राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन हुँदै, धर्म परिवर्तनविरुद्ध साझा रणनीति बन्ने !


सुशील गौतम- नेपालको मौलिक धार्मिक सम्प्रदायहरूमाथि विदेशी विधर्मी मिसिनारीहरूबाट भईरहेको आक्रमण बारे बेखबर कमै मात्र छन । नेपालको संबिधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तनको लहर चलाईएको बिषय धेरैलाई चित्त बुझेको छैन । गरिवी र अशिक्षाको गलत फाईदा उठाएर धर्म परिवर्तन गरेको बिषय नेपालका मुलधारका मिडियाका अलावा बेलायतकै गार्जियनले पनि लेखिसकेको छ । हिन्दु हिन्दु न रहने, बौद्ध बौद्ध नरहने किरात किरात नरहने यो विकराल समस्या बारे नेपालका मौलिक धार्मिक सम्प्रदायका अगुवाहरू चिन्तित देखिदै आएका छन ।समाधान के त ?

यो पनि पढ्नुहोस् : महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध

जरो किलो प्रतिष्ठान नेपाल नेपालको मौलिक धार्मिक सम्प्रदायको संरक्षण र प्रवर्धन गर्न खुलेको संस्था हो । यसै संस्थाको पहलमा गतबर्ष पनि धार्मिक सहृदयता सम्मेलन भईसकेको छ भने यस पटक चैत्र २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन भव्यताका साथ सफल बनाउन तयारी पुरा भईसकेको छ ।

यो पनि पढ्नुहोस् : को हुन् आर्य ? को हुन् अनार्य ?

विदेशी विधर्मी मिसिनारीहरूले नेपालको मौलिक धार्मिक सम्प्रदाय मासेर नेपालमा नयाँ द्वन्दको सिर्जना गर्न खोजिरहेको कुरा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले बताउनुभयो । ठुलो ग्लोबल नेटवर्क र स्रोत साधन प्रयोग गरेर सृंखलाबद्ध तरिकाले आक्रमण भईरहेको हुँदा नेपालका मौलिक धार्मिक सम्प्रदायहरू आपसमा नमिलि यो समस्याबाट पार पाउन सकिन्न भन्ने वहाँको निष्कर्ष रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस् :  धर्म अर्थात् जीवन-पद्धती

नेपालका हिन्दु, बौद्ध, बोन जैन किरात लगायत अन्य मौलिक धार्मिक सम्प्रदायमाथि भईरहेको विदेशी विधर्मी मिसिनारीको आक्रमण बिरुद्ध स्वक्रियात्मक साझा रणनीति बनाउन यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । जरो किलो प्रतिष्ठान नेपालका प्रवक्ता अर्जुन पोखरेल ‘शान्तम श्री’ का अनुसार हिन्दु, बौद्ध, किरात लगायतका विभिन्न सम्प्रदायका संघ संस्थाका प्रतिनिधिहरूले कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरूको सुझाव समेटेर साझा रणनीति बनाउने तयारी भएको छ ।

यो पनि पढ्नुहोस् : युग चाहन्छ एक चाणक्य


Loading comments...