्र मुल्यांकन गरी तपाईंको सोंच्ने र बुझ्ने तरिकामा परिबर्तन ल्याई तपाईंको व्यवहारमा परिवर्तन ल्याउन मद्दत गर्छन् l
– उनीहरुको कुनै व्यक्तिगत agenda हुँदैन l उनीहरुको उदेश्य तपाईं सहि भए सहि वा गलत भए गलत ठाडै भन्न सक्छन् जो तपाईंका आफन्तले गर्न सक्दैनन् वा गर्न मिल्दैन l कुनै बेलामा मनका सबै कुरा आमालाई वा बुवालाई वा श्रीमतीलाई वा साथीभाईलाई भन्न सक्किन्न l फरक फरक रोग (disorders ) अनुसार फरक फरक परामर्शको खाँचो हुन्छ l अर्को महत्वपूर्ण कुरा आँफैले जे काम गर्न सकिन्न, जे बोल्न सकिन्न, जुन ब्यबहार परवर्तन गर्न सकिन्न, जुन कुरा मनबाट बाहिर निकाल्न सकिन्न त्यस्तो कार्य therapy session (परामर्श) को समयमा गरिन्छl त्यसैले औषधि खाएर लक्षणहरु हल्का भए पनि एक सालको कम्तिमा २-३ पटक therapy लिन निकै लाभदाई हुन्छl

३ Therapy (psychotherapy) कसले दिन्छ ?
– प्रत्येक psychiatric practitioner (मनोचिकित्सक/मानसिक डाक्टर) ले therapy दिन सक्ने खुबी राख्छन् l Psychiatry मा औषधि ५०% र therapy (counseling) ५०% हुने गर्छ l Medical डाक्टर र psychiatric (मानसिक) डाक्टरमा यहि कुरा मात्र फरक हुन्छ कि medical डाक्टरले समय लिएर therapy दिंदैनन् तर मानसिक डाक्टरले औषधि भन्दा पनि बढी बिरामीसंग बोलेर, उसको भित्रि पिडा बुझेर talk-therapy मार्फत उपचार गर्छन्l
– यो बिधि psychotherapist (clinical psychologist) मनोबिदले पनि प्रदान गर्छन् l Psychotherapist लाई बिभिन्न देशमा बिभिन्न नामले चिनिन्छ तर धेरै देशमा therapist वा clinical psychologist वा psychotherapist भन्ने गर्छन् l याद गर्नुस्, psychology पढदैमा therapist वा psychotherapist हुँदैनन् l उनीहरुले व्यक्तिको सामान्य psychology मात्र पढेको नभई, सबै खाले मानसिक रोग सम्बन्धि उपचार गराउन तालिम लिएको हुनु पर्दछ l
– Psychotherapy रोगको उपचारमा मात्र होइन, रोगको कारण पत्ता लगाउन पनि उपयोगी हुन्छl Psychotherapist संग भेट्न जान कुनै रोग लागेको हुनु पर्दैन मनमा केहि गडेको भए वार्तालाप र सर-सल्लाह लिन पनि जान सकिन्छ l

४ मेरो डाक्टरले त Psychotherapy को बारेमा कुरै गर्नु हुन्न l धेरै चिन्ता नगर, meditation गर आस्तै ठिक हुन्छ मात्र भन्नु हुन्छ l
– प्राय मानसिक समस्या (खासगरी कुनै बाहिर बाटै देखिने कारण बिना वा निश्चित कारकतत्व थाह नभएको मानसिक समस्या) लाई psychotherapy बिना औषधिले मात्र उपचार गराउनु राम्रो तरिका होइन l
– Psychotherapy बिना उपचारनै हुन्न भन्न खिजेको होइन तर therapy को प्रयोग गर्यो भने छिट्टो निको पार्न वा लक्षणहरु निकै न्यून पार्न सकिन्छ l
– यदि जानी जानी चिन्ता गर्न सुरु गरेको भए “धेरै चिन्ता नगर” भनेर डाक्टरले भन्दा घरमा गएरपछी चिन्ता गर्न छोड्न सकिन्थ्यो होला l भन्न खोजेको के भने व्यक्तिले चाहेर चिन्ता गरेको होइन l उसको चिन्ता/पिडा/आवेक उसको वशमा हुँदैनl उसंग ति कुराहरु रोक्न सक्ने खुबी हुँदैन र उसलाई के कारण र कहिले देखि यस्तो शुरु भयो पनि थाहा नहुन सक्छ l त्यसैले कुनैपनि अनुभवी मानसिक डाक्टरले चिन्ता नगर आँफै ठिक हुन्छ भन्दैनन् l बरु चिन्ताको कारण पत्ता लगाउन मेहनत गर्छन्l
– यदि मानसिक डाक्टरसंग धेरै बिरामी छन् र therapy दिन समय छैन भने psychotherapist को मा पठाई दिन्छन् l यस्तो अवस्थामा psychotherapist र मानसिक डाक्टर बिरामीको बारेमा नियमित छलफल हुन जरुरी हुन्छ l दुवै मिलेर उपचार गर्नु पर्दछ l

