Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
india pakistan flag

भारत पाक पछिल्ला घटनाक्रमहरु

१९ फाल्गुन २०७५, आईतवार १७:३५


१४ देखि १५ फेब्रुअरीः
आत्मघाती बम आक्रमणमा ४० जना भारतीय पारामिलीटरीको मृत्यु । यसको जिम्मेवारी पाकिस्तानमा आधारित आतंकवादी समुह जश्ने मुहम्मदले लिएको र भारतले पाकिस्तानलाई विश्वसंग अलग बनाउन र एक्लो पार्ने प्रयास शुरु गरेको ।

१८ फेब्रुअरी
भारतीय सेनाहरुले कश्मिरमा जश्ने मोहम्मदको सदस्यहरुको खोजि क्रममा बन्दुक हमला । भारतमा बसोवास गरिरहेका कश्मिरिहरुलाई क्रमवद्ध आक्रमण, लुटपाट र त्रासको भारतभित्रै शुरुवात ।

१९ फेब्रुअरी
पाकिस्तानले भारतलाई समस्या समाधान र छानविनको आव्हान तर भारतले आफूमाथि कुनै अन्याय या आक्रमण गरेमा आफू चुप नबस्ने घोषणा ।

२६ फेब्रुअरी
भारतले बाल्कोटमा हवाईआक्रमण । एलओसीमा सन् १९७१ पछिको यो पहिलो एयरस्ट्राइक भएको घटना र भारतले सिमापार पाकिस्तानी क्षेत्रको आतंकवादी केन्द्रलाई निशाना बनाएर यो हमला गरेको बताएपनि पाकिस्तान पक्षले यसको विरोध र भत्र्सना गरेको ।

२७ फेब्रुअरी
पाकिस्तानले २ वटा भारतीय सैन्य हवाइजहाजलाई आफ्नो हवाइक्षेत्रमा घुसपैठ गरेको अवस्थामा झारेको । भारतीय पाइलट अरबिन्द बर्तमानलाई पाकिस्तानले आफ्नो नियन्त्रणमा लिएको, पाकिस्तानी सुचना मन्त्रालयले अनुहारमा रगत लागेका पाइलटको भिडियो पोष्ट गरेर फेरि केहि बेरमा डिलेट गरेको ।

मार्च १
पाकिस्तानले समातिएको भारतीय पाइलटलाई भारतलाई हस्तान्तरण ।
त्यपछि क्रमश पाकिस्तानका भारतमा समातिएका पाइलटलाई निर्मम मारिएको अपुष्ट जानकारी अनि भारतीय पाइलटलाई पनि पाकिस्तान पक्षले कष्टडीमा राख्दा बिभिन्न यातना दिइएका आरोप र जाँचबुझका क्रियाकलापहरु जारी गरिएको घटनाक्रमहरु भएका छन् । भारतपाक युद्धअवस्था अझै पनि तवानग्रस्त नै छ, हरेक विहानको सूर्योदय र साँझको सूर्यास्त ठूला ठूला प्रश्न लिएर आउने जाने गरेको छ । भारत शाषित र पाकिस्तान शाषित दुबै क्षेत्रका कश्मिरका वासिन्दाहरु शान्ति सुरक्षा र भविष्यको ओजिमा बाहिरिने क्रम जारी छ ।
भविष्यका दिन हेर्दै जाँउ, शान्ति आजको आवश्यक्ता हो ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्:

भारत शक्तिशाली कि पाकिस्तान ?

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

के थियो त पाकिस्तानको पत्रमा ?

पाकिस्तानको शान्तिपूर्ण कदम

भारत पाकिस्तानलाई अमेरिकाको आग्रह

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,