बह्म ज्ञान !


अरबौ साल पहिला ब्रह्मांड को उत्पति भएको थिएन, जताततै अंधकार मात्र थियो । अचानक एक बिंदु को उत्पत्ति भयो जो यता उता बहन लाग्यो । पछी उसमा भयानक परिवर्तन आउँन थाल्यो । यहि बिंदु भित्र भयानक बिस्फोट शुरु भयो। शिव पुराण को अनुसार नाद र बिंदु को मिलन बाट नै ब्रह्मांड को उत्पत्ति भयो । नाद अर्थात ध्वनि र बिंदु अर्थात प्रकाश । यहि अनाहत या अनहद (जो कुनै आहत या टकराहट द्वारा जन्म भएको होईन ) ध्वनि आज पनि गुन्जायमान छ यसै ध्वनि लाई नै हिंदुले ॐ के रूपमा ब्यक्त गरेका छन । ब्रह्म प्रकाश स्वयं प्रकाशित छ । जसलाई जलाउन कसैको सहारा चाहिन्न ’सृष्टि को आदिकालमा न सत् थियो न असत्, न वायु थियो न आकाश, न मृत्यु थियो न अमरता, न रात थियो न दिन, त्यो समयमा केवल त्यहि मात्र थियो जो वायुरहित स्थिति मा पनि आफ्नो शक्ति द्वारा साँस लिई रहेको थियो ! जीवित थियो। उसके अतिरिक्त यहा अन्य केही थिएन।’ भनि ऋग्वेदमा भनिएको छ ! ब्रह्म, ब्रह्मांड र आत्मा (यी तीन तत्व हुन्। ब्रह्म शब्द ब्रह् धातु द्वारा बनेको छ, जसको अर्थ ’बढ्नु’ या ’टुक्रनु’ भन्ने हुन्छ । ब्रह्म त्यो हो जस द्वारा सम्पूर्ण सृष्टि र आत्माहरूको उत्पत्ति भयो।

विश्वको उत्पत्ति, स्थिति र विनाशको कारण केवल ब्रह्म नै हो भनि उपनिषदमा लेखिएको छ ! जसरी माकुरा स्वयंले, स्वयं भित्र बाट आफैले कसैको र कुनै बस्तुको सहारा बिना जालो बनाउदछ त्यसरी नै ब्रह्म ले पनि आफु स्वयं ले आफ्नो स्वयंको शक्ती, क्षमता ज्ञान द्वारा नै विश्व को निर्माण गरे। यसरी नि भन्न सकिन्छ कि नृत्यकार र नृत्य मा कुनै फरक हुन्न जब सम्म नृत्यकार को नृत्य चल्दछ, तब सम्म नृत्य को अस्तित्व रहन्छ, त्यसैले हिंदुले ईश्वर को कल्पना अर्धनारीश्वरको रूपमा गरे जसलाई नटराज भनिन्छ । ब्रह्म त स्वयं एक प्रकाश हो। जस बाट ब्रह्मांड प्रकाशित भएको छ। उसमा रहेको एक परम तत्व ब्रह्म बाटै आत्मा र ब्रह्मांड को प्रस्फुटन भयो। ब्रह्म र आत्मा मेमा सिर्फ यति नै फरक छ कि ब्रह्म भनेको महाआकाश हो भने आत्मा भनेको घटाकाश हो । घटाकाश अर्थात माटोको भाडा रुपी आकाश। जो जुनै बेला नि स्वरूप परिवर्तन हुन सक्छ ! ब्रम्हाण्ड सग बाधिएर आत्मा सिमित हुन्छ र हिन्दु शास्त्र अनुसार यस बाट मुक्त हुनु नै मोक्ष प्राप्त हुनु हो ।


Loading comments...