सर्जकसम्मान गर्दै “चट्ट रुमाल” सार्वजनिक


फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई रि एरेन्ज गर्दै फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ राखिएको छ । गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै र यसका सर्जकलाई सम्मान गर्दै सार्वजनिक गरिएको छ । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि(एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि(एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत , डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा यसका सर्जकहरु शभुजित बास्कोटा , नृत्य निर्देशक राजु शाहलाई सम्मान गरिएको हो ।

यसैगरी गीतमा देखिएका स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्काले ग्रहण गरेकी थिइन् । गीतमै देखिएकी कलाकार नीरुता सिंह भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन् सकेकी थिइन् । गीतसँग जोडिएका गायिका साधना सरगम , रचनाकार बाबुराम दाहाल , फिल्म निर्देशक स्वर्गीय शिव रेग्मी सम्मान उनकी छोरी भावना रेग्मीलाइ प्रदान गर्ने निर्माता केशव भट्टराईले बताए । उपस्थित शम्भुजित , श्वेता र राजुले भन्ने सम्मान गरेकोमा खुसि व्यक्त गर्दै गीतलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रममा शुभकामना दिनको लागि वरिष्ठ निर्देशक यादव खरेल, निर्देशक दीपाश्री निरौला , दिनेश राउत , निर्मल शर्मा , निर्माता छविराज ओझा , निर्देशक शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो । फिल्ममा सुहाउदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनि फिल्म यात्राका निर्माता मध्यका एक हुन् भने आफ्नो मान्छेमा पनि उनि निर्माता थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केहि फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो ।

निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।


Loading comments...