५ मलाई मानसिक तनाबले निकै सताएको छ l मलाई जंचाउन जान मन छ तर बुवा-आमालाई भन्न डर लाग्छ l उँहाहरु यस्तो कुरामा बिश्वास गर्नु हुन्न l
– मानसिक समस्या हुँदैमा औषधि नै खानु पर्छ भन्ने छैन l त्यसैले मिल्छ भने कसैलाई थाहा नदिई psychiatrist, वा psychotherapist (clinical psychologist) को मा गएर आफ्नो कुरा राख्नुस् l उक्त भेटमा बुवा-आमालाई कसरी आफ्नो समस्याको बारेमा भन्ने, आफ्नो लक्षणहरु उहाँहरुले बुझ्ने गरेर कसरी बताउने आदि कुरा सिक्नुस् र घरमा गएर मिलाएर आफ्नो कुरा राक्नुस् l हाम्रो समाजमा मानसिक स्वास्थ सम्बन्धि ज्ञानको कमीले गर्दा धेरै जनाले आन्फो कुरा भन्न नसक्ने, बाबु आमाले बाहिर खुलेर भन्न नदिने गर्दा समस्या जस्ताको तस्तै छl शुरुवात आँफैबाट गर्नुहोस् l अरुले बोलिदिए अरुले परिवर्तन ल्याईदिए मलाई सजिलो हुनेथ्यो भन्ने सोंचाई हटाउनुहोस् l तपाईंले एक दिनमा एक जनालाई मात्र बुझाउन सक्नुभो भने उक्त ज्ञान फैलंदै गएर केहि बर्षमा हजारौं परिवार शिक्षित हुनेछन् l

६ मैले मानसिक स्वास्थ सम्बन्धि औषधि खाएको धेरै भयो रोग निकै भएन l कारण के होला?
– कारण व्यक्तिपिच्छे फरक हुन्छन् l प्राय हुने कारणहरु यस प्रकार हुन्छन्: नियमित औषधि नखानु, औषधिको मात्रा नपुग्नु, गलत औषधि पर्नु, बर्षौंसम्म एउटै खाले औषधि प्रयोग गर्नु l नियमित (कम्तिमा प्रत्येक ६ महिनामा एक पटक) psychiatric practitioner (मानसिक डाक्टर) र कम्तिमा प्रत्येक ३ महिनामा एक पटक psychotherapist संग psychotherapy मा भाग नलिनु l
– मानसिक समस्याका औषधिहरु व्यक्तिपिच्छे फरक फरक तरिकाले काम गर्छन् l अर्थात् यदि दुई जनालाई एउटै रोग लागेको छ भने ति दुवैलाई एकै किसिमको औषधिले काम नगर्न सक्छ l कतिपय case हरुमा बिरामीको शरीरले लिने सहि औषधि पत्ता लगाउन ५-६ किसिमका औषधिहरुको प्रयोग र महिनौं वा बर्षौं समय लाग्ने गर्छ l त्यसैले औषधिले काम गरेन भनेर घरमै बस्नु हुँदैन l तुरुन्त डाक्टरकोमा गएर औषधिले काम गर्यो गरेन वा के बिगार गर्यो सबै भन्नु पर्छ l एक पटक काम गरेको औषधि केहि साल पछि फेरी काम नगर्न पनि सक्छ l त्यसैले डाक्टरसंग नियमित भेटेर dose वा औषधि नै परिबर्तन गरिरहनु पर्ने हुन सक्छ l

७  मैले मानसिक स्वास्थ सम्बन्धि औषधि खान्छु l के यो जिन्दगीभर खानु पर्छ?
– यो कुरा व्यक्तिको रोगको कारण, लक्षण र तत्काल यस रोगले पारेको असर आदिमा भर पर्छ l
– यदि रोग धेरै सानो उमेर देखि भएको, बंशाणुगत भएको (hereditary), कुनै निश्चित कारण बिना रोगका लक्षणहरु देखिएको, नियमित psychotherapy र औषधिको प्रयोग गरेको २-३ साल हुँदा पनि लक्षणमा कमि नभएको, तनाब दिने मुख्य कारक तत्व (stressor) अझै बाँकी रहेको आदि छ भने धेरै लामो समयसम्म औषधि खानुपर्ने हुन्छ l कसैले जिन्दगीभर पनि हुनसक्छ l

८ के मानसिक सम्बन्धि औषधि खाँदा यौनमा समस्या पर्छ?
– कुनै औषधिले समस्या ल्याउन सक्छ l तर उक्त औषधि कम गर्ने वा रोक्ने बित्तिकै यो समस्या अन्त्य हुन्छ l यस्तो समस्या आउने बित्तिकै तुरुन्त डाक्टरकोमा गएर भन्नु पर्छ l औषधिको मात्रा आँफै घटाउने वा रोक्ने गर्नु हुँदैन l यस्तो अवस्थामा डाक्टरले औषधि परिवर्तन गर्नेछन् वा कुनै नयाँ औषधि थपिदिनेछन् l

डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धि लेखहरु 


Loading comments...