
चिनियाँ राजदुत नेपाल प्रज्ञा–प्रतिष्ठानमा
१८ फाल्गुन २०७५, शनिबार १९:५६
चिनियाँ राजदुत नेपाल प्रज्ञा–प्रतिष्ठानमा मिति २०७५ फागुन १७ गते शुक्रवारका दिन नेपालका लागि जनवादी गणतन्त्र चीनकी महामहिम राजदुत श्री Hou Yanqi र नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूबिच काठमाडौँ, कमलादीस्थित प्रज्ञा भवनमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र चीन दुई देशबिच प्राज्ञिक तथा सांस्कृतिक सम्बन्ध विस्तारबारे छलफल भयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महामहिम राजदूत Hou Yanqi लाई स्वागत गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेका प्राज्ञिक गतिबिधिबारे प्रकाश पार्नुभयो । कुलपतिले नेपाल र चीनबिच निकै पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठान र चीनका दुई साहित्यिक तथा सांस्कृतिक संस्थाबिच सम्झौता भई प्राज्ञिक आदान–प्रदान कार्य भइरहेको बताउनुभयो । राजदुत Hou Yanqi ले दक्षिण एसियामा अवस्थित नेपाल संस्कृति, भाषा र साहित्यले सुसम्पन्न मुलुक रहेको बताउनुभयो । उहाँले दुई वटा संस्कृति भएका देशका बिचमा रहेको नेपालले दुबै मुलुकलाई जोड्न सेतुको काम गरेको उल्लेख गर्दै उत्तरतर्फ ह्वाङ्हो नदी र दक्षिणतर्फ गङ्गा नदीको विशाल संस्कृतिलाई नेपालले जोडेको बताउनुभयो ।
राजदुतले नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनका दुई साहित्यिक तथा सांस्कृतिक संस्थाबिच सहकार्य भइरहेकामा खुसी प्रकट गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानकै अगुवाईमा चीन तथा दक्षिण एसिया साहित्यिक सभा स्थापना भई पहिलो सम्मेलन चीनमा सम्पन्न भएको र उक्त सभाको दोस्रो सम्मेलन आगामी वर्षको अक्टोबरमा नेपालमा आयोजना हुन लागेकोमा प्रशन्नता व्यक्त गर्दै त्यसका लागि चिनियाँ दुताबासबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । महामहिम राजदुत Hou Yanqi ले प्रज्ञा भवन, छापाखाना, पुस्तकालय समेतको अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग