राजपुरको डाँडा र सेती किनारको ईन्द्रेणी


डोटी जिल्ला बास्तवमै स्वर्गको एउटा टुक्रा हो । ससाना राज्यहरु भएको समयमा डोटी राज्य एउटा ठुलो, सभ्य र बिकसित राज्य रहेको थियो जसमा अछाम, बझागं, बैतडी, डढेलधुरा, कैलाली, कञ्चनपुर लगायत अहिलेको भारतमा पर्ने देहरादुन र कुमाउ गड्वालसम्म पर्दथ्यो ।

यी सम्पूर्ण ठाँउहरुको राजधानी भनें डोटी थियो । १७औं शताब्दी ताका राजा नागी मल्लको पालामा डोटी राज्यमाथि धेरै प्राकृतीक विपत्ती आइपरेर राज्य संरचना नै धरमर भएको थियो, पुजारीहरुले राजाको छोरीलाई मन्दिरमा चढाएपछि मात्र विपत्ती समाप्त हुने बताएपछि भागेश्वर महादेवमा राजकुमारीलाई भगवानकी सेविका बनाइएको इतिहास छ ।यसैपछि सुदुर पश्चिममा देउकी प्रथा शुरुभएको सम्म मान्यता छ ।

सुस्त सुस्त गर्दै अब सुन्दर सुदुरपश्चिम पनि बिकासको मुलधारमा समाहीत हुँदै आएको छ । सामाजिक बिकास लगायतका दरमा बृद्धि भएको छ । अहिले भनें डोटी जिल्लाको सदरमुकाम सिलगढीमा छ । सेती नदिको कञ्जन पानीले यस क्षेत्रका धर्तीहरुलाई सिञ्चित गरेको छ ।

आज हामी राजपुरको डाँडाबाट खिचिएका केही तस्विरहरु मार्फत डोटी सौन्दर्यको झल्को दिनेछौं, राजपुर र सिलगढिको बिच्चमा दिपायल रहेको छ । राजपुरबाट ३ किमी दक्षिणमा दिपायल छ भनें १२ किमी उत्तरमा सिलगढि छ । राजपुरको पूर्वपटिको डाँडाबाट देखिएको दिपायल लगायत श्रावण मासको सुदुरपश्चिमी हरियाली, रुखमा जोगाएर राखिएका परालका टालहरु, भारी बोकेर थाकेको खच्चर, बाटाहरु अनि केही विशुद्ध नेपाली झझल्काहरु आजको चित्रकथामा ।

सिलगढिबाट शौरभ ढकालका तस्विरहरु


Loading comments...