
नेपाल आउने पानीजहाज कता बाट आउँनेछ ?
२३ फाल्गुन २०७५, बिहीबार ०७:००
एउटा भुपरिवेष्ठित देशलाई जलमार्गबाट जोड्नु सहज कुरा त हैन र असहजता त्यतीबेला बढेर जान्छ जब नेपालजस्तो तहतहको भूभाग मिलेर बनेंको हुन्छ । हिमाल, पहाड र तराईको भूभाग समान छैन र यसरी असमान क्षेत्रमा पानीजहाज ल्याउनु निकै कठिन त पक्का हुन्छ । तथापि नेपालमा भएका ठूला ठूला खोलानालाहरु का कारणले तिनै जलसतहमा पानीजहाजलाई नेपाली भूभागमा उतार्ने महत्वाकांक्षा प्रयोगात्मक रुपमा उति असंभव पनि नभएको विज्ञहरुले बताएका छन् । सरकारले पानी जहाज कार्यालय नै खोलिसकेको र भविष्यमा सार्वजनिक लगानीको उत्साह अवसर पनि घोषणा गरेको छ ।
भारतको हाजीपुरमा गण्डकी नदि नेपालबाट गएर गंगामा मिल्दछ भनें कुर्सेलामा कोशी गैगा प्रवाहमा समावेश हुन्छ । नेपालमा जलमार्गको संभावना यिनै संगमस्थलमध्य एउटा मार्फत मात्र संभव छ । चितवन नवलपरासीको त्रिवेणीघाट र हाजीपुरबिचको दुरि करिब ३०० किमी छ । भारतीय पक्षले पनि आफ्नो जलमार्ग बढोत्तरीमा यस क्षेत्रलाई प्रार्थमिक्ताका साथ राखेको छ र गत माघ २८ को हिन्दुस्तान टाइम्समा भारतीय सरकारले १२ दशमलव ९१ करोड भारतीय रकम विनियोजन गरेको पनि उल्लेख थियो । भारतका केन्द्रिय सडक परवाहन र राजमार्ग मन्त्री नितिन गड्कारीले त यस मार्गको औपचारीक शिलान्यास नै गरेको जानकारी भारतीय मिडियाहरुले केहि महिनाअघि नै दिएका हुन् । यस अवस्थामा नेपाल भारत जलमार्गको दुबैपक्षबाट जुझारु रुपमा कार्य भए संभावना प्रशस्त देखिन्छ ।
उक्त जलमार्गको नेपाली गन्तब्य भनें नवलपरासीको भैंसालोटन व्यारेजमा हुने प्रावधान गरिएको छ । प्राविधिक रुपमा नदिमा जहाज चलाउन कम्तिमा नदिको गहिराई १ दशमलव ५ फिट हुनुपर्ने हुन्छ र नदिको गहिराई नपुगेमा नदिलाई खनेर गहिरो बनाउनुपर्ने हुन्छ । पानीजहाजलाई पारवहन सामाग्रीको अनुरुप वर्गिकरण गर्दै लिक्वीड, डाई र पेसेन्जर भेसल भनिन्छ र तौल क्षमता अनुसार पानीजहाज चल्ने जलसतहको ठम्याई गरिन्छ ।
ढुवानीका लागि जलमार्ग हवाईमार्ग र स्थलमार्ग भन्दा निकै किफायती रहेको विश्व बैंकको एक अध्ययनले देखाँउदछ । नेपालमा अधिकतम २० टनका कन्टेनरहरु भारतबाट आँउदछन् र जलमार्ग सुचारु भएमा हजार टनको जहाज चलाउन मात्र सकेमा पनि एउटै भेसलले ५० कन्टेनर बराबर सामान ल्याउने देखिन्छ । स्थलमार्गबाट एक लिटर इन्धनले २४ टन भार तान्न सकिन्छ भनें जलमार्गमा त्यतिकै इन्धनले १०५ टन कार्गो तान्न सकिन्छ ।
जलमार्ग वातावरणमैत्री हुने र इन्धन प्रभावकारितामा उल्लेखनीय योगदान पुर्याउने तथ्याकं देखिन्छ । यसैवर्ष पौष ३० मा नेपाली मन्त्रीपरिषदले पानीजहाज कार्यालय खोल्ने निर्णय गरि प्रधानमन्त्री ओलीले फाल्गुन २ मा कार्यलयको उदघाटन नै गर्नुभएको हो ।
यो नेपालको पानीजहाज महत्वाकांक्षा साकार हुन समय र श्रोतको निकै लागत रहने प्रष्ट छ । मुख्यतया नदिको सतह खन्न र खोलालाई चौडा बनाँउदै पानीजहाजमैत्री बनाउन खर्च लाग्ने बताइन्छ । यसका अलावा बन्दोवस्ती अनि संरचनाका लागतहरु पनि उत्तिकै लाग्ने बताइन्छ । नेपाली जलमार्गको सपनामा भारतसंगको निर्भरता १०० प्रतिशत रहन्छ किनभनें यो जलमार्ग पूर्णत भारतीय भूभागबाट नेपाल प्रवेश गर्नेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,