
आम आद्मी पार्टीकी नेत्रीले नेपाल चौकीदारहरुको देश भनी यसरी ट्वीट गरिन
२८ फाल्गुन २०७५, मंगलवार १२:३५
आम आद्मी पार्टीकी एमएलए अल्का लाम्बाले नेपाललाई अप्रत्यक्षरुपमा चौकीदारहरुको देश भनी पेचीलो ट्वीट गरेकी छिन् । प्रधानमन्त्री छान्न संवेदनशील बनौं तर चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ भन्ने उनको ट्वीट अहिले विवादमा परेको छ । सरसरती हेर्दा उनी नरेन्द्र मोदीलाई चौकीदारको हिसाबमा व्यगं गर्न चाहन्थिन तर नेपालको सार्वभौमीकतामा उनको ट्वीटले एउटा पेच भनें हानेको छ ।
प्रिय #भारतवासियों
“कृप्या इस बार #प्रधानमंत्री चुनियेगा,#चौकीदार तो #नेपाल से भी मंगवा सकते हैं”.नेपाल के #चौकीदार #चोर नही होते ;).#LokSabhaElections2019
— Alka Lamba (@LambaAlka) March 12, 2019
आचार्य वालकृष्ण देखि अहिलेका यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ पनि नेपाली मुलका मानिन्छन्, तर उनले चौकीदारी र नेपालीपनाको यो नमिठो पेच हानेकी छिन् । अल्का लाम्बाको यो ट्वीटले उनी र समग्र आम आद्मी पार्टीकै मान हनन गरेको धेरै भारतीय समीक्षकहरुले बताएका छन् । ४३ वर्षकी यि नेत्रि सन् २०१४ सम्म भारतीय काग्रेसकी सक्रिय सदस्यका रुपमा २० वर्ष क्रियाशील थिइन र सन् २०१४ मा यिनी आम आद्मी पार्टी प्रवेश गरेकी हुन् । आफ्ना विवादास्पद भनाई र गैरसंवेदनशील अभिव्यक्तिका लागि यिनी निकै पहिलेदेखि भारतीय राजनैतिक नक्षत्रमा विवादमा छिन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